• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

आफू पुरानै पार्टीमा रहेको रेखा थापाले खुलाईन्

क्यानाडा नेपाल मंसिर ९ २०७८
  • 484
    SHARES
  • images
    images
    आफू पुरानै पार्टीमा रहेको रेखा थापाले खुलाईन्

    काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको राजनीति प्रतिको मोह पनि बढीरहेको छ । कलाकारितामा व्यस्त रहने कालाकारहरु अहिले राजनीतिमा बढी चासो दिन थालेका पनि देखिन्छ ।

    images

    धेरै कलाकारहरु राजनीतिक दलमा प्रवेश गरेका पनि छन् । राजनीतिमा लाग्ने कलाकारमध्ये एक हुन् नायिका रेखा थापा । बिहिबार रेखा थापाम राप्रपाको एक कार्यक्रममा सहभागी भएकी छन् ।

    raprapa.jpg

    उनी २०७३ सालमा माओवादी छाडेर तत्कालिन राप्रपाका अध्यक्ष कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेकी थिइन् । अघिल्लो महाधिवेशनमा रेखाले  केन्द्रीय सदस्य पनि जितेकी थिइन् ।

    rpp-1-.jpg

    उनीसँगै केन्द्रीय सदस्यमा जितेकी चर्चित गायिका कोमल ओली पनि थिइन् । ओली अहिले नेकपा एमालेमा छिन् । रेखा भने बीचको केही समय विप्लव समूहमा लागेका हल्ला पनि चलेको थियो । तर लामो समयपछि रेखा राप्रपामा नै रहेको खुलेको छ । बिहिबार राप्रपाको उम्मेदवारी घोषणा कार्यक्रममा रेखा पुगिन् ।

    उनले अहिले पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्ने बहस चलिरहेकोले आफु राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनको पक्षमा लागेको बताइन् । राप्रपाको महाधिवेशन मंसिर १५ गतेदेखि १७ गतेसम्म हुँदैछ ।


    मंसिर ९, २०७८ बिहिवार ११:५६:०८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’लाई प्रदर्शनको अनुमति, यस्तो छ कथा

  • 360
    SHARES
  • बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’लाई प्रदर्शनको अनुमति, यस्तो छ कथा

    डोल्पा - हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।

    images

    समितिका पदाधिकारीले हेरेपछि प्रमाणपत्र प्रदान गरेको चलचित्र निर्माता शेखर लामाले जानकारी दिनुभयो । ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । एक ब्राम्हण बस्तीमा जन्मेकी ‘टुल्की’ले प्रेमविवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारका नाममा भोग्नुपरेको कहालीलाग्दो पीडालाई सो चलचित्रमा उतारिएको छ ।

    चलचित्रको निर्देशन तथा छायाँङ्कन देवजङ्ग थापाले गर्नुभएको छ । चलचित्रमा लगानी शेखर लामा र आरपी कर्माचार्यको रहेको छ । सो चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो । 

    चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ । करिब चार वर्षको अध्ययनपछि निर्माण गरिएको उक्त चलचित्र विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा देखाइने लामाको भनाइ छ । अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत सो चलचित्र प्रदर्शन गरिने बताइएको छ ।रासस 


    मंसिर ९, २०७८ बिहिवार २१:३२:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # टुल्की

  • क्यानाडा नेपाल

    मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु

  • 860
    SHARES
  • मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु

    काठमाडौं । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् ।

    images

    झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा  इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले  ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका रचनाको गायिकी क्षमता र वाक् शैलीप्रति आफू वान साइड लभमा परेको बताएका हुन् ।

    ’झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा छु’, उनले भने,  ’उनको गायिकी क्षमताको प्रेममा परेको हुँ ।’

    रचनाको जबाफ दिने शैलीको तारिफ गर्दै मुख्यमन्त्री राईले भने, ’अन्तर्वार्ता लिँदा तपाईं कसलाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् ।’

    नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारकाे क्षमताबारे बताए ।

    गायक प्रेमराजा महतले ’पानको पात’ बोलको गीत गाउँदा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकारसँग मुख्यमन्त्री राई नाचेका थिए ।


    मंसिर ११, २०७८ शनिवार १७:१४:०९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    केकी र वर्षासँग छमछमी नाचे मुख्यमन्त्री राई, साथ दिए प्रमोदले

  • 116
    SHARES
  • केकी र वर्षासँग छमछमी नाचे मुख्यमन्त्री राई, साथ दिए प्रमोदले

    झापा | प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई शनिबार चर्चित कलाकारसँग छमछमी नाचेका छन् ।

    images

     नेपालमा रहेका भुटानी शरणार्थीलाई सहयोग गर्दै आएको इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राई नायिकाद्वय केकी अधिकारी र वर्षा राउतसँग छमछमी नाचेका हुन् । 

    मुख्यमन्त्री राईलाई साथ दिन गायक प्रमोद खरेल, शंकर विसीसहितका कलाकार पनि नाचेका थिए ।

    गायक प्रेमराजा महतले ’पानको पात’ बोलको गीत गाउँदा  कलाकारसँग मुख्यमन्त्री राई नाचेका हुन् । गायक महतको आग्रहमा मुख्यमन्त्री नाचेका हुन् । गीत गाउनुअघि महतले मुख्यमन्त्रीलाई नाच्न र उनलाई साथ दिन केकी र वर्षालाई आग्रह गरेका थिए ।

    सो कार्यक्रममा मुख्यमन्त्री राईले आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको बताए ।

    नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारकाे क्षमताबारे बताए ।


    मंसिर १२, २०७८ आइतवार १३:१८:२९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आर्यन र स्वस्तिमाको 'हजार जुनिसम्म' युट्युबमा सार्वजनिक, हेर्नुहोस् पूरा फिल्म

  • 426
    SHARES
  • आर्यन र स्वस्तिमाको 'हजार जुनिसम्म' युट्युबमा सार्वजनिक, हेर्नुहोस् पूरा फिल्म

    काठमाडौं - विकासराज आचार्यको निर्देशनमा बनेको फिल्म 'हजार जुनिसम्म' युट्युबमा सार्वजनिक भएको छ । 

    images

    अभिनेता आर्यन सिग्देल र स्वस्तिमा खड्काको मूख्य अभिनय रहेको यस फिल्म आइतबार साझँ युट्युबमा सार्वजनिक भएको हो । कविता रेग्मी कार्यकारी निर्माता रहेको यस फिल्ममा विशाल चाम्लिङको लगानी रहेको छ ।

    फिल्म पूर्ण रुपमा पारिवारिक र प्रेम कथामा निर्माण भएको छ । फिल्ममा आर्यन र स्वस्तिमासहित संचिता लुईंटेल, शिवहरी पौड्याल, प्रियंका कार्की, सलोन बस्नेत, अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

     


    मंसिर १२, २०७८ आइतवार १९:२८:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    रेखा थापा भन्छिन् - 'मलाई केपी ओली मन पर्नुहुन्छ, तर मेरो सिद्धान्त मिल्दैन'

  • 384
    SHARES
  • रेखा थापा भन्छिन् - 'मलाई केपी ओली मन पर्नुहुन्छ, तर मेरो सिद्धान्त मिल्दैन'

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भिजन प्रति सहमति जनाएकी छिन् ।

    images

    अभिनेतृ थापाले ओलीको भिजन दूरगामी भएको बताएकी छन् । उमेर बढी भए पनि ओलीको सोच र दिमाग युवा पुस्ताको झै भएको बताएकी हुन् । उनले एमालेको १०औं महाधिवेशनमा ओलीले अवलम्बन गरेको नीति पनि आफूलाई मन परेको बताएकी छन् ।

    'म केपी ओलीको पार्टीको मान्छे होइन । उहाँसँग मेरो सिद्धान्त मिल्दैन । तर, उहाँको भिजन मनपर्छ । त्यसैले मलाई ओली मन पर्ने नेताभित्र पर्नुहुन्छ,' उनले भनिन् ।
     


    मंसिर १४, २०७८ मंगलवार ०७:४४:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेखा थापा

  • क्यानाडा नेपाल

    सौगात र बुद्धिको नयाँ फिल्म 'मन्त्र' को प्रदर्शन मिति सार्वजनिक

  • 262
    SHARES
  • सौगात र बुद्धिको नयाँ फिल्म 'मन्त्र' को प्रदर्शन मिति सार्वजनिक

    काठमाडौँ । अभिनेता सौगात मल्लको नयाँ फिल्म 'मन्त्र'को फस्ट लुक सार्वजनिक भएको छ । खिलबहादुर गुरुङले निर्देशनमा बन्ने यस फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । 

    images

    हिमाली प्रेमकथा बोल्ने यस फिल्म माघ २८ गते प्रदर्शनमा आउने भएको छ । फिल्मको फस्ट लुक पोस्टरमा सौगातसँगै बुद्धि तामाङ र दिया पुन पनि देखिएका छन् । 

    यो फिल्मको छायांकन ५ हजार १०० मिटरभन्दा माथिको मनासलु हिमालको बेस क्याम्पमा गरिएको हो । फिल्ममा रविराज खत्री, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी रहेको छ भने साम्तेन भुटियाको कथा रहेको  छ ।

    mantra.jpg


    मंसिर १४, २०७८ मंगलवार १४:०९:०० बजे : प्रकाशित


    क्यानाडा नेपाल