• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

स्वीडेनकी यी पहिलो महिला प्रधानमन्त्री जसले नियुक्त भएको १२ घन्टापछि दिइन् राजीनामा 

क्यानाडा नेपाल मंसिर ९ २०७८
  • 216
    SHARES
  • images
    images
    स्वीडेनकी यी पहिलो महिला प्रधानमन्त्री जसले नियुक्त भएको १२ घन्टापछि दिइन् राजीनामा 

    स्टकहोम - स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन् । सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् । तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन् । 

    images

    ‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन् । ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन् । 

    स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एान्डरसन नियुक्त भएकी थिइन्   । उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए । संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए । 

    बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए ।  गठबन्धन साझेदार ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट अस्वीकार गरेको जनाएको छ । ‘सरकारको बजेटलाई हामीले समर्थन गर्न सक्दैनौं,’ सेन्टर पार्टीका नेता एन्नी लुफले भने ।स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ ।एजेन्सी
     


    मंसिर ९, २०७८ बिहिवार ०८:२२:३८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # स्वीडेन

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    अमेरिकी सांसदको टोली ताइवानको टापुमा पुगेपछि चिनियाँ सेनाको हवाई गस्ती

  • 308
    SHARES
  • अमेरिकी सांसदको टोली ताइवानको टापुमा पुगेपछि चिनियाँ सेनाको हवाई गस्ती

    बेइजिङ - चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको हो । ताइवानलाई लिएर बेइजिङ र वासिंगटनबीचको तनाव बढिरहेको बेला अमेरिकाले गस्ती बढाएको हो । 

    images

    सो टापुमा हालै अमेरिकी सांसदहरुको एउटा समूह पुगेको थियो । ताइवानका अधिकारीहरुलाई सहयोगको बाचा गर्दै अमेरिकी सांसदहरुको एउटा टोली बिहीबार सो टापुमा पुगेको थियो । अमेरिकी  टोलीले  ताइवानको स्वतन्त्रताका लागि अभियान चलाएको बेइजिङले आरोप लगाएको थियो । 

    त्यसको जबाफमा शुक्रबार चीनको सेनाले हवाई र सामुद्रिक गस्ती गरेको चीनको पूर्वी कमान्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अमेरिकी सेनाले देशको सार्वभौमसत्ता र क्षेत्रीय एकताको रक्षा गर्ने विज्ञप्तिमा जनाइएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकी सांसदहरुको भ्रमणको कडा शब्दमा विरोध गरेको थियो ।एजेन्सी
      


    मंसिर १२, २०७८ आइतवार १३:५२:०७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विभिन्न देशले प्रतिबन्ध लगाएपछि दक्षिण अफ्रिकी राष्ट्रपति दुःखी हुँदै यसो भने

  • 286
    SHARES
  • विभिन्न देशले प्रतिबन्ध लगाएपछि दक्षिण अफ्रिकी राष्ट्रपति दुःखी हुँदै यसो भने

    केप टाउन - दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले कोभिडको नयाँ भेरियन्टलाई कारण देखाउँदै आफ्नो देश र अन्य छिमेकीविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको विरोध गरेका छन् । यात्रा प्रतिबन्ध अनावश्यक भन्दै तत्कालै हटाउनसमेत सम्बन्धित देशहरुलाई उनले आग्रह गरेका छन् ।

    images

    ‘प्रतिबन्धका कारण दक्षिण अफ्रिका दुःखी छ,’ उनले भने । दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको उनले बताए ।

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि बेलायत, अमेरिका, हङकङ, इजरायल, युरोपेली युनियनमा आबद्ध देशसहित दर्जनौ देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

    हाल प्रचलनमा आइरहेका कोभिड खोपले नयाँ भेरियन्टलाइ काम नगर्ने विज्ञहरुले बताउँदै आएका छन् । यसबारेमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले थप अनुसन्धान गरिरहेको छ ।

    दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट अन्य देशहरुमा पनि फैलिन थालेपछि विभिन्न देशले आफ्नो सीमा बन्द गरेका छन् । 

    ओमिक्रोन अहिले भारत, बेलायत, जर्मनी, अस्ट्रेलिया र इजरायललगायत  विश्वका विभिन्न देशमा भेटिएको छ ।एजेन्सी


    मंसिर १३, २०७८ सोमवार ०८:१९:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

  • 252
    SHARES
  • पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

    पेरिस  – पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट सङ्क्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिनुभयो । 

    images

    पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको उहाँको भनाई छ । सङ्क्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उहाँले बताउनुभयो ।

    त्यसैगरी पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा रहेको आप्रवासी शिविरमा पनि कम्तीमा दुई जनामा कोरोनाभाइरसको नयाँ संस्करण देखिएको छ ।बेलारुसको ग्रोड्नो क्षेत्रका गभर्नर भ्लादिमिर कारानिकले आफ्नो देशमा पनि ओमिक्रोन भेटिएको पुष्टि गर्नु भएको हो । 

    “हाम्रो स्वास्थ्य प्रयोगशालाले पनि उनीहरुमा ओमिक्रोन भेटिएको पुष्टि गरेको छ, उनीहरुको थप उपचार भइरहेको छ, थप फैलिन नदिनका लागि हामीले उच्च सतर्कता अपनाउनु पर्नेछ” उहाँले भन्नुभयो ।युरोपेली मुलुक प्रवेश गर्नका लागि हजारौ शरणार्थीहरु पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा शरणार्थीको रुपमा बसेका छन् । उनीहरुका कारण अरुलाई पनि कोरोनाभाइरसको महामारी फैलिन सक्ने खतरा रहेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।सिन्ह्वा 


    मंसिर १३, २०७८ सोमवार २१:२३:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    विश्वभर एकैदिन ४ लाख ३९ हजार कोरोना संक्रमित थपिए, कहाँ कति संक्रमित र मृत्यु ?

  • 414
    SHARES
  • विश्वभर एकैदिन ४ लाख ३९ हजार कोरोना संक्रमित थपिए, कहाँ कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारैबढ्दै गइरहेको देखिएको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३९ हजार ४ सय ८० कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २६ करोड २३ लाख ४० हजार ८ पुगेको छ ।  

    images

    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ३ सय २१ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ लाख २४ हजार ५३ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ५ हजार १९ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २३ करोड ६८ लाख ७२ हजार ५ सय ५४ कोरोना संक्रमित निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख १ हजार १ सय १८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ९२ लाख ७७ हजार १ सय ३५ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ९० लाख ८ हजार ३ सय ३० कोरोना संक्रमित निको भइसकेका छन्

    d.PNG


    मंसिर १४, २०७८ मंगलवार ०९:०२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    होन्डुरसले पहिलो महिला राष्ट्रपति पाउँदै

  • 178
    SHARES
  • होन्डुरसले पहिलो महिला राष्ट्रपति पाउँदै

    होन्डुरस - होन्डुरसकी प्रथम महिला तथा  विपक्षी दलकी नेतृ सिमोरा क्यास्ट्रो देशको पहिलो राष्टपति बन्ने भएकी छिन् । उनको विजय निश्चित भएसँगै प्रमुख विपक्षी दल १२ वर्षपछि सत्तामा पुग्ने भएको छ ।  उनका श्रीमान १२ वर्षअघि सेनाको कुमा परेका थिए ।

    images

    अ‍ाधाभन्दा बढी मतगणना हुँदा क्यास्ट्रोले ५३ प्रतिशत मत प्राप्त गरेकी छन् । मतगणना भइरहँदा उनी सत्तारुढ नेसनल पार्टीका उम्मेदवार नसरया ‍अ‍‍ासफुराभन्दा २० प्रतिशत मतमा लिडिङ गरेकाे रहेको त्यहाँको निर्वाचन अ‍ायोगले जनाएको छ । १८ लाख मत गणना हुँदा ३ लाख ५० हजारभन्दा बढी मतले अग्रस्थानमा  छिन् ।

    क्यास्ट्रोका श्रीमान म्यानुएल  जिलायलाइ सन् २००९ मा सेनाको सहयोगमा कु गरिएको थियो । क्यास्ट्रोले अ‍ाफू  विजयी भएको दाबी गरेकी  छिन् । उनका समर्थकले ६२ बर्षीया क्यास्टो  विजयी भएको भन्दै खुसियाली मनाएका छन् । 

     


    मंसिर १४, २०७८ मंगलवार ०९:१६:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # होन्डुरस

  • क्यानाडा नेपाल

    अफ्रिकाबाट आएका युवकमा ओमिक्रोन भाइरस देखिएपछि उच्च सतर्कता अपनाइदै

  • 484
    SHARES
  • अफ्रिकाबाट आएका युवकमा ओमिक्रोन भाइरस देखिएपछि उच्च सतर्कता अपनाइदै

    नयाँ दिल्ली - हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२ वर्षीय युवकलाई पिसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ ।

    images

    तर पनि उनलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो कि होइन भन्ने बारेमा स्पष्ट भने भइसकेको छैन । नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन् ।दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरियन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । विश्वका अरु पनि कैयौँ देशले यो भाइरसबाट बच्नका लागि अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ ।

    भारतको नयाँ दिल्लीमा र अरु पनि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइएको छ । यहाँ अफ्रिकाबाट आउने उडान रोकिएको छ । त्यस्तै यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्डहरु लागू गरिएको छ ।सिन्ह्वा


    मंसिर १४, २०७८ मंगलवार १३:५३:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल