• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

नरेश गुरुङको 'जब तिमी' मा आकाश र पूजाको प्रेम र बियोग

क्यानाडा नेपाल कार्तिक १७ २०७८
  • 594
    SHARES
  • images
    images
    नरेश गुरुङको 'जब तिमी' मा आकाश र पूजाको प्रेम र बियोग

    काठमाडौं– गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो 'जब  तिमी' सार्वजनिक भएको छ।  उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। 

    images

    हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत  र संगीत संयोजन रहेको छ। जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय  परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ। 

    म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा बीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ।  सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन्।  किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो।  ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।


    कार्तिक १७, २०७८ बुधवार १५:३०:३५ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    पुष्प खड्का र गीता ढुंगानाको 'माया मोहनी'

  • 1.9K
    SHARES
  • पुष्प खड्का र गीता ढुंगानाको 'माया मोहनी'

    काठमाडौं । मुनाल महतो र अनु चौधरीको स्वरमा नयाँ चौधरी भाषाको गीत 'माया मोहनी' रिलिज भएको छ।  सार्वजनिक गीतमा सुबेश कठरियाको शब्द र मनोज महतोको संगीत छ भने गणेस चौधरीको एरेन्ज सुन्न सकिन्छ। 

    images

    म्युजिक भिडियोमा पुष्प खड्का र गीता ढुंगाना देखिएका छन्।  सुरजदेब कुसुम्यले निर्दशन गरेको म्युजिक भिडियोमा कुम नारायणको निर्माण, ज्ञानेन्द्र शर्माको छायांकन , रामु चौधरीको सम्पादन ,क्रेज़ल चौधरीको भीएफएक्स  ,महि सिंहको मेकअप र रोहित चौधरीको ड्रेस देख्न सकिन्छ। गीत राम्रो बनेकोले गीतलाई लिएर निर्माण पक्ष उत्साहित देखिन्छन्। 


    भाद्र २१, २०७८ सोमवार ११:५८:३७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दिनेशको स्वरमा 'चरी' गीत सार्वजनिक (भिडियो)

  • 720
    SHARES
  • दिनेशको स्वरमा 'चरी' गीत सार्वजनिक (भिडियो)

    काठमाडौं । गायक दिनेश गौतमको स्वरमा रहेको 'चरी' बोलको गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा प्रकाश सापकोटाको शब्द रचना र पुस्तक प्रसादले संगीत भरेका छन् । उदयराज पौडेल गीतका एरेञ्जर हुन् ।

    images

    गीतमा मानिसको बह पोख्ने माध्यमको रुपमा चरालाई प्रस्तुत गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा गायक गौतम आँफै फिचर छन् । ‘द भ्वाइस अफ नेपाल’ को स्टूडियोमा खिचिएको गीत निकै कलात्मक छ । गीतको अडियो र बलियो पक्ष बलियो छ ।

    गोल्डेन हार्ट पिक्चरले निर्माण गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सोहन मानन्धरको सम्पादन रहेको छ । गायक गौतमले गीतको भाव अनुसार भिडियो बनेकोमा खुसी व्यक्त गरे । गीतको शब्द सुन्दा नै आफू उत्साहित भएको बताउँदै उनले दर्शकलार्ई पनि गीत मन पर्नेमा विश्वस्त रहेको बताए ।

    कार्यक्रममा अतिथीको रुपमा उपस्थिति बरिष्ठ संगीतकार सुरेश अधिकारी र कवि तथा गीतकार श्रवण मुकारुङले गीतको अडियो र भिडियो पक्षको मुक्तकण्ठले प्रशंसा गरे । गीतका शब्दमा हरेक नेपालीले कथा भेट्ने कवि मुकारुङको भनाई छ । संगीतकार अधिकारीले पनि नेपालमा यसप्रकारको भिडियो बन्न थालेकोमा खुसी व्यक्त गरे |


    आश्विन ५, २०७८ मंगलवार १२:१६:०३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    घटस्थापनामा शान्तिश्रीसंग टिकाको 'सलल झलल'

  • 632
    SHARES
  • घटस्थापनामा शान्तिश्रीसंग टिकाको 'सलल झलल'

    काठमाडौं । बडा दशैँको आज पहिलो दिन घटस्थापाना। हिन्दु धर्मावलम्बीले  बिशेष रुपले मनाउने यो चाडको अवसर पारेर नयाँ गीत 'सलल झलल' सार्वजनिक भएको छ। दशैँ र तिहार बिशेष बनाएर गरिएको यो गीतमा टिका शिवाकोटी, शान्ति श्री परियार, तिलक बस्नेत र संगीता शिवाकोटीको स्वर रहेको छ। गीतमा तिलक बस्नेतको शब्द/संगीत रहेको छ। 

    images

    सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियो मा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरि, कृष्ण शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोमा बिकास नेपालीको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।


    आश्विन २२, २०७८ शुक्रवार ११:३९:१३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भिम बीसीको नयाँ प्रस्तुति 'परानी'

  • 754
    SHARES
  • भिम बीसीको नयाँ प्रस्तुति 'परानी'

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सफल अनि करोड क्लबका गायक तथा संगीतकार गीतकार भिम बीसीले आफ्ना सिर्जनाहरुले सबैको मन जित्न सफल भएका छन् l भिम बीसीले भर्खरै रिलिज गरेको नयाँ गीतले अहिले दर्शकको मन जितिरहेको छ ।

    images

    सांगीतिक माहोल अहिले एउटा गीत छाएको छ । भिम बीसीको संगीत, जीना रसाइली र शेर कानीको अवाज रहेको गीत सबैको मनमा बस्न सफल भएको छ l आफ्नो मायालुलाई छोडेर जानु पर्दाको बिछोड कहानी प्रस्तुत गरेको छ l प्रमोद भण्डारीको निर्देशन कविता नेपाली अनि एल बी बिश्वोकर्माको जिबन्त अभिनय हेर्न सकिन्छ l

    वास्तविक जीवनमा आधारिक कथा यस भिडियो मार्फत देखाएको छ l यस भिडियोलाइ दिपेन बस्न्यातले सम्पादन अनि छायांकन गरेका हुन् l संगीतकार भिमले सुदुर्पचिम देउडा संस्कारलाई अगाडी बढाउने हेतुले आफ्नो सिर्जना मार्फत प्रस्तुत गरेका छन् “परानी” । म्युजिक भिडियो उनको आफ्नो युट्युबच्यानलमा हेर्न सकिन्छ  l  

    मौलिक संस्कृतिलाई बचाउने हेकाले आफू सधै तत्पर रहेको संगीतकार गायक गीतकार भिम बीसी बताउछन् । आफु लामो रेसको घोडा जस्तै अगाडी हिड्न मनलाग्छ l आफ्नो कर्म र भाग्यमा विश्वास  गर्छन l उनका चर्चित गीतहरु कपुरी क, ताराबाजी लै लै, ए कान दुई कान मैदान, झुमा झल्का पिरती, इतिहास, मुखैमा राम राम, बस बस रे, एना हेरी हेरी हुन l नेपाली सांगीतिक क्षेत्रमा उनलाई ट्रेन्ड शेटर रुपमा चिनिन्छ  !


    आश्विन २४, २०७८ आइतवार १०:५३:१६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    यसपटक बर्माको निशानामा परे शाहरुखपुत्र आर्यन, यसरी उडाए मजाक

    क्यानाडा नेपाल

    कार्तिक १४

  • 652
    SHARES
  • यसपटक बर्माको निशानामा परे शाहरुखपुत्र आर्यन, यसरी उडाए मजाक

    काठमाडौं - बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा धरौटीमा छुटिसकेका छन् । आर्यन शनिबार जेलबाट छुटेर घर गएका थिए । 

    images

    ड्रग्स केसमा फसेर रिहा भएका आर्यनलाई लिएर बलिउड फिल्म निर्देशक तथा निर्माता रामगोपाल बर्माले मजाक बनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत  बर्माले आर्यनको मजाक उडाएका हुन् ।

    उनले लेखेका छन् ‘हरेक बर्ष तिहारमा एकजना खानको फिल्म रिलिज हुँदै आएको थियो । यो वर्ष पनि एउटा खान रिलिज भएको छ ’ 

    यसअघि पनि विभिन्न कलाकारमाथि व्यंग्य गर्दै आएका बर्माले अहिले आर्यनको मजाक गरेका हुन् । बर्माले कलाकारको व्यंग्य गरिरहदा विवादमा पनि आइरहने गर्छन् । उनले सत्या’, ‘रंगीला’, ‘जंगल’, ‘प्यार तुने क्या किया’, ‘कम्पनी’, ‘रोड’, ‘सरकार राज’ जस्ता फिल्मका निर्देशन गरेका छन् । 


    कार्तिक १४, २०७८ आइतवार २०:००:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आर्यन खान

  • क्यानाडा नेपाल

    नरेश गुरुङको 'जब तिमी' मा आकाश र पूजाको प्रेम र बियोग

    क्यानाडा नेपाल

    कार्तिक १७

  • 594
    SHARES
  • नरेश गुरुङको 'जब तिमी' मा आकाश र पूजाको प्रेम र बियोग

    काठमाडौं– गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो 'जब  तिमी' सार्वजनिक भएको छ।  उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। 

    images

    हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत  र संगीत संयोजन रहेको छ। जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय  परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ। 

    म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा बीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ।  सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन्।  किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो।  ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।


    कार्तिक १७, २०७८ बुधवार १५:३०:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल