• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

क्यानाडा नेपाल कार्तिक ९ २०७८
  • 496
    SHARES
  • images
    images
    बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

    काठमाडौं - लामो समयदेखि  दक्षिण कोरिया जान नपाएका नेपाली कामदार अब जान पाउने भएका छन् । रोकिएको प्रक्रिया खुलेपछि बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जान लागेका हुन् । 

    images

    बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार दक्षिण कोरिया जान पाएका थिएनन् । 

    रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै जान लागेको मन्त्रालयले जनाएको छ । 

    लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । 


    कार्तिक ९, २०७८ मंगलवार २१:४७:५६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # दक्षिण कोरिया

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    इजरायल रोजगारीमा जान एक हजार छ सय सिफारिस

  • 1.0K
    SHARES
  • इजरायल रोजगारीमा जान एक हजार छ सय सिफारिस

    काठमाडौं - नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार छ सय जनाको नाम सार्वजनिक भएको छ ।

    images

    वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको हो । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६ सय (७) प्रतिशत महिला र ३० प्रतिशत पुरुष उम्मेदवार सिफारिस गर्न माग गरेको थियो । परीक्षामा एक हजार ८०३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुननसकेको सङ्ख्या घटाउँदा कायम भएका उम्मेदवारमध्येबाट अन्तर्वाता र लिखित परीक्षा लिइएको थियो ।

    लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जनाएको छ । विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

    विभागले यही असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तर्वाता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार एक हजार जना इजरायल जाने मन्त्रालयले जनाएको छ ।रासस


    आश्विन १०, २०७८ आइतवार २०:११:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इजरायल

  • क्यानाडा नेपाल

    वैदेशिक रोजगारीको कहर: कसैका शव, कसैका अस्तु आए  

  • 804
    SHARES
  • वैदेशिक रोजगारीको कहर: कसैका शव, कसैका अस्तु आए  
    खोटाङ - वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियामा आर्थिक वर्ष २०७७/०७८ मा आठ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए । 

    साउदी अरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका- ६ मंगलटारका मिलन दर्जी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ७ चिउरीडाँडाका नरेश बर्देवा, खोटेहाङ गाउँपालिका- ५ चिप्रिङका अनिल राई, हलेसी तुवाचुङ नगरपालिका- १० अर्खौलेका धनशेर राईको ज्यान गएको हो ।

    images

    यस्तै, मलेसिया पुगेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १४ बुइपाका ध्यानसिंह राई र रावाबेँसी गाउँपालिका- ६ हौँचुरका कृष्णकुमार राई, कतार पुगेका केपिलासगढी गाउँपालिका- ७ सुङदेलका छत्रे भुजेल र साकेला गाउँपालिका- ३ खिदिमाका कुलबहादुर खत्रीको मृत्यु भएको राईले बताए ।

    दर्जीको २ असोज २०७७ मा मृत्यु भएको हो । २०७६ सालमा साउदीअरेबिया पुगेका बर्देवाको एक्कासि पेट दुखेर अस्पताल लैजाने क्रममा १३ मंसिर २०७७ मा मृत्यु भएको बताइएको छ । 

    अनिलको भने कोभिडऔ १९ को संक्रमणका कारण मृत्यु भएको हो । प्रवासी नेपाली समन्वय समिति, दूतावासलगायतको पहलमा कतिपय मृतकको शव तथा कतिपयको अस्तु मात्र घर ल्याइएको कार्यक्रम संयोजक राईले बताए । चालू आर्थिक वर्षमा केपिलासगढी गाउँपालिकाका एक जनाको मृत्यु भएको सामीले जनाएको छ ।न्युज कारखाना 


    आश्विन १८, २०७८ सोमवार २१:०७:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगारी

  • क्यानाडा नेपाल

    एनआरएनएको कार्यकाल ६ महिना थप, स्वतन्त्र समिति गठन

  • 502
    SHARES
  • एनआरएनएको कार्यकाल ६ महिना थप, स्वतन्त्र समिति गठन

    लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ ।  गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए  ।

    images

    कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले  संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्ताबरभित्र गर्ने निर्णय गरेको छ ।  

    यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो ।

    मन्त्रालयको पत्रपछि २३ देखी २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

    बैठकले  महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

    बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिव १०० भन्दाबढी सदस्यहरुले आआफ्ना भनाई राखेका थिए । अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

    संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक  भइसकेका छन् ।

    संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन् । संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजक सहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन् ।न्युज कारखाना 


    आश्विन ३१, २०७८ आइतवार ०७:१२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • क्यानाडा नेपाल

    बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

  • 496
    SHARES
  • बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

    काठमाडौं - लामो समयदेखि  दक्षिण कोरिया जान नपाएका नेपाली कामदार अब जान पाउने भएका छन् । रोकिएको प्रक्रिया खुलेपछि बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जान लागेका हुन् । 

    images

    बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार दक्षिण कोरिया जान पाएका थिएनन् । 

    रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै जान लागेको मन्त्रालयले जनाएको छ । 

    लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । 


    कार्तिक ९, २०७८ मंगलवार २१:४७:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दक्षिण कोरिया

  • क्यानाडा नेपाल

    वैदेशिक राेजगारीमा जानेकाे संख्या घट्याे, काेभिड घटेसँगै राहदानी बनाउने बढे

  • 332
    SHARES
  • वैदेशिक राेजगारीमा जानेकाे संख्या घट्याे, काेभिड घटेसँगै राहदानी बनाउने बढे

    बुटवल - कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या कमी भएको पाइएको हो । 

    images

    विगत दुई आर्थिक वर्षमा रुपन्देहीबाट वैदेशिक रोजगारीमा जानका लागि भन्दै राहदानी बनाउनेको संख्यामा कमी आएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०७७-७८ र आर्थिक वर्ष २०७६-७७ मा राहदानी बनाउने घटेका छन् ।
     
    आर्थिक वर्ष २०७७-७८ मा तीन हजार ६२९ वटा राहदानी वितरण भएका छन् भने ५२६ वटा द्रुत सेवाका राहदानी सिफारिस भएका छन् । यो संख्या आर्थिक वर्ष २०७५-७६ को भन्दा तीन हजार दुईले कमी हो भने आर्थिक वर्ष २०७६-७७ मा भन्दा एक हजार ५४८ ले कमी हो ।

    रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ को कात्तिक मसान्तसम्म बिगतका दुई आर्थिक वर्षको तुलनामा बढी राहदानी वितरण भएका छन् । 'कोरोना महामारीका कारण विदेश जानेको संख्या घटेको हो, स्थिति सहज बन्दै गएपछि राहदानी बनाउने फेरि बढ्न थालेका छन्,' उनले भने ।

    आर्थिक वर्ष २०७६-७७ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पाँच हजार ५७५ वटा राहदानी जारी भएका थिए । जसमा साधारण राहदानी पाँच हजार १८८ वटा, नाबालकका ११५ वटा, हराएका २७५ वटा रहेका छन् । सोही आर्थिक वर्षमा एक हजार ३०० महिला र चार हजार २६१ पुरुषले राहदानी लिएका छन् । त्यस्तै ८७६ वटा द्रुत सेवाका लागि राहदानी सिफारिश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष भन्दा उक्त आर्थिक वर्षमा एक हजार ४५४ वटा राहदानी कम वितरण भएका छन् ।

    कोरोना महामारी सुरु हुनुभन्दा अगाडि अर्थात आर्थिक वर्ष २०७५-७६ मा भने राहदानी बनाउनेको संख्या उल्लेख्य थियो । यो आर्थिक वर्षमा ६ हजार ६२१ साधारण, १२६ वटा नाबालक, २८२ वटा हराएका गरी सातहजार २९ वटा राहदानी जारी भएका छन् । उक्त आर्थिक वर्षमा एक हजार १३३ वटा द्रुत सेवाका राहदानी सिफारिस भएको कार्यालयले जनाएको छ । न्युज कारखाना


    मंसिर २, २०७८ बिहिवार ०७:२१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वैदेशिक राेजगार

  • क्यानाडा नेपाल

    सम्झौताअनुसार सेवा सुविधा नदिने म्यानपावर कम्पनी कालोसूचीमा राख्न सुरु 

  • 146
    SHARES
  • सम्झौताअनुसार सेवा सुविधा नदिने म्यानपावर कम्पनी कालोसूचीमा राख्न सुरु 

    काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिने बताएका छन् ।

    images

    मन्त्रीको सचिवालयकाअनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँग वैदेशिक रोजगारी र पुनःएकीकरणबारे मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने र आगामी दिनमा त्यस्ता कम्पनीमा कामदार नपठाइने बताएका हुन् ।

    वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कँदा बाँकी पारिश्रमिकसमेत नपाएको गुनासो गर्दै पीडित श्रमिकहरूले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनु पर्दा चन्दा संकलनसमेत गर्नु पर्ने गुनासो पोखेका थिए ।

    मन्त्री श्रेष्ठसमक्ष हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाउने गरेको विषयमा ध्यानाकर्षण गराएको मन्त्रीको सचिवालयले जनाएको छ । 

    सचिवालयकाअनुसार गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरूले न्यून तलबमा काम गर्नुपरेको तथा  हिंसाको सिकार भएको गुनासोसमेत गरे । छलफलमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिको समेत सहभागिता थियो । 


    मंसिर १३, २०७८ सोमवार १९:१२:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यानपावर कम्पनी

  • क्यानाडा नेपाल