• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

रामायण सर्किटमा नेपाल, भारत र श्रीलंकालाई जोड्न छलफल सुरु

क्यानाडा नेपाल मंसिर ५ २०७८
  • 470
    SHARES
  • images
    images
    रामायण सर्किटमा नेपाल, भारत र श्रीलंकालाई जोड्न छलफल सुरु

    जनकपुरधाम - तेस्रो रामायण सर्किट,  मिथिला र अवधको सम्बन्ध विषयमा अन्तर्राष्ट्रिय सम्मेलन जनकपुरधामबाट सुरु भएको छ । रामायणमा भारत, नेपाल र  श्रीलंकाबीचको सम्बन्धलाई उजार गरे जस्तै तीनै देशलाई जोडने गरी रामायण सर्किटको आवश्यकता रहेकोले शनिबार तीनै देशका प्रनिधिनिहरूबीच छलफल भएको छ । 

    images

    जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा तीनै देशका प्रतिनिधिहरूले रामायण सर्किट, मिथिला र अवधको सम्बन्धको विषयमा आफ्ना धारणा राखेका छन् । 

    कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश २ का प्रदेश प्रमुख हरिसंकर मिश्रले २०७५ वैशाख २८ गत्ते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधाम–अयोध्या बस सेवा पुनः सुचारु गर्न दुवै देशबीच समन्वय भइरहेको  बताए ।

    त्यसैगरि, कार्यक्रममा श्रीलंकाकी राजदूत हिमाली सुभाषणी अरुण तिलकाले रामायण सर्किट निर्माणले भारत नेपाल र श्रीलंका तीनवटै देशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । बुद्ध धर्मावलम्बीहरूको कारणले नेपाल र श्रीलंकाको सम्बन्ध रहँदै आएको बताउँदै उनले रामायण सर्किटले यी देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने बताइन् । 

    भारत यूपिका कमिस्नर विशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाईसेवा र रेलमार्गको काम हुने बताए । अयोध्यादेखि जनकपुरधाम जोड्न बस सेवा चाँडै सुरु हुने बताउँदै उनले डबल लाइनको रेल्वे ट्याकको निर्माण कार्यसमेत भइरहेको बताए । 

    कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साहले जनकपुरधाम बिना रामायण अधुरो रहेको भन्दै रामायण सर्किटलाई जनकपुरधामसँग जोड्नु अति आवश्यक रहेको बताए । इतिहासमा जनकपुरधाम र अवधको सम्बन्ध बारे लामो वर्णन गरिएको बताउँदै मेयर साहले भने, ‘त्रेता युगको सम्बन्धलाई वर्तमान समयमा पनि स्थापित गर्नुपर्ने समय आएको छ, यसको लागि दुवै देशका सरकारले पहल गर्नुपर्छ ।’
     
    जनकपुरधाम उप–महानगरपालिकाको आयोजना तथा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहआयोजनामा सुरु भएको सम्मेलन आइतबार सम्म चल्ने छ ।न्युज कारखाना 


    मंसिर ५, २०७८ आइतवार ०७:५९:०८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # रामायण

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १० गते शुक्रबारको राशिफल

  • 288
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १० गते शुक्रबारको राशिफल

    काठमाडौं - आजको पात्रो : १० मंसिर, शुक्रबार । २६ नोभेम्बर । मार्गशीर्ष कृष्णपक्ष सप्तमी तिथि, चन्द्रमा कर्कट राशिमा छ भने अश्लेषा नक्षत्र, ब्रह्मा योग  छ । शुक्रबार विदेश यात्राका लागि राम्रो मानिन्छ । आज सूर्योदय बिहान ६ः३४ र सूर्यास्त १७ः०७ मा हुनेछ । देवता ब्रम्हा र ग्रहदेव मंगल छ ।

    images

    आज बिहान १०ः३० देखि राहुकाल सुरु भएर ११ः५२ को समयमा सकिने छ । अभिजित मुहूर्तको समय ११ः३१ देखि १२ः१३ सम्म रहेको छ ।

    मेष - आजको दिन रोजगारीको क्षेत्रमा तपाईँलाई नयाँ सफलता हात लाग्नेछ । आज नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

    वृष - व्यापारव्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईँले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ ।

    मिथुन - आजको दिन परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईँको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ ।

    कर्कट - चन्द्रमाको साथ रहेको हुनाले आजको दिन तपाईँको शुभ छ ।  त्यसैले आजको दिन तपाईँको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाईँ र तपाईँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु होला ।  

    सिंह - परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । 

    कन्या - आजको दिन आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको  धनी राशिबाट महिला र बृद्ध मातालाई केही उपहार दिनु होला । तपाईँमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।

    तुला - आजको दिन सुरु गरेको काम सफल हुनेछ । तपाईँको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै कामबीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

    वृश्चिक - आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईँको कार्यमा सफलता मिल्नेछ ।

    धनु - धनु राशि भएका जातका लागि ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईँको लागि मनोरञ्जन दिनेछ ।   

    मकर - आजको दिन मानसम्मान मिल्ने योग छ । तपाईँलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दूरीको यात्रा गर्दा फलदायी हुनेछ ।

    कुम्भ - आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईँमा थप शक्ति मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला ।

    मीन - बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापारमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । 


    मंसिर १०, २०७८ शुक्रवार ०७:११:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    जब शिवले पार्वतीलाई आफूभित्र समाहित गरे

  • 256
    SHARES
  • जब शिवले पार्वतीलाई आफूभित्र समाहित गरे

    काठमाडौं - सामान्यतया शिवलाई परम पुरुष भनेर सम्बोधन गरिन्छ— शिव परम पौरुषका प्रतीक हुन् । तर, तपाईंले शिवको अर्धनारीश्वर रूपमा यो देख्न सक्नुहुन्छ कि उनको आधा भाग पूर्ण विकसित नारी हो ।

    images

    म पहिला तपाईंहरूलाई यस बारेमा एउटा कथा भन्छु । शिव परम–आनन्दको अवस्थामा थिए, र यसले गर्दा पार्वती शिवतर्फ आकर्षित भइन् । पार्वतीले उनलाई रिझ्याउन थुप्रै तरिकाहरू अपनाइन् अनि सबैथरीका सहायताहरू लिइन्, जसपश्चात दुवैको विवाह भयो । उनीहरूको विवाह भएपछि, स्वाभाविक रुपमा, शिवले पार्वतीसँग आफूले अनुभव गरिरहेको कुरा बाँड्न चाहे । पार्वतीले भनिन्, "तपाईं आफूभित्र जुन अवस्थामा हुनुहुन्छ, म पनि त्यसलाई अनुभव गर्न चाहन्छु । त्यसको लागि मैले के गर्नुपर्छ ? कृपया मलाई बताउनुहोस् । म जस्तोसुकै तपस्या गर्नको लागि तयार छु ।” शिव मुस्कुराए अनि भने, “ प्रिय, तिमीले कुनै ठूलो तपस्या गर्न आवश्यक छैन । तिमी यता आऊ अनि मेरो काखमा बस ।” पार्वती आइन् अनि कुनै हिचकिचाहटबिनै शिवको बायाँ काखमा बसिन् । उनी पूरै इच्छुक थिइन, उनले आफूलाई पूर्ण रूपमा शिवको हातमा सुम्पिएकी थिइन्, र यसैले गर्दा शिवले उनीलाई आफूभित्र ताने अनि उनी उनको आधा भाग भइन् ।

    यसमा बुझ्नु पर्ने कुरा यो छ कि यदि शिवले पार्वतीलाई आफ्नै शरीरभित्र स्थान दिनुपर्ने हो भने, उनले आफ्नो आधा भागलाई हटाउनु पर्ने हुन्छ । अतः शिवले आफ्नो आधा भागलाई हटाए अनि पार्वतीलाई आफूमा समावेश गरे । यही अर्धनारीश्वरको कथा हो । यसले मूलतः यो दर्शाउने कोशिस गरिरहेको छ कि तपाईंभित्र पौरुष (पुरुष प्रकृति) र स्त्रैण (स्त्री प्रकृति) बराबर बाँडिएको हुन्छ । अनि, जब शिवले पार्वतीलाई आफूभित्र समाहित वा समावेश गरे, तब उनी परम–आनन्दको अवस्थामा पुगे । यसले यो सङ्केत गरिरहेको छ कि हामीभित्रको पौरुष र स्त्रैणको मिलन भयो भने, तपाईं परम–आनन्दको चिरस्थायी अवस्थमा रहनुहुन्छ । यदि तपाईंले बाहिरी संसारमा त्यसो गर्न खोज्नुभयो भने, यो कहिल्यै टिक्दैन । साथै, त्योसँगै आउने अनेक समस्याहरू अन्तहीन नाटक बन्दछन् ।

    मूलतः यो दुईजना व्यक्तिहरूको मिलनको चाहना होइन, बरु जीवनका दुई आयामहरूको मिलनको तीव्र चाहना हो, जो बाहिर साथसाथै भित्र  समेत एक हुन चाहन्छन् । यदि यसलाई तपाईंले आफूभित्र प्राप्त गर्नुभयो भने, बाहिरी मिलन शत–प्रतिशत तपाईंको रोजाइ अनुसार हुनेछ । अन्यथा, बाहिरी मिलन भयानक रूपमा बाध्यात्मक बन्नेछ । यही जीवनको तरिका हो । यो यस्तो वास्तविकता हो, जसलाई कथाको माध्यमले सुन्दर तरिकाले व्यक्त गरिएको छ— शिवले पार्वतीलाई आफ्नो एउटा भागको रूपमा समावेश गरे अनि त्यसैले आधा–नारी, आधा–पुरुष बने ।

    यसले यो सङ्केत गरिरहेको छ कि यदि तपाईं आफ्नो चरम रूपमा विकसित हुनुभयो भने, तपाईं आधा पुरुष र आधा नारी हुनुहुनेछ— नपुंसक होइन, बरु पूर्ण विकसित पुरुष र पूर्ण विकसित स्त्री बन्नुहुनेछ ! र त्यसबेला मात्रै, तपाईं पूर्ण विकसित मानव बन्नुहुन्छ । तपाईंमा विषम (असमान) विकास भएको हुँदैन, तपाईं केवल पौरुष वा केवल स्त्रैण रहनुहुन्न, तपाईंले यी दुवैलाई पूर्ण रूपमा विकसित हुन दिनुभएको हुन्छ । पौरुष र स्त्रैण भनेको "पुरुष" र "स्त्री" होइन । यी निश्चित गुणहरू हुन् । यी दुवै गुणहरूबिच सन्तुलन भयो भनेमात्र, मानिसको जीवन तृप्त बन्दछ ।

    यदि तपाईंले अर्धनारीश्वरको कथालाई सृष्टिको प्रतीकको रूपमा हेर्नुभयो भने, यी दुई आयामहरू— शिव र पार्वती वा शिव र शक्ति— लाई पुरुष र प्रकृति भनिन्छ । अचेल सामान्यतया "पुरुष" शब्दलाई "केटा" को रूपमा बुझिन्छ, तर यसको अर्थ त्यो होइन । प्रकृति भनेको "सृष्टि" हो । पुरुष त्यो आयाम हो, जो सृष्टिको स्रोत हो । सृष्टिको स्रोत त्यहीँ थियो, सृष्टि बन्यो अनि यो सृष्टिको स्रोतमा पूर्ण रूपमा समाहित भयो । जसलाई पुरुष भनिन्छ, त्यो कारक हो अर्थात् त्यो प्ररेक हो जसले चीजहरूलाई चलायमान राख्दछ । जब अस्तित्व आदिम अवस्थामा थियो, जब यो सृष्टिको अवस्थामा थिएन, जसले यसलाई एक्कासि सक्रिय बनाएर सृष्टिको रूप दियो, त्यो आयामलाई हामी पुरुष भन्छौँ । चाहे मानिसको जन्म भएको होस्, वा कमिलाको जन्म भएको होस्, वा ब्रह्माण्डमको जन्म भएको होस्, सबै एउटै तरिकाले भइरहेको छ । मानिसहरूको बुझाइको सन्दर्भमा यसलाई पुरुष वा पौरुष भन्ने गरिन्छ ।

    सम्पूर्ण मानव जनसङ्ख्या व्यक्तिको एक कार्य— सम्भोग— ले गर्दा भएको हो, होइन त ? त्यो कुनै महान् कार्य होइन । यो जुनसुकै तरिकाले हुन सक्छ । यो गैर–जिम्मेवारपूर्ण तरिकाले, लापरवाही ढङ्गले, जबरजस्ती, क्रोधमा, घृणामा हुन सक्छ— यो सधैँ राम्रोसँग हुन्छ भन्ने छैन । तपाईंको तरिका जस्तोसुकै भए तापनि जनसङ्ख्या थपिन्छ । तर, गर्भमा जे भएको हुन्छ, त्यो जस्तोसुकै तरिकाले हुन सक्दैन । यो निकै व्यवस्थित र सुन्दर रूपमा हुनुपर्दछ, नत्र यसले काम गर्ने छैन । यदि त्यो प्रक्रियामा केही गलत भयो अथवा त्यो बलपूर्वक भयो भने, जीवन सम्भव हुन सक्दैन ।

    अतः जब हामी यो आधारभूत प्रक्रियालाई हेर्छाैँ, जसले सृष्टिलाई चलायमान बनाएको छ, त्यो प्रक्रिया एउटा मात्रै कार्य जस्तो देखिन्छ । त्यसलाई पुरुष भनिन्छ, तर यसलाई अगाडि बढाउँदै बिस्तारै जीवनको रूप दिने आयामलाई हामी प्रकृति वा सृष्टि भन्दछौँ । यसैकारण, प्रकृतिलाई स्त्रैणको रूपमा चिनिन्छ ।

    आज, हाम्रो समाज अनि यहाँ सम्म कि नारीहरूले समेत स्त्रैण प्रकृतिलाई कमजोरी भनेर गलत रूपमा बुझेका छन् । एउटी नारी पुरुष जस्तो बन्ने प्रयत्न गरिरहेकी छिन्, किनकि अहिले विश्वमा आर्थिक पक्ष प्रमुख शक्ति भएको छ । सबैथोक पुनः आदिम युगतिर फर्किएको छ— जीविकाको लागि सङ्घर्ष चलिरहेको छ । एकपटक जब त्यसो गर्नुहुन्छ, पौरुषको प्रभुत्त्व हुन्छ । हामीले प्रेम, करुणा र जीवनलाई अङ्गाल्ने सूक्ष्म पक्षहरूको सट्टा भद्दा र बीभत्स शैलीमा विजय पाउने शैली रोजेका छौँ ।

    तपाईंले यो देख्नुहुनेछ कि यदि तपाईंसँग पौरुष मात्र छ भने, तपाईंसँग सबैथोक हुनेछ, तैपनि तपाईंसँग केही पनि हुने छैन । समाजमा स्त्रैण पक्षलाई चेतनशील रूपमा हुर्काउनु र त्यसको उत्सव मनाउनु अत्यन्तै आवश्यक छ । यो विद्यालय स्तरबाटै हुन जरूरी छ । बच्चाहरूलाई विज्ञान र प्रविधिमा जति प्रेरित गरिन्छ, त्यति नै सङ्गीत, कला, दर्शन र साहित्य जस्ता विषयमा जानको लागि समेत प्रेरणा दिनुपर्छ । यदि यस्तो नहुने हो भने, संसारमा स्त्रैण वा स्त्री सुलभ गुणको लागि कुनै स्थान नै रहने छैन । यदि हामीले आफ्नो जीवनको संरचनामा पौरुष (पुरुष प्रकृति) र स्त्रैण (स्त्री प्रकृति) लाई बराबर भूमिकामा व्यक्त हुन नदिने हो भने, हामी एकदमै अपूर्ण जीवन बाँच्ने छौँ, एकतर्फी जीवन बिताउने छौँ ।–सदगुरुको प्रवचनमा आधारित


    मंसिर १०, २०७८ शुक्रवार ०७:१६:२६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १२ गते देखी मंसिर १८ गतेसम्मको साप्ताहिक राशिफल

  • 484
    SHARES
  • पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १२ गते देखी मंसिर १८ गतेसम्मको साप्ताहिक राशिफल

    मेष राशि - सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँ बाट टाढा भएकाृ अनुभब रहनेछ । बिश्वासिला ब्यक्तिहरुबाटनै धोका हुन सक्नेछ । गरीरहेको कार्यमा समेत सामान्य अपजसको भागीदार भईनेछ । गोप्यताका साथ कार्य सम्पादनमा जुटेमा बिस्तारै कार्य सम्पादित रहनेछन । मगंलबार पश्चात अधुरा कार्यहरु सम्पादन गर्न परीवारको साथ सहयोग प्राप्त रहनेछ । नयाँ लगानिका साथमा ब्यापार ब्यवसायको थालनि उत्तम रह।नेछ । अध्यन अध्यापनमा रुची जाग्नेछ । कला कौशलको प्रयोगमा समय ब्यतित रहनेछ । साताको अन्त्य तिर । संचित रकम खर्चको सम्भाबना रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । शारीरीक अस्वस्थतामा बृद्धिहुन सक्ने सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँको सम्बन्धमा समेत तिक्तता उत्पन्न हुन सक्नेछ ।

    images

    बृष राशि - साताको प्रारम्भमा पुराना मित्रजनहरुको साथ सहयोगमा नयाँकार्यको थालनिको योग बन्नेछ । आम्दानिका चौतर्फि बाटाँहरु फेला पर्नेछन । पशु तथा चौपायबाट मनग्य लाभ उठाउन सकिनेछ । कला कौशलको प्रयोगमा साथै साहित्य संगीतका क्षेत्रमा समय ब्यतित रहनेछ । मगलबार पश्चात अनावश्यक यात्रकाकारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । पारीवारिक सम्बन्धमा सामान्य तिक्तता उन्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको प्रयोगका निम्ती अधिक खर्चको सम्भाबना रहनेछ । कार्य क्षेत्रमा जिम्बेवारीको कमि महसुस रहनेछ । साताको अन्त्यमा बल तथा पराक्रममा बृद्धिहुनाले अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा लगाईएका लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ । साजेदारीकार्यका क्षेत्रबाट समेत मनग्य लाभ प्राप्त हुने समय रहनेछ ।

    मिथुन राशि - साताको प्रारम्भमा शारिरीक आलस्यताका कारण सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले साबधानि अपनाउनु राम्रोहुनेछ । भुमि तथा बाहन शुख प्राप्त रहनेछ । पारिवारीक झोरझमेलाले सताउन सक्नेछ । भौतिक साधनको प्रयोगमा सजग रहनु होला । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । अध्यन अध्यापनमा बिताईएका समय उत्तम रहनेछन । नयाँ कार्यको थालनि भएता पनि नयाँ लगानिमा भने साबधानि अपनाउनु पर्नेछ । पुराना मित्रजनहरुको साथ सहयोगमा कार्य सम्पादित रहनेछन । साताको अन्त्यतिर मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहनेछ । देश बिदेशको यात्राको योग रहनेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । साजेदारीकार्यमा साबधानी अपनाउनु पर्नेछ ।

    कर्कट राशि - साताको प्रारम्भमा मनोरञ्जन पूर्ण यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटता अपजसको कारण बन्न सक्नेछ । अरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले प्राप्त गर्नाले मन प्रशन्न रहनेछ । अधिक आत्म बिश्वासका कारण मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोगमा भुमि लाभ तथा मानसम्मान प्राप्त रहने समय रहेकोछ । भौतिक साधनको प्रयोमा समय ब्यतित रहनेछ । श्रम र मेहेनतको उचित मुल्याङ्कन प्राप्त रहनाले कार्य प्रति जोस जागर बढेर जानेछ । पुराना मित्रजनहरु सगँको भेटघाछले मन प्रशन्न रहनेछ । साताको अन्त्यतिर अध्यन अध्यापनका क्षेत्रबाट आम्दानिका क्षेत्रमा निकैटेवा पूग्नेछ । साजेदारी पूर्वक नयाँ कार्यको थालनि दिर्घकालिन आम्दानिका श्रोतहरु बन्नेछन । कला कौशलको प्रयोगमा समय ब्यतित रहला ।

    सिंह राशि - यो साता त्यति उत्तम रहने छैन गरीरहेको कार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा समेत समस्या उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोप्यता अपनाउनु उत्तम रहनेछ । स्थीर क्षेत्रमा लगाईएको लगानिको प्रतिफल प्राप्तगर्न अधिक समय पर्खनु पर्नेछ । यात्रां झन्झटिलो हुन सक्नेभएकाले बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा गरीएको कार्यका त्रुटीको अपजस भोग्नु पर्नेछ । आफ्नो घमण्डका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा कुनैकार्य पूर्णरुपमा नसुम्पीनुनै राम्रो रहनेछ । साताको अन्त्यतिर मान्यजनहरु सगँको सम्बन्धमा समेत सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामान्य कार्यका निम्ती अधिक समय ब्यतित रहनेछ । सवारी साधनको प्रयोगमा ध्यान पूर्याउनु उत्तम रहनेछ ।

    कन्या राशि - साताको प्रारम्भमा बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले समय निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । साताको अन्त्यमा हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ ।

    तुला राशि - साताको प्रारम्भमा नजिकका ब्यत्तिहरुबाट धोका हुनाले तपाइका गुह्यकुराहरु अरु सामु प्रस्फुटित हुनेसम्भाबना रहेकोछ । ब्यपार ब्यवसायमा अधिक लगानि नगरैकै बेस रहनेछ । आफ्नो सामान्य लापरवाहिले तपाईका माल सामानहरु गुम्न सक्ने सम्भाबना रहेकोछ । प्रियजनहरु सँगको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहनेछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानीका श्रोतहरु सवल बन्नेछन । पारीवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । साताको अन्त्यतिर प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सम्पादनमा सहजता रहनेछ । बिभिन्न अवसरहरु प्राप्तहुने योग रहेता पनि समयको प्रयोगमा भने पछि परीनेछ । दिर्घकालिन फाईदा मुलक कार्यमा समय ब्यतित गरेमा उत्तम रहनेछ । मेहेनत अनुसारको फल प्राप्ती रहनेछ ।

    बृश्चिक राशि - साताको प्रारम्भमा रचनात्मक कार्यका क्षेत्रमा जुट्ने समय रहेकोछ । कलाकौशलको प्रयोगमा आफन्तजनहरुको मन जित्न सफल रहिनेछ । आम्दानिका श्रोत साधन प्राप्त रहेता पनि कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहेकोछ । बौधिक ब्यत्तित्वहरुको सामु आफु कमजोर भएको महसुस रहनेछ । सामाजिक कार्यमा जुट्न उत्तम समय रहेकोछ । प्रतिश्पर्दाजन्य कार्यका अब्बल स्थान प्राप्त रहने योग रहेकोछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस हुनेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । साताको अन्त्य तिर पारीवारीक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायमा साजेदारी उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    धनु राशि - साताको प्रारम्भमा पारीवारिक झोर झमेलाले सताउन सक्नेछ । भुमि तथा संचित रकममा बादबिवादको समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउदा बिशेष साबधानि अपनाउनु होला मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । आम्दानिका प्रशस्त बाटाहरु फेला परेता पनि कार्यप्रतिको लगन सिलतामा भने कमि आउनेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुनाले मनमा चन्चलताले सताउन सक्नेछ साताको अन्त्यमा देश बिदेशको यात्राको योग रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । तपाईको कार्यको बिश्लेषण गर्नेहरुका कारण कार्य प्रतिको जोस जागर कमि रहनेछ । अरुको बिश्वासमा सुम्पीएका कार्यहरुले अपसको भागीदार बनाउन सक्नेछ ।

    मकर राशि - साताको सुरुवाति दिन उत्तम रहनेछन । पुराना लगानि उठाउन समयले साथ दिनेछ । अहंताको बृद्धिहुनाले आफन्तजनहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको योग रह।ेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा खराबि उत्पन्न हुन सक्नेछ । जटिल कार्यहरुको बिशेष जिम्मेवारी प्राप्त रहनाले कार्य प्रति लगनसिल रहनु पर्नेछ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि रहनु पर्नेछ । साताको अन्त्यमा बौधिक ब्यत्तित्वहरुको साथ तथा सहयोगमा आम्दानीका बिभिन्न बाटाँहरु फेला पर्नेछन । कला कौशलको प्रयोगमा आफन्तजनहरुको मन जित्न सफल रहिनेछ । नयाँ कार्यको थालनिले मन हर्षित तुल्याउनेछ।

    कुम्भ राशि - साताको सुरुमा वाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । संचित रकम अनावश्यक क्षेत्रमा खर्चको सम्भाबना रहेकोछ । यात्राकारक समय रहेता पनि सामान्य चोटपटकको सामना भने गर्नुपर्नेछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नाले अरु प्रति पुर्ण जिम्बेवारी नछोड्नु उत्तम रहनेछ । मगंलबार पश्चात मित्रजनरुको सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन । परीवारको असहज परीस्थीती लाई सहज तुल्याउन तपाईको अग्रसरता उत्तम रहनेछ । यात्राका क्रममा सामान्य समस्या झल्नु पर्ला । अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । साताको अन्त्यमा भने जीम्बेवारी लीईएका कार्यहरु समयमा पुरा गर्न नसक्नाले मानसिक चिन्ताको सामना गर्नु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको पद प्रर्दशन अबलम्बन गर्नु उत्तम रहनेछ ।

    मीन राशि - साताको प्रारम्भमा बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि रहनेछ । भोज भतेर जन्य कार्यमा तथा मनोरञ्जनात्मक कार्यमा सहभागीताको योग बन्नेछ । कार्य क्षेत्रमा आफनो प्रभुत्व जमाउन सफल रहिनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा जिवन साथीको सहयोग उत्तम रहनेछ । मगंलबार पश्चात भने स्थान परीर्वतनको योग रहनेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । संचित रकम खर्चगर्नु पर्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा बलतथा पराक्रममा बृद्धिहुनेछ । तात्कालिक यात्राको सम्भाबना रहनेछ । मित्रजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मनोरञ्जनपुर्ण यात्राको योग रहेकोछ । नयाँ योजनाका साथमा नयाँ लगानिको थालनि मित्रजनहरुको सहयोगमा सम्पादित रहनेछन ।ज्यो.प.सरोज घिमिरे


    मंसिर १२, २०७८ आइतवार ०६:५८:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १३ गते सोमबारको राशिफल

  • 300
    SHARES
  • भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १३ गते सोमबारको राशिफल

    मेष राशि - अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।

    images

    बृष राशि - आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

    मिथुन राशि - पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

    कर्कट राशि - बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

    सिंह राशि - थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

    कन्या राशि - स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

    तुला राशि - गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

    बृश्चिक राशि - मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

    धनु राशि - सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

    मकर राशि - धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्?टिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।

    कुम्भ राशि - बिश्वासिला ब्यत्तित्वह?बाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

    मिन राशि - बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।ज्यो.प.सरोज घिमिरे


    मंसिर १३, २०७८ सोमवार ०७:०५:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् मंसिर १४ गते मंगलबारको राशिफल

  • 200
    SHARES
  • गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् मंसिर १४ गते मंगलबारको राशिफल

    मेष राशि - परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष साबाधानी अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गोप्यता आवश्यक रहनेछ ।

    images

    बृष राशि - सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

    मीथुन राशि - प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

    कर्कट राशि - यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

    सिंह राशि - बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

    कन्या राशि - पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

    तुला राशि - खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

    बृश्चिक राशि - बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

    धनु राशि - कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

    मकर राशि - मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

    कुम्भ राशि - स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

    मिन राशि - मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।ज्यो.प.सरोज घिमिरे


    मंसिर १४, २०७८ मंगलवार ०७:०८:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १५ गते बुधबारको राशिफल

  • 142
    SHARES
  • हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १५ गते बुधबारको राशिफल

    मेष राशि - पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला ।

    images

    बृष राशि - नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ । मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान ।

    मीथुन राशि - बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

    कर्कट राशि - पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

    सिंह राशि - सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

    कन्या राशि - खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

    तुला राशि - साजेदारी काममा हात नहाले कै बेस रहने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

    बृश्चिक राशि - मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

    धनु राशि - हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

    मकर राशि - मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

    कुम्भ राशि - दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

    मिन राशि - शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।ज्यो.प.सरोज घिमिरे


    मंसिर १५, २०७८ बुधवार ०७:१६:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल