• Jan 21 2022 | २०७८, माघ ७गते

२०७८, माघ ७गते

सुनील सेठ्ठीका छोरा आहानको डेब्यु फिल्म 'तडप' को ट्रेलर यस्तो बन्यो

क्यानाडा नेपाल कार्तिक १० २०७८
  • 946
    SHARES
  • images
    images
    सुनील सेठ्ठीका छोरा आहानको डेब्यु फिल्म 'तडप' को ट्रेलर यस्तो बन्यो

    काठमाडौं - बलिउड अभिनेता सुनील सेठ्ठीका छोरा आहान सेठ्ठीको डेब्यु फिल्म ‘तडप’ को ट्रेलर सार्वजनिक भएको छ । मिलन लुथरिया निर्देशित यस फिल्मको ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भएको हो । 

    images

    सार्वजनिक ट्रेलरमा आहान एक्सनका साथै लभर ब्वाईका रूपमा प्रस्तुत भएका छन् । यस फिल्ममा आहानको जोडी तारा सुतरिया छिन् । 

    फिल्ममा भारतको उत्तराखण्ड, मसुरिका युवा इशान (आहान) र बिदेशबाट आएकी रमीशा (तारा) बीचको प्रेमकथालाई प्रस्तुत गरिएको छ । 


    कार्तिक १०, २०७८ बुधवार २१:३५:१५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रेलर
  • # तडप

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    यस्तो बन्यो हरर फिल्म ‘कठपुतली’ को ट्रेलर 

  • 550
    SHARES
  • यस्तो बन्यो हरर फिल्म ‘कठपुतली’ को ट्रेलर 

    काठमाडौं - हरर फिल्म ‘कठपुतली’को ट्रेलर सार्वजनिक भएको छ । भीमसेन लामाको निर्देशनमा बनेको यस फिल्म राजाको दरबार भित्रको सेरोफेरोमा आधारित छ । 

    images

    फिल्ममा कर्मा, गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । पुष १६ मा रिलिज हुने तयारीमा रहेको यस फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् ।

     


    मंसिर २४, २०७८ शुक्रवार १२:०९:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्रेलर
  • # कठपुतली

  • क्यानाडा नेपाल

    दयाहाङ र सौगातको फिल्म 'कबड्डी ४' को टिजर यस्तो बन्यो, हेर्नुहोस् भिडियो

    दयाहाङ र सौगातको फिल्म 'कबड्डी ४' को टिजर यस्तो बन्यो, हेर्नुहोस् भिडियो

    काठमाडौं - फिल्म 'कबड्डी ४' को टिजर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको यस फिल्मको टिजर सोमबार युट्युबमा सार्वजनिक भएको हो । 

    images

    'कबड्डी'को अन्तिम भागका रूपमा बनाइएको यस फिल्ममा अभिनेता दयाहाङ राई , सौगात मल्ल, बुद्धि तामाङ , मिरुना मगर, गौमाया ,विजय बराल , माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । 

    टिजरमा अभिनेता राईलाई फरक भूमिका निभाएको देखिएको छ । फिल्मलाई मणिराम पोखरेलले निर्माण गर्नेछन् । 


    पौष ५, २०७८ सोमवार १९:०३:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    प्रभासको करियरकै सबैभन्दा महंगो फिल्म 'राधे श्याम' को ट्रेलर सार्वजनिक

    प्रभासको करियरकै सबैभन्दा महंगो फिल्म 'राधे श्याम' को ट्रेलर सार्वजनिक

    काठमाडौं - साउथ फिल्ममा चर्चित अभिनेता प्रभाषको फिल्म 'राधे श्याम' को ट्रेलर सार्वजनिक भएको छ । राधाकृष्ण कुमार निर्देशनमा बनेको यस फिल्मको ट्रेलरमा प्रभाष र पूजा हेगडेको प्रेम सम्बन्धमा आएको उतारचढाब देखाइएको छ । 

    images

    जनवरी १३ मा रिलिज हुने यस फिल्म प्रेम कथामा आधारित रहेको छ । यस फिल्मको सुटिङ सेटका लागि एक करोड भन्दा बढी खर्च गरिएको थियो । 

    यूवी क्रिएसन र गोपीचन्द पिक्चरले टी–सिरिजसँग मिलेर निर्माण गरेको यस फिल्म हिन्दी, अंग्रेजी र तेलुगू भाषामा रिलिज हुँदैछ ।

     


    पौष ९, २०७८ शुक्रवार १२:३५:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्रेलर
  • # राधे श्याम

  • क्यानाडा नेपाल

    ३ वर्षपछि अनुष्काको फिल्ममा कम्ब्याक, 'चक्दा एक्सप्रेस' को टिजर सार्वजनिक

  • 412
    SHARES
  • ३ वर्षपछि अनुष्काको फिल्ममा कम्ब्याक, 'चक्दा एक्सप्रेस' को टिजर सार्वजनिक

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माको नयाँ फिल्म 'चक्दा एक्सप्रेस' को टिजर सार्वजनिक भएको छ । 

    images

    केही बर्षदेखि कुनै फिल्ममा नदेखिएकी अनुष्का यसै फिल्ममार्फत कम्ब्याक गरेकी छिन् । फिल्म महिला क्रिकेट टिमकी पूर्व कप्तान गुल्सन गोस्वामीको जीवनीमा आधारित रहेको छ । 

    फिल्ममा अनुष्का क्रिकेटरको भूमिकामा छिन् ।  प्रोषित रोयले निर्देशन गरेको यस फिल्मको टिजरमा २००८ को पृष्ठभूमि देखिएको छ । गुल्सनले १९ वर्षको उमेरमै अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी  थिइन् । 

     


    पौष २५, २०७८ आइतवार १३:२८:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनुष्का शर्मा

  • क्यानाडा नेपाल

    स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म 'थिरीमाली' को ट्रेलर सार्वजनिक

  • 1.2K
    SHARES
  • स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म 'थिरीमाली' को ट्रेलर सार्वजनिक

    काठमाडौं - अभिनेत्री स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म 'थिरीमाली' को ट्रेलर सार्वजनिक गरिएको छ ।

    images

    ट्रेलरमा स्वस्तिमाको आइटम डान्स पनि देखिइएको छ । उनी रातो ड्रेसमा नाचिरहेको देखिन्छ । ट्रेलरमा नेपालका धेरै ठाउँहरुको दृश्य देखिएको छ । 

    राजीव शेट्टीको निर्देशन रहेको यस फिल्ममा नेपालका केही कलाकारको पनि अभिनय रहेको छ । कमेडी जनरामा आधारित यस फिल्म एसके लरेन्सले निर्माण गरेका हुन् । 


    पौष ३०, २०७८ शुक्रवार ११:३३:१९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    'ए मेरो हजुर-४' टिजरमा अनमोल र सुहानाको प्रेम र बिछोड

  • 368
    SHARES
  • 'ए मेरो हजुर-४' टिजरमा अनमोल र सुहानाको प्रेम र बिछोड

    काठमाडौं - फिल्म ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर सार्वजनिक गरिएको छ । झराना थापाको निर्देशनमा बनेको यस फिल्मको टिजर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो । निर्माण टिमले  वैशाख गते रिलिज मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरेको हो । 

    images

    टिजरमा अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको  छ । सुनिलकुमार थापा निर्माता रहेको यस फिल्ममा अनमोल, सुहाना लगायतका कलाकारको अभिनय रहेको छ । 

     

     


    पौष ३०, २०७८ शुक्रवार ११:४२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ए मेरो हजुर ४

  • क्यानाडा नेपाल