• Jan 21 2022 | २०७८, माघ ७गते

२०७८, माघ ७गते

सानिमा बैंकको नाफा ५२ प्रतिशतले बढ्यो

क्यानाडा नेपाल कार्तिक १५ २०७८
  • 626
    SHARES
  • images
    images
    सानिमा बैंकको नाफा ५२ प्रतिशतले बढ्यो

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा बैंकले ५६ करोड ७८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा बैंकले ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    images

    समीक्षा अवधिमा खुद ब्याज आम्दानी १८ दशमलव ८४ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ३३ दशमलव ७१ प्रतिशतले बढेको छ । बैंकको खराब कर्जा पनि शून्य दशमलव २९ प्रतिशतले घटेर शून्य दशमलव ११ प्रतिशत पुगेको छ । 

    असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा  एक अर्ब ९६ करोड रुपैयाँ रहेको छ । गत वर्ष यसको वितरण योग्य नाफा १० करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ छ ।

    रिटेन्ड अर्निङसहित बैंकको जगेडा कोष रकम पाँच अर्ब ७५ करोड १५ लाख रुपैयाँभन्दा बढी छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी छ रुपैयाँ १४ पैसाले बढेर २२ रुपैयाँ ७८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा रहेको छ ।


    कार्तिक १५, २०७८ सोमवार १२:२५:०४ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    विद्युतीय गाडी चार्ज गर्न अब घरमा छुट्टै मिटर राख्न सकिने

    विद्युतीय गाडी चार्ज गर्न अब घरमा छुट्टै मिटर राख्न सकिने

    काठमाडौं - विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् ।

    images

    नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली,२०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो । प्राधिकरण सञ्चालक समितिको गत २० पुसको ८९२औं बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत सेवा छिटो, सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउन र विद्युत खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत वितरण विनियमावली कार्यान्वयमा ल्याइएको बताए ।

    ‘विगतमा लोडसेडिङको अवस्थामा हरेक कुरामा प्रतिबन्ध लगाउन खोजिएको थियो, अहिले लोडसेडिङ अन्त्य भई मुलुकभित्र उत्पादित विद्युत यही खपत बढाउनु पर्ने बाध्यात्मक अवस्था छ, यसलाई ध्यान दिई ग्राहकलाई माग बमोजिम छिटोभन्दा छिटो भरपर्दो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने र विद्युत खपत बढाउने गरी नयाँ विनियमावली कार्यान्वयनमा ल्याएका छौं’, घिसिङले भने, ‘खपत बढाउन विद्युत महसुल घटाउँदै लगेका छौं, सेवालाई पनि सहजीकरण गरी ग्राहकमैत्री बनाउन अधिकतम प्रयास गरिरहेका छौं ।’

    विनियमावलीमार्फत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि  चार्जिङ पूर्वाधार निर्माण तथा सञ्चालनका नीतिहरु कार्यान्वयनमा ल्याएको छ । निजी आवास, कार्यालयहरु, फर्म-कम्पनी-संस्थामा निजी र सार्वजनिक स्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकाय-फर्म-व्यक्ति- कम्पनीलाई अनुमति दिने छ । मुख्य-मुख्य सहरी क्षेत्रमा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्ने संस्थाहरुलाई प्राथमिकता दिइनेछ ।

    साथै, नेपाल सरकार, सार्वजनिक संस्थान र स्थानीय तहले सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्न चाहेमा प्राथमिकता दिइने व्यवस्था गरिएको छ । सरकारबाट स्वीकृत लिएर सार्वजनिक जग्गामा सार्वजनिक विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्न चाहेमा पनि स्वीकृति दिने व्यवस्था गरिएको छ ।

    विनियमावलीमार्फत सार्वजनिक चार्जिङ स्टेसनको प्रवद्र्धनका लागि विशेष व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङले बताए । ‘दुई सय केभिएसम्मको विद्युत डिमाण्ड भएका चार्जिङ स्टेसन स्थापना गर्ने सेवा प्रदायकलाई प्राधिकरणले ट्रान्सफरर्मर सहितको विद्युत सेवा प्रवाह गर्नेछ । त्यो भन्दा माथिल्लो डिमाण्ड हुने चार्जिङ स्टेसनको हकमा भने एचटी लाइनको काम प्राधिकरणले गर्नेछ तर ट्रान्सफरमर जडान लगायतका बाँकी काम सेवाप्रदायकले नै गर्नुपर्नेछ,’ उनले भने । चार्जिङ स्टेसनका लागि छुट्टै विद्युत महसुल समेत लागू भइसकेको छ ।

    चिस्यान केन्द्र, खानेपानी र सिंचाइलाई सुविधा
    प्राधिकरणले सहकारी संस्थाले सञ्चालन गरेका दुग्ध चिस्यान केन्द्र तथा शीत भण्डार र सहकारी संस्था वा समुदायमार्फत सञ्चालित खानेपानी तथा सिंचाइलाई पनि सुविधा दिएको छ । दुई सय केभीएसम्म डिमाण्ड भएका त्यस्ता ग्राहकलाई प्राधिकरणले आफ्नै ट्रान्सफर्मरबाट विद्युत आपूर्ति दिने छ । यसबाट त्यस्ता ग्राहकको ट्रान्सफर्मर खरिदमा हुने खर्च कटौती भई यो सुविधाबाट लाभान्वित हुने घिसिङले उल्लेख गरे ।

    ‘यसअघि ग्राहकले प्राधिकरणको ट्रान्सफर्मरबाट ५० केभिएसम्मको मात्र र त्यसभन्दा बढीको लोड लिनुपरेमा आफ्नै खर्चमा ट्रान्सफर्मर खरिद गर्नु पर्ने व्यवस्था थियो । अब यसलाई हटाएर एक सय केभिएसम्म लोड लिने उद्योगहरुलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत आपूर्ति दिने व्यवस्था गरी ग्राहकलाई राहत दिन खोजेका छौं,’ उनले थपे । एक सय केभीएभन्दा बढी लोड चाहिएमा भने ग्राहकहरु आफैंले ट्रान्सफर्मर किन्नु पर्ने छ । यसअघि उपलब्ध ट्रान्सफर्मरको क्षमताको ५० प्रतिशत मात्रै विद्युत आपूर्ति दिने गरिएकोमा अव यस्तो सिलिङ हटाइएर ग्राहकलाई सुविधा दिन खोजिएको छ ।

    डेरावालसँग बढी महसुल असुलेमा लाइन काटिने
    घरधनीले घरभाडामा बस्ने व्यत्तिहरुसँग प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरेको छ । घरधनीले डेरावालसँग महंगो विद्युतको महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएको भन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो । यसबाट घरभाडामा बस्ने उपभोक्ताहरुलाई सर्वसुलभ विद्युत सेवाको प्रत्याभूति हुने छ ।

    घरभाडामा बस्ने व्यक्तिहरुले तोकिएका निश्चित शर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत सेवा लिन सकिने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाबाट घरभाडामा बस्ने उपभोक्तालेसमेत अन्य ग्राहक सरह सर्वसुलभ विद्युत सेवा उपभोग गर्न पाउने छन् ।

    बक्यौता भुक्तानी गर्ने प्रतिवद्धतासहित छुट्टै मिटर राख्नको लागि घरधनीको लिखित सहमति, घरधनी र बहालमा वस्ने बीच कम्तीमा एक  वर्षका लागि गरिएको घरबहाल सम्झौता, घरवहालमा वस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएमा, घरधनीको बाँकी बक्यौता नभएमा र वहालमा वस्नेको मिटर समेत एउटै स्थानमा राख्न सकिने गरी वायरिङको व्यवस्था गरिएका सर्त पूरा गर्नु पर्ने छ ।

    अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट सिधै विद्युत लिन सक्ने
    अपार्टमेन्ट, बहुतले आवासीय भवन, कोलोनीहरुमा बसोबास गर्ने उपभोक्ताहरुलाई तोकिएका शर्त पूरा भएमा अन्य ग्राहकसरह विद्युत सेवा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा गरिएको छ ।

    अहिले अर्पाटमेन्टहहरुले आफूले प्राधिकरणबाट विद्युत लिएर त्यहाँभित्र बस्नेलाई महंगो शुल्क लिएर आपूर्ति दिंदै आएका छन् । अब अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट मिटर लिएर सिधै विद्युत लिन सक्ने हुँदा महसुल सस्तो पर्ने भएकोले विद्युतीय उपकरणको प्रयोगमा बृद्धि भई विद्युत खपत बढ्ने घिसिङले उल्लेख गरे । एउटै उद्योग परिसरभित्र फरक-फरक विद्युत महसुल दर आकर्षित हुने उद्योगहरु सञ्चालन हुने अवस्थामा अलग-अलग मिटर राख्न पाउने छन् ।

    वक्यौता किस्ताबन्दीमा तिर्न पाउने
    विद्युत महसुलको वक्यौता रहेका ग्राहकले किस्ताबन्दीमा तिर्न पाउने भएका छन् । विद्युत महसुल नतिरेर कालोसूचीमा परेका ग्राहकले पुनः विद्युत लाइन जोड्नुपर्दा वक्यौता रकम एकमुष्ट बुझाउन नसकेमा नियमानुसार थप दस्तुर लिई बढीमा १२ किस्तासम्म रकम तिर्न सक्नेछन् ।

    ग्राहकले साबिकको वितरण केन्द्रबाट लगत खारेज गराई अर्को केन्द्रमा ठाउँसारी गर्न चाहेमा साबिकको केन्द्रमा तत्कालीन सयममा प्रयोग भएका विद्युतीय सामग्रीहरु उल्लेख भई आएमा त्यसको पुनः प्रयोगशाला परीक्षण गर्नु नपर्ने व्यवस्था गरी सहजीकरण गरिएको छ । ग्रिड कोड, निर्माण मापदण्ड आदिको व्यवस्था विनियमावलीमा गरी भरपर्दो विद्युत सेवा प्रवाहमा जोड दिइएको छ ।


    माघ ५, २०७८ बुधवार ११:४६:०४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
     
    निगमका अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेल लिटरमा ३–३ रुपैयाँले बढाएको हो ।  अब पेट्रोल लिटरको १ सय ३९ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको १ सय २२ रुपैयाँ कायम भएको छ । 

    images

    यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले बढेको छ । अब यसको मूल्य लिटरको १०६ रुपैया कायम भएको छ । यस्तै अन्तर्राष्ट्रिय हवाइ इन्धन पनि लिटरमा एक सयले बढेर ९९५ रुपैयाँ अमेरिकी डलर कायम भएको छ । यो मूल्य बुधबार राती १२ बजेबाट लागू भइसकेको छ । 

    nn.jpg

     


    माघ ५, २०७८ बुधवार २१:००:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ

  • क्यानाडा नेपाल

    समयमै काम नगर्ने यी ७ कम्पनी कालोसूचीमा, ३ बर्षसम्म कुनै काम गर्न नपाउने

    समयमै काम नगर्ने यी ७ कम्पनी कालोसूचीमा, ३ बर्षसम्म कुनै काम गर्न नपाउने

    काठमाडौ - प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । ६ माघ देखि लागु हुने गरी अनुगमन कार्यालयले निमार्ण व्यावसायी र आपूर्तिकर्ताहरुलाई १ देखि ३ बर्षसम्म कालो सूचीमा  राखेकाे हाे ।

    images

    कालो सुचीमा रहेका कम्पनीले राखिएको अबधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।

    कालाे सूचीमा पर्ने कम्पनीहरुमा गजराज बालन योगीको बालन बद्रर्स कन्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्सल्टेन्ट एन्ड कन्ट्रक्सन, बिज्ञानकुमार अर्यालको डाइग्नेकेम– जय शम्भु जेभी, निहाल गुरुङको ग्रिन टेक प्रोजेक्ट प्रालि, चेतबहादुर बुढाको एसएनसी निमार्ण सेवा प्रालि, इनामुल्लाह फकिरको शाह निमार्ण सेवा प्रालि र रञ्जन रायमाझीको आरोग्य कन्ट्रक्सन प्रालि छन् ।

    kalo su.jpg


    माघ ६, २०७८ बिहिवार ०९:१८:२८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ बजार भाउ

    ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ बजार भाउ

    काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।

    images

    बुधबारकाे तुलनामा  बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ । महास‌ंघका अनुसार बुधबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

    बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

     


    माघ ६, २०७८ बिहिवार ११:२९:११ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आज कुन देशको विनिमयदर कति ? हेर्नुहोस्

    आज कुन देशको विनिमयदर कति ? हेर्नुहोस्

    काठमाडौं - नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७९  पैसा र बिक्री दर ११९ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

    images

    युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७० पैसा र बिक्री दर १३५ रुपैयाँ ३८  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६७ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६९ पैसा र बिक्री दर १३० रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५३ पैसा र बिक्री दर ८५ रुपैयाँ ९६ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६५ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४२ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७१ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६७ पैसा र बिक्री दर ३१ रुपैयाँ ८३ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नाै रुपैयाँ ९८ पैसा र बिक्री दर १०  रुपैयाँ  तीन पैसा कायम भएको छ ।

     

     


    माघ ६, २०७८ बिहिवार ११:४८:१४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर  

    हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर  

    काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९१  पैसा र बिक्री दर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

    images

    युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ९५ पैसा र बिक्री दर १३५ रुपैयाँ ६३  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ एक पैसा र बिक्री दर १६२ रुपैयाँ ८३ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९१ पैसा र बिक्री दर १३० रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ  र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६९ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ७० पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा  छ भने कतारी रियाल  एकको खरिद दर ३२ रुपैयाँ ६६ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा र बिक्री दर १०  रुपैयाँ पाँच पैसा कायम भएको छ ।


    माघ ७, २०७८ शुक्रवार १०:२६:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल