• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन  

क्यानाडा नेपाल मंसिर ८ २०७८
  • 364
    SHARES
  • images
    images
    राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन  

    काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।

    images

    नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए ।

    अमृत साइन्स क्याम्पसका पूर्वसभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् ।  


    मंसिर ८, २०७८ बुधवार १०:०४:१२ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    केपी ग्लोबल  छनोटमा स्थान बनाउन नेपाललाई १२८ रनको लक्ष्य

  • 212
    SHARES
  • केपी ग्लोबल  छनोटमा स्थान बनाउन नेपाललाई १२८ रनको लक्ष्य

    काठमाडौं -  चामनी सेनेभिरात्नाको अर्धशतक मद्दतमा आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाललाई आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ रनको लक्ष्य दिएको छ । 

    images

    दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको विशाल योगफल तयार पारेको हो । यूएईको विशाल योगफलमा चामनी सेनेभिरात्नाले अर्धशतकसहित सर्वाधिक ५२ रन बनाइन् । ३६ बल खेलेकी चामनीले ७ चौका प्रहार गरेकी थिइन् । यस्तै थीर्थ सतिशाले ४७ रन बनान् । अर्धशतक बनाउन ३ रनले चुकेकी सतिशाले ४६ बलमा ३ चौका प्रहार गरेकी थिइन् । यस्तै, कभिशा इगोदगेले २२ रनको योगदान गरिन् । 

    यता, टस जितेर फिल्डिङ गरेको नेपालको लागि कविता कुँवरले दुई विकेट लिइन् । सब्नम राई, सीता राना मगर र संगीता राईले एक एक विकेट लिए ।  निर्णायक खेल (यही खेल)को विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि-२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँनेछ ।

    आइतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

    नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।
     


    मंसिर १२, २०७८ आइतवार १३:३१:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नेपालले ग्लोबल छनोटमा स्थान बनाउन सकेन, ४८ रनले पराजित

  • 174
    SHARES
  • नेपालले ग्लोबल छनोटमा स्थान बनाउन सकेन, ४८ रनले पराजित

    काठमाडौं - आयोजक संयुक्त अरब इमिरेट् (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ ।

    images

    आइतबार आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएईविरुद्ध जितको विकल्प थिएन । प्रतियोगितामा दोस्रो हार व्यहोरेसँगै नेपाल एसिया छनोटबाट बाहिर भएको हो । 

    शीर्ष स्थानको यूएई ५ खेलमा शतप्रतिशत जितसहित १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गर्याे । नेपाल भने पाँच खेलमा ६ अंकसहित दोस्रो स्थानमा रह्यो । 
    जितको लागि १२८ रनको लक्ष्य पाएको नेपाल १९ ओभर ४ बलमा अल आउट हुँदै ७९ रनमा समेटियो । 

    नेपालका लागि इन्दु बर्माले २० बलमा एक चौकासहित १५ रन र सीता राना मगरले आठ बलमा तीन चौकासहित १३ रन बनाए । अन्य खेलाडीको दोहोरो रन बनाउन सकेनन् । 

    युएईकी समाइरा धारनीधार्काले सर्वाधिक चार विकेट लिइन् । यस्तै, खुशी शर्माले दुई तथा छाँया मुगाल र चमानी सेनेविरान्ताले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको योगफल तय गरेको थियो । 

    युएईका लागि चमानीले ३६ बलमा सात चौकाको मद्दतमा अर्धशतकसहित ५२ रन जोड्दा त्रिथा सतिसले ४६ बलमा तीन चौकाको मद्दतमा ४७ रन जोडिन् । नेपालकी कविता कुवँरले दुई, सवनम राई, सीता राना मगर र संगीता राईले समान एक विकेट लिए । 

    पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गर्दै जित निकालेको थियो । तेस्रो खेलमा कुवेतलाई नौ विकेटले पराजित गर्दा नेपालले चौथाे खेलमा मलेसियामाथि ६ विकेटको जित हात हासिल गरेको थियो । हारसँगै नेपालले सन् २०२३ मा हुने टी-२० महिला विश्वकप खेल्ने सपना अधुरै रह्यो । 

     


    मंसिर १२, २०७८ आइतवार १८:१४:१३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    स्पेनिस ला लिगामा रियल मड्रिड र एथ्लेटिकोको जित

  • 164
    SHARES
  • स्पेनिस ला लिगामा रियल मड्रिड र एथ्लेटिकोको जित

    काठमाडौ - स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले दशौँ जित निकालेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली रियलले १ गोलले पछि परेको स्थिति उटाउदै सेभिल्लामाथी २-१ अन्तरको जित निकालेको हो । 

    images

    रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसिअस  जुनियरले १-१ गोल गरे । यसअघि सेभिल्लाका राफा मिरले १२औँ मिनेटमा अग्रता बनाएका थिए ।

    जितसँगै रियल मड्रिड १४ खेलमा १० जितसहित ३३ अंक बनाएको छ । आइतबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले काडिजलाई ४-१ गोल अन्तरले पराजित गर्‍याे ।

    एथ्लेटिकोको जितमा थोमस लेमार, एन्टोनियो ग्रीजम्यान, एन्जेल कोरिया र म्याथ्युस कोन्हाले १-१ गोल गरे । 

    काडिजको लागि एन्थोनी लोजानोले सान्त्वना गोल फर्काए । जितसँगै एथ्लेटिको १४ खेलबाट २९ अंक बनाएर दोस्रो स्थानमा छ । 


    मंसिर १३, २०७८ सोमवार ०७:०८:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा

  • क्यानाडा नेपाल

    मेस्सीको तीन असिस्टमा पिएसजीको सानदार जित

  • 190
    SHARES
  • मेस्सीको तीन असिस्टमा पिएसजीको सानदार जित

    काठमाडौ - आइतबार फ्रेन्च लिग वान अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले सेन्ट इटिएनलाई ३-१ गोलले पराजित गरेको हो । 

    images

    स्टार खेलाडी लिओनल मेस्सीले तीन असिस्ट दिएपछि पीएसजीले जित निकाल्न सफल भएको हो । खेलमा सेन्ट इटिएन १० खेलाडीमा सीमित भएको थियो । 

    खेलमा मेस्सीले तीन असिस्ट दिँदा मार्विन्होसले २ तथा एन्जेल डि मारियाले १ गोल गरेका थिए । जितसँगै पीएसजीले १५ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने सेन्ट इटिएन १२ अंक जोडेर २०औँ स्थानमा रहेको छ ।


    मंसिर १३, २०७८ सोमवार ०८:४५:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फ्रेन्च लिग वान

  • क्यानाडा नेपाल

    फुटबलर विमल घर्तीमगर यी युवतीको प्रेममा रहेको खुल्यो

  • 1.4K
    SHARES
  • फुटबलर विमल घर्तीमगर यी युवतीको प्रेममा रहेको खुल्यो

    काठमाडौं - नेपालका चर्चित फुटबलर विमल घर्तीमगरको प्रेमसम्बन्धको पछिल्लो समय निकै चर्चा छ । हालै उनले सामाजिक सञ्जालमा आफ्नो प्रेमसम्बन्ध रहेको संकेत गरेका छन् । 

    images

    उनले फेसबुकमा एक तस्बिर शेयर गर्दै लीना प्रधानलाई मेन्सन गर्दै 'मिस यू' लेखेका छन् । उक्त पोष्टमा धेरैले बधाई पनि दिएका छन् । 

    साथै विक्रम लिम्बुले पनि प्रेम सफल होस्, चाँडै विवाह खान पाउँ लेखेका छन् । यस्तै सन्दिप राईले पार्टी कहाँ हो भनेर लेखेका छन् । चोटका कारण लामो समय फुटबल नखेलेका विमल ए डिभिजन लिगमार्फत खेलमा फर्किएका हुन् । 

    ddd.PNG

    bimal.PNG

    Capture.PNG


    मंसिर १३, २०७८ सोमवार १८:४३:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विमल घर्तीमगर

  • क्यानाडा नेपाल

    मेस्सीले जिते बालोन डि ओर, कसले के जिते ?  

  • 246
    SHARES
  • मेस्सीले जिते बालोन डि ओर, कसले के जिते ?  

    काठमाडौं - अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । सोमबार राति स्टार खेलाडी लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् ।

    images

    मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी'ओर अवार्ड जितेका हुन् ।  मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए ।

    मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने ।मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

    म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौँ स्थानमा रहे ।  रोनल्डोले यो अवार्ड पाच पटक जितेका छन् । महिलातर्फको बालोन डी ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

    जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले 'स्ट्राइकर अफ दि इयर हात पारे । बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे । इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

     


    मंसिर १४, २०७८ मंगलवार ०७:२४:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लियोनल मेस्सी

  • क्यानाडा नेपाल