• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

पढाइलाई उमेरले छेकेन, १०४ वर्षीया बृद्धाले ल्याइन् उत्कृष्ट नम्बर

क्यानाडा नेपाल कार्तिक ३० २०७८
  • 440
    SHARES
  • images
    images
    पढाइलाई उमेरले छेकेन, १०४ वर्षीया बृद्धाले ल्याइन् उत्कृष्ट नम्बर

    केरला - शिक्षा लिन उमेर बाधक हुँदैन । जोकोहीले पनि जुनसुकै बेला अध्ययन गर्न सक्छन्। र, यसको सफल उदाहरण बनेकी छन भारतकी एक बृद्धा । केरला राज्यकी १०४ वर्षीया कुट्टिआमाले राज्यले हालै लिएको साक्षरता परीक्षामा उत्कृष्ट नम्बर ल्याएकी हुन् । १०० पूर्णाङ्कमा उनले ८९ नम्बर ल्याएकी हुन् । 

    images

    केरलाका शिक्षामन्त्री भी शिभनकुट्टेले ट्विटरमा लेखेका छन्, ‘१०४ वर्षीया कुट्टिआमाले केरला राज्यको साक्षरता अभियानको परीक्षामा १०० पूर्णाङ्कमा ८९ नम्बर प्राप्त गरेकी छन् । ’ बृद्धाको प्रगतिबाट आफू खुसी भएकोसमेत  शिक्षामन्त्रीले उल्लेख गरेका छन् । 

    परीक्षामा उत्कृष्ट नतिजा ल्याएकोमा शिक्षामन्त्रीले बृद्धालाई बधाई तथा शुभकामना दिएका छन् । ‘उच्च माया र सम्मानसाथ कुट्टिआमा र अन्य नयाँ शिक्षार्थीलाई शुभकामना दिन चाहन्छु ।’ शिक्षामन्त्रीले कुट्टिमायको हाँसेको तस्विरसमेत पोस्ट गरेका छन् । 

    केरला सरकारले ल्याएको निरन्तर शिक्षा योजनाअन्तर्गत हालै परीक्षा सञ्चालन भएको थियो ।सो शिक्षा योजनामा सहभागी नहुन्जेल कुट्टिमाया विद्यालय गएकी थिइनन् । साक्षरता अभियानमा सहभागी नहुन्जेल उनलाई पढ्न र लेख्न आउदैनथ्यो । एजेन्सी


    कार्तिक ३०, २०७८ मंगलवार ११:४४:५७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # १०४ वर्षीया बृद्धा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    पढाइलाई उमेरले छेकेन, १०४ वर्षीया बृद्धाले ल्याइन् उत्कृष्ट नम्बर

    क्यानाडा नेपाल

    कार्तिक ३०

  • 440
    SHARES
  • पढाइलाई उमेरले छेकेन, १०४ वर्षीया बृद्धाले ल्याइन् उत्कृष्ट नम्बर

    केरला - शिक्षा लिन उमेर बाधक हुँदैन । जोकोहीले पनि जुनसुकै बेला अध्ययन गर्न सक्छन्। र, यसको सफल उदाहरण बनेकी छन भारतकी एक बृद्धा । केरला राज्यकी १०४ वर्षीया कुट्टिआमाले राज्यले हालै लिएको साक्षरता परीक्षामा उत्कृष्ट नम्बर ल्याएकी हुन् । १०० पूर्णाङ्कमा उनले ८९ नम्बर ल्याएकी हुन् । 

    images

    केरलाका शिक्षामन्त्री भी शिभनकुट्टेले ट्विटरमा लेखेका छन्, ‘१०४ वर्षीया कुट्टिआमाले केरला राज्यको साक्षरता अभियानको परीक्षामा १०० पूर्णाङ्कमा ८९ नम्बर प्राप्त गरेकी छन् । ’ बृद्धाको प्रगतिबाट आफू खुसी भएकोसमेत  शिक्षामन्त्रीले उल्लेख गरेका छन् । 

    परीक्षामा उत्कृष्ट नतिजा ल्याएकोमा शिक्षामन्त्रीले बृद्धालाई बधाई तथा शुभकामना दिएका छन् । ‘उच्च माया र सम्मानसाथ कुट्टिआमा र अन्य नयाँ शिक्षार्थीलाई शुभकामना दिन चाहन्छु ।’ शिक्षामन्त्रीले कुट्टिमायको हाँसेको तस्विरसमेत पोस्ट गरेका छन् । 

    केरला सरकारले ल्याएको निरन्तर शिक्षा योजनाअन्तर्गत हालै परीक्षा सञ्चालन भएको थियो ।सो शिक्षा योजनामा सहभागी नहुन्जेल कुट्टिमाया विद्यालय गएकी थिइनन् । साक्षरता अभियानमा सहभागी नहुन्जेल उनलाई पढ्न र लेख्न आउदैनथ्यो । एजेन्सी


    कार्तिक ३०, २०७८ मंगलवार ११:४४:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # १०४ वर्षीया बृद्धा

  • क्यानाडा नेपाल

    बख्तरबन्द गाडीबाट नोट झरेर हावामा उड्न थालेपछि टिप्नेको भिड, गाडी नै रोकेर पैसा टिपे

  • 520
    SHARES
  • बख्तरबन्द गाडीबाट नोट झरेर हावामा उड्न थालेपछि टिप्नेको भिड, गाडी नै रोकेर पैसा टिपे

    क्यालिफोर्निया - अमेरिकाको एउटा राजमार्गमा एउटा बख्तरबन्द गाडीबाट नोट झरेपछि टिप्नेको भिड लागेको विवरण सार्वजनिक भएको छ । 

    images

    नोट खसेर राजमार्ग र वरपरको हावामा उड्न थालेपछि सर्वसाधारणले आफुले चलाएको गाडी नै रोकेर पैसा टिपेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गाडी रोकेर पैसा टिप्न निस्कँदा केही घन्टा राजमार्ग अबरुद्ध भएको थियो ।

    क्यालिफोर्नियाको सान डिएगो काउन्टीको एउटा राजमार्गमा गुडिरहेको गाडीबाट सडकमा नोट खसेको थियो । गुडिरहेको गाडीको ढोका बीच सडकमा खुल्दा नोटाका बिटा खसेका थिए । अधिकांश नोट दुईदेखि २० डलरका थिए । 

    मानिसहरुले हतारमा खसेका रकम उठाएका देखिन्थे । अनधिकृत रुपमा नोट उठाएको भन्दै प्रहरीले केहीलाई गिरफ्तार गरेको छ । पैसा लिएर भागेकालाई फिर्ता गर्न प्रहरीले अनुरोध गरेको छ । घटनाबारे संघीय जाँच ब्यूरो (एफबीआई) ले जाँच गरिरहेको छ ।एजेन्सी


    मंसिर ५, २०७८ आइतवार १३:५४:३४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    यो हो विश्वकै सबैभन्दा चाँडो उड्ने विद्युतीय विमान, परीक्षण उडानमा राख्यो ३ कीर्तिमान  

  • 440
    SHARES
  • यो हो विश्वकै सबैभन्दा चाँडो उड्ने विद्युतीय विमान, परीक्षण उडानमा राख्यो ३ कीर्तिमान  

    रोल्स-रोयसले आफूले निर्माण गरेको 'स्पिरिट अफ इनभेशन' विमान विश्वको सबैभन्दा तीव्र गतिको विद्युतीय हवाईजहाज भएको दाबी गरेको छ।

    images

    भर्खरै गरिएको एउटा परीक्षणमा उक्त विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उडेको सो कम्पनीले जनाएको छ। उक्त विमानले तीनवटा फरक दूरीमा नयाँ विश्वकीर्तिमान गरेको विश्वास गरिएको छ।

    रोल्स-रोयसले प्रमाणीकरणका लागि सम्बन्धित तथ्याङ्क वर्ल्ड एअर स्पोर्ट्स फेडरेशनलाई पठाएको छ।यूकेको विल्टशरमा नोभेम्बर १६ मा उक्त विमानका परीक्षण उडानहरू गरिएका थिए।

    कम्पनीका एक निर्देशक फिल ओ'डेलले उडाउँदा स्फिरिट अफ इनभेशन विमानले सबैभन्दा तीव्र गति हासिल गरेको थियो।"यो मेरो व्यावसायिक जीवनको मुख्य आकर्षण हो अनि पूरै टोलीका लागि एउटा अविश्वसनीय उपलब्धि," उनले भने।

    रोल्स-रोयसका अनुसार स्पिरिट अफ इनभेशनको गति यसअघि सन् २०१७ मा कीर्तिमान राखेको जीमन्स ईएअरक्राफ्टले बनाएको एक्स्ट्रा ३३० एलई एरोब्याटिक विमानभन्दा २१३.०४ किलोमिटर प्रतिघण्टाले बढी थियो।

    तीन किलोमिटर उड्दा रोल्स-रोयसको विमानको गति ५५५.९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२.१ किलोमिटर प्रतिघण्टा पुगेको थियो। अनि ३,००० मिटरको उचाइमा २०२ सेकन्डमा पुगेर यसले सबैभन्दा चाँडै त्यति माथि पुग्ने कीर्तिमान ६० सेकन्डले घटाएको विश्वास गरिएको छ।

    यो विमानले ४०० किलोवाटको विद्युतीय पावरट्रेन प्रयोग गर्छ जसको क्षमता ५३५ बीएचपी सुपरकारको जति हुन्छ। रोल्स-रोयसले आफूले प्रयोग गरेको 'प्रपल्शन ब्याटरी प्याक' एकदम शक्तिशाली भएको र त्यो ७,५०० वटा फोन चार्ज गर्न सक्ने खालको भएको बताएको छ।

    कोप २६ मा विश्वको ध्यान कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने कुरामा केन्द्रित भएको उल्लेख गर्दै रोल्स-रोयसका प्रमुख कार्यकारी वारन ईस्टले भने, "यो 'जेट जीरो" लाई यथार्थ बनाउन सहयोगी हुने एउटा कोसेढुङ्गा हो।"

    "यसले आकाश, भूमि र समुद्रमा हुने परिवहनमा कार्बन घटाउन आवश्यक महत्त्वपूर्ण प्राविधिक खोज उपलब्ध गराउने हाम्रो आकाङ्क्षालाई सघाउँछ।"

    रोल्स-रोयसले फेडरेशन एरोनटिक इन्टर्न्याश्नल (एफएआई) ले आफ्नो उपलब्धिलाई प्रमाणीकरण गरिदिने र चाँडै त्यसलाई विश्वकीर्तिमानको मान्यता दिने अपेक्षा गरेको छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    मंसिर ६, २०७८ सोमवार १४:०५:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विद्युतीय विमान

  • क्यानाडा नेपाल

    पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि... 

  • 682
    SHARES
  • पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि... 

    नयाँ दिल्ली - भारतको उत्तर प्रदेशमा अस्पतालले मृत घोषित गरेका एक व्यक्ति जीवितै देखिएका छन् । एउटा अनौठो घटनामा मृत घोषणा गरेर शवगृहमा राखिएका एक व्यक्तिले सात घन्टापछि हातखुट्टा चलाउन थालेका हुन् । 

    images

    रिपोर्टअनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रीकेश कुमारलाई बिहीबार राती अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पताल पु¥याएको केही बेरमा मृत घोषणा गरिएको थियो । भोलिपल्ट उनलाई अस्पतालको शवगृहमा रहेको एउटा फ्रिजमा राखिएको थियो । 

    सात घन्टापछि शवको पोस्टमार्टम गर्ने विषयमा पीडित परिवारले एउटा कागजमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेर फर्किने क्रममा कुमारकी बुहारी मधु बालाले उनको शरीर चलमलाएको देखेकी थिइन् । 

    सो घटनाबारे सार्वजनिक भएको एउटा भिडियोमा बालाले शब देखाउँदै चिच्चाएको सुन्न सकिन्छ । ‘उहाँको मृत्यु भएको छैन् । यो कसरी भयो ? उहाँले केही भन्न खोजिरहनु भएको छ । उहाँले सास  फेरिरहनु भएको छ ।,’  कुमारकी बुहारीले भनेकी छिन् ।

    मोरादाबादका प्रमुख मेडिकल अधिकृत डा. शिव सिंहका अनुसार चिकित्सकले विरामीलाई भोलिपल्ट बिहान ३ बजे पनि परीक्षण गरेका थिए । त्यतिबेला बिरामीको मुटु चलेको थिएन । 

    तर, उज्यालो भएपछि प्रहरीको एउटा समूह र परिवारका सदस्यहरुले उनलाई जीवितै पाएका थिए । सो घटनाबारे अनुसन्धान सुरु भएको छ । सो घटना मेडिकल जगतमै ‘दुर्लभ’ भएको डा. सिंह बताउँछन् । 

    ४० वर्षीय कुमारको अहिले मेरुटस्थित एउटा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । तर, होस भने खुलेको छैन् । लापरबाही गरेको भन्दै पीडित परिवारले अस्पतालविरुद्ध उजुरी गर्ने भएको छ ।एजेन्सी


    मंसिर ८, २०७८ बुधवार १२:३४:३३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विमानको ल्यान्डिङ गियरमा लुकेर ग्वाटेमालाबाट अमेरिका पुगे यी युवक

  • 570
    SHARES
  • विमानको ल्यान्डिङ गियरमा लुकेर ग्वाटेमालाबाट अमेरिका पुगे यी युवक

    न्युयोर्क - एक व्यक्ति अमेरिकी एयरलाइन्सको एउटा विमानको ल्यान्डिङ गियरमा बसेर  ग्वोमालाबाट अमेरिकाको मियामी पुगेका छन् ।

    images

    शनिबार मियामीमा विमान अवतरण गरेपछि  ती व्यक्ति विमानको ल्यान्डिङ गियरमा फेला परेका थिए । अमेरिकी एयरलाइन्सको उडान नम्बर ११८२ काे विमानकाे ल्यान्डिङ गियरमा बसेर ती व्यक्ति मियामी पुगेका थिए । 

    २६ वर्षका ती व्यक्तिलाई तत्कालै अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । ग्वाटेमालाबाट मियामीसम्म करिव साढे दुई घन्टा उनी गियरमा नै बसेका थिए । त्यति लामो यात्रामा उनी जीवितै फेला पर्नु दुर्लभ घटना भएको अधिकारीहरुले बताएका छन् । 

    निकै त्रसित मुद्रामा देखिएका उनलाई विमानस्थलबाट सीधै अस्पताल लगिएको थियो । उनी लुकेर अमेरिका प्रवेश गरेको विषयमा सीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    अमेरिकाको संघीय उड्यन प्रशासनअनुसार सन् १९४७ देखि विभिन्न उडानमा विमानका पाङग्रा वा ल्यान्डिङ गियरमा बसेर अमेरिका जाने  क्रममा अहिलेसम्म १०० जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । एजेन्सी


    मंसिर १२, २०७८ आइतवार १४:३४:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विमान

  • क्यानाडा नेपाल

    विवाह गर्दागर्दै कार्यक्रम रोकेर परीक्षा दिन पुगे साउदीका दुलाहा

  • 214
    SHARES
  • विवाह गर्दागर्दै कार्यक्रम रोकेर परीक्षा दिन पुगे साउदीका दुलाहा

    रियाद - पछिल्लो एक सातादेखि साउदीका एक युवक एउटा अनौठो कार्यका लागि सञ्चारमाध्यममा छाएका छन् । विवाह गर्दागर्दै कार्यक्रम रोकेर जाँच दिन परीक्षा हलमा पुगेपछि उनको चर्चा हुन थालेको हो । प्रसंग साउदीका विद्यार्थी अल लइलीको हो । 

    images

    लइलीकाे यसै साता विवाह भएको थियो । विवाहको तय भने एक महिनाअघि भएको थियो । माध्यामिक विद्यालयका विद्यार्थीसमेत रहेका लइलीको संयोगवश विवाहकै दिन परीक्षा पर्‍यो ।

    दुवै काम एकै दिन परेपछि एकछिन उनी समस्यामा परे । अन्तत उनी निर्णयमा पुगे विवाह पनि गर्ने र परीक्षा पनि दिने । विवाह गर्दागर्दै वेहुलाकै भेषमा परीक्षा हलमा पुगे, उनी ।

    ‘विवाह गर्दागर्दै रोकेर म वेहुलाको भेषमा नै परीक्षा हल आएको छ । आशा छ म दुबै कार्यमा सफल हुनेछु,’ उनले भने । परीक्षा सक्ने वित्तिक्कै उनी सोझै विवाह समारोहमा पुगेका थिए । विवाह र जाँचमा सहभागी भएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।एजेन्सी

     


    मंसिर १३, २०७८ सोमवार १४:०४:१४ बजे : प्रकाशित


    क्यानाडा नेपाल