• Jan 21 2022 | २०७८, माघ ७गते

२०७८, माघ ७गते

मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन

क्यानाडा नेपाल मंसिर ९ २०७८
  • 452
    SHARES
  • images
    images
    मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन

    मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बिहीबार संस्थाको २० प्रगिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । 

    images

    बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय रुपैयाँ निर्धारण गरेको छ । संस्थाको २४ मंसिरमा आयोजना हुने साधारणसभा प्रयोजनार्थ कम्पनीले बिहीबार बुक क्लोज गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट यसले २० प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । 


    मंसिर ९, २०७८ बिहिवार ११:२२:५० बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    विलासी सामानको आयातमा कडाइ, राष्ट्र बैंकले यी सामानको आयात निरुत्साहन गर्दै

    विलासी सामानको आयातमा कडाइ, राष्ट्र बैंकले यी सामानको आयात निरुत्साहन गर्दै

    काठमाडौं - नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको हो । 

    images

    निर्देशनमा चिनी/चकलेट, ल्वाङ,  मिनरल वाटर, मदिरा/भिनागर, चुरोट/सुर्तिजन्य वस्तु, कस्मेटिक सामान, काठका सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठि, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका वहूमुल्य सामान आयात निरुत्साहित गर्न खोजिएको छ । 

    निर्देशन अनुसार यी सामानहरु आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गनुपर्ने व्यवस्था गरिएको छ । 

    यसैगरी विद्युतिय बाहेकका गाडी र मोटरसाईकल आयातको लागि समेत ५० प्रतिशत नगद मार्जिन राख्न निर्देशन गरेको छ ।  उक्त मार्जिन रकमका लागि बैंकहरुले ऋण दिन नपाउने र मार्जिन वापत जम्मा भएको रकममा व्याज समेत दिन नपाइने राष्ट्र बैंकको निर्देशनमा व्यवस्था छ । 

    आयातलाई निरुत्साहित गर्नका लागि केन्द्रीय बैंकले कडाइ गरेको हो । उच्च व्यापारघाटा र रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा संचितिमा समेत दवाव बढ्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो । यसअघि पनि राष्ट्र बैंकले चादी आयात कडाइ गर्न सिमा तोकेको थियो ।


    पौष ६, २०७८ मंगलवार १०:३६:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक

  • क्यानाडा नेपाल

    मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा

    मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २९  पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा होटल सारथी, धुलिखेल काभ्रेमा बिहान ११ः३० बजे सुरु हुनेछ । 

    images

    सभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसनमा जानुपरेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने लगायतका एजेण्डा छन् ।

    सभा प्रयोजनार्थ संथाले १९ पुसदेखि बुक क्लोज गर्ने भएको छ । यसअनुसार, १८ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।


    पौष ८, २०७८ बिहिवार १०:४७:२२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पुनर्कर्जामार्फत ५२ अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

    पुनर्कर्जामार्फत ५२ अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ ।

    images

    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये ५२ अर्ब यसै साता बजारमा पठाउन लागिएको जानकारी दिए । 

    ‘पुनकर्जा स्वीकृत गरेको रकममध्ये ५२ अर्ब यही साता र बाँकी ४० अर्ब पुस महिनाभित्र बैंक तथा वित्तीय संस्थामा पठाइसक्छौं’, उनले भने, ‘यसबाट अहिले बजारमा देखिएको तरलता अभावको समस्या समाधान गर्न केही हल गर्छ ।’

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकमुष्ट रूपमा पुनर्कर्जा उपलब्ध गराएपछि बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान गरी यो ऋण उपलब्ध गराउनेछन् ।


    पौष ८, २०७८ बिहिवार ११:३१:५५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ 

  • 448
    SHARES
  • सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ 

    विराटनगर - सप्तकोशी डेभलपमेन्ट बैंकको घोटला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) नविन सुवेदी पक्राउ परेका छन् । सिइओ सुवेदीलाई बुधबार साझ मोरङ प्रहरीले पक्राउ गरेको छ ।

    images

    उनीसँगै अधिकृत अमित थापा मगर र बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । बैंकको रेमिटेन्सको १६ करोड रकम हिनामिना गरेको आरोप उनीहहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले बताए ।

    बैंकबाट गायव रकममध्ये अधिकांश रकम सिइओकै आफन्तको खातामा रहेको पाइएपछि उनलाई प्रहरीले नियनत्रणमा लिएको हो । बैंकको नाफा बापतको १६ करोड रुपैयाँ आफन्तको नाममा बैंककै कर्मचारीले निकालेको खुलेको स्रोतले जनाएको छ । 

    विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख रहेका हिमाल भट्टराई रकम हिनामिना गरेको आरोपमा यस अघिनै पक्राउ परिसकेका छन् ।

    नविन सुवेदीकी ठूलो बुवाकी छोरी झापाको गौरादहकी वविता सुवेदीको नाममा १४ करोड रुपैयाँ निकालेको देखिएको थियो भने एक सञ्चालकले जानकारी दिए । सिइओ सुवेदी र पक्राउ परेका भट्टराई मामा–फुपुका छोरा दाजुभाइ हुन् ।

    वविताको नाममा रहेका ९९९००००१५००१५ नम्बरको बचत खातामा ५ वर्षदेखि अर्थात् सन् २०१६ देखि २०२१ अगस्त २ सम्ममा १४ करोड रुपैयाँ बढी रकम जम्मा भएको देखिएपछि सुवेदी समेत सकाको घेरामा परेका थिए । सिइओ सुवेदीले भाउजु भगवती सुवेदीको ९९९००००८९२०१ नम्बरको बचत खातामा पनि विभिन्न मितिमा रकम जम्मा गरेको देखिएको थियो ।  

    सिइओ सुवेदीका साला साजन पोखरेलकी जेठी सासु बानी पोखरेल र बैंकका एचआर प्रमुख परमा काफ्लेको खातामा पनि पैसा जम्मा भएको देखिएको जनाइएको छ ।  

    बैंकमा अनियमितता बढ्दै गएपछि बैंककै एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्र बैंकले पत्राचार गरेपछि मात्रै बैंकको नाफा रकम हिनामिना भएको सञ्चालक समितिले थाहा भएको थियो । रकम हिनामिना भएको पत्र राष्ट्र बैंकले पठाएपछि सञ्चालक समिति अध्यक्ष निरौलालाई हटाएर डा. अर्जुन बराललाई पुस १ गतेदेखि अध्यक्ष तोकिएको छ ।

    प्रहरीले मंसिर १९ गते भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सीईओ सुवेदीले आफैंले जीएसडी प्रमुख भट्टराईविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् । नेपाल राष्ट्र बैंक र प्रहरीको सेन्ट्रल इन्भेस्टिगेसन ब्यूरोले पनि अनुसन्धान गरिरहेको बैंकले जनाएको छ । 

    विभिन्न निकायले अनुसन्धान गरिरहेको हुँदा अनियमिततामा क–कसको संलग्नता छ भन्ने अनुसन्धान सकिएपछि मात्रै भन्न सकिने बरालले बताए । बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष बरालले बताए । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । बैंकका १ नम्बर प्रदेशभर ३६ शाखा कार्यालय छन् ।


    पौष १४, २०७८ बुधवार २२:०७:३० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा : अध्यक्षमा फेरि दरखास्त माग 

  • 360
    SHARES
  • धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा : अध्यक्षमा फेरि दरखास्त माग 

    काठमाडाैं - सरकारलाई नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न हम्मेहम्मे परेको छ । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर दुई महिना अघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढे पनि फेरि शून्यमा पुगेको छ ।

    images

    अर्थात् ११ कात्तिकको विज्ञापन अनुसार अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिए पनि छनोट तथा सिफारिस समितिले नियुक्तिका लागि तीन जनाको नाम छनोट गरेर सरकारलाई सिफारिस गर्न नसकेपछि फेरि नयाँ विज्ञापन खोलिएको छ ।

    छनोट समितिले बिहीबार सार्वजनिक सूचना जारी गरेर २९ पुसभित्र आवेदन दिन आह्वान गरेको छ । साथै यसअघि आवेदन दिएकाहरूलाई पनि फेरि आवेदन दिन वा आवेदन फिर्ता लिन चाहेमा म्यादभित्र फिर्ता लिन भनिएको छ । 

    यसअघि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नबराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

    धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नेपर्ने  थियो । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेर तीनमध्ये एक जनालाई नियुक्ति दिने व्यवस्था छ ।

    तर, अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच सहमति जुट्न नसक्दा छनोट अगाडि बढ्न सकेको थिएन । अर्थमन्त्री शर्माले चापागाईँलाई अगाडि सार्दा आरजुले हमाललाई अगाडि बढाउनुपर्ने जोड दिएकी थिइन् । विवादकै बीच फेरि नयाँ आवेदन खुलेपछि धितोपत्र क्षेत्रमा तरंग पैदा भएको छ ।


    पौष १५, २०७८ बिहिवार ०९:०८:२९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आर्थिक सहायताका नाममा सरकारले बाँड्यो तीन करोड, कसले कति पाए ? 

  • 492
    SHARES
  • आर्थिक सहायताका नाममा सरकारले बाँड्यो तीन करोड, कसले कति पाए ? 

    काठमाडौं - सरकारले चालु आर्थिक वर्षको मंसिरसम्ममा आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ ।  उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका साथै सर्वसाधारणहरुलाई पनि उपचार खर्च र आर्थिक सहायतका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरेको हो । 

    images

    राज्यबाट आर्थिक सहयोग लिनेमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रदीप नेपाल, पूर्वराष्ट्रपति डा. रामवरण यादवसम्म छन् । अर्थमन्त्रालयले रकमान्तर गरी गृह लगायतका मन्त्रालयबाट आर्थिक सहायता बाँडेको हो । 

    मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा राज्यबाट आर्थिक सहयोग लिने उच्चपदस्थमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सबैभन्दा बढी ४८ लाख ५० हजार लिएका छन् । उनले दिल्लीमा उपचार खर्चका लागि राज्यकोषबाट सहयोग लिएका हुन् । 

    सरकारले रघुजी पन्तसमेत तीन जनालाई २७ लाख, प्रदीप नेपालसहित तीन जनालाई ३२ लाख र पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिएको अर्थ मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । 

    रुकुम छायानाथ रारा नगरपालिका १० का राजबहादुर शाही र गुठीचौर ३ का पदमबहादुर बुढाको परिवारलाई ७ लाख, विराटनगरका जीवन कुमार राईलाई तीन लाख, काठमाडौं १५ निवासी प्रदिप नेपाल र मैया भुजेललाई १४ लाख रकमान्तर गरी आर्थिक सहयोग गरिएको छ । 

    कलाकार जेवी टुहुरेको औषधीउपचार वापत छोरी निर्भिका टुहुरेलाई ८ लाख ३० हजार राज्यकोषबाट भुक्तानी भएको छ । बागमती प्रदेशका सांसद यादवचन्द्र शर्माको उपचार र कुरुवा खर्च वापत एक लाख २९ हजार ६२५ रुपैयाँ सहयोग गरिएको छ । 

    गुरुमा धम्मासतिको उपचार गर्न ४६ हजार ८२३, खरिदार रिना लामालाई आर्थिक सहायता ४५ हजार, रामबहादुर साउँदसमेत १२ जनालाई ५९ लाख ९ हजार १०५, मोतिपुर घटनाका २४ जना घाइतेको उपचारका लागि ११ लाख ३० हजार ४४४, कुमार खड्कासमेत तीनजनालाई १४ लाख, घन कटवालसमेत दुई जनालाई १० लाख, ज्ञानबहादुर रोकायासमेत २ जनालाई ८ लाख र नानिवावु खड्कालाई ५ लाख आर्थिक सहयोगका लागि रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

    मोतिपुर घटनाका मृतक वीरेन्द्रप्रसाद कुर्मी, रमेश परियार, युजल कुमाल र केश नारायण केवटका परिवारलाई किरिया खर्च र क्षतिपूर्ति स्वरुप २२ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । 

    मन्त्रीपरिषद्को निर्णय अनुसार उक्त आर्थिक सहयोग भुक्तानीका लागि अर्थ मन्त्रालयले गृहलगायतका विभिन्न मन्त्रालय र स्थानिय तहलाई समेत रकमान्तर गरेर भुक्तानी दिएको हो ।

     


    पौष २३, २०७८ शुक्रवार १०:१७:११ बजे : प्रकाशित


    क्यानाडा नेपाल