• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

क्यानाडा नेपाल मंसिर ९ २०७८
  • 310
    SHARES
  • images
    images
    एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

    काठमाडौं नेकपा एमालेको १०औँ महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । भोलि मंसिर १० गतेबाट शुरु हुने एमालेको  महाधिवेशनमा अतिथि र वक्ताको रुपमा प्रचण्डलाई बोलाइएको थियो ।

    images

    तर महाधिवेशनमा प्रचण्डको नजाने भएपछि पार्टीको प्रतिनिधि बनाएर माओवादी केन्द्रले विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठलाई पठाउने भएको हो । प्रचण्डको सो दिन अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले नजाने भएका हुन् । महाविधेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम रहेको बताइएको छ ।

    दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् । उनी महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर जाने बताइएको छ । 

    महाधिवेशनको लागि नेकपा अध्यक्ष केपी शर्मा ओली पत्नि राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहित चितवन पुगिसकेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् ।

    शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा हुनेछ ।


    मंसिर ९, २०७८ बिहिवार १५:०८:२१ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’

  • 756
    SHARES
  • ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’

    काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनले केपी ओलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ ।  चितवनमा भएको  महाधिवेशनमा भएको मतदानबाट नेतृत्व चयन गरिएको हो । 

    images

    अध्यक्षमा विजयी भएका ओलीले १८४० ल्याए । तर, ओलीभन्दा बढी मत ल्याएर उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा गोकर्ण विष्टले मत पाएका छन् । 

    ओलीको भन्दा उनीहरूले बढी मत ल्याएर महाधिवेशनमा पपुलर मत पाएका हुन् । उपाध्यक्षमा निर्वाचित शाक्यले १९७६ र सचिवमा निर्वाचित विष्टले १९७६ मत ल्याएका छन् । 

    साथै ओलीभन्दा बढी मत ल्याउने पदाधिकारीमा उपाध्यक्षत्रय सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १८४२ मत ल्याएका छन् । 

    साथै सचिवमा निर्वाचित योगेश भट्टराईले पनि ओलीको भन्दा बढी मत ल्याएका छन् । उनले १९६४ मत पाएका छन् ।


    मंसिर १४, २०७८ मंगलवार १६:३९:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    'केन्द्रीय सदस्य नभएपनि केपी ओलीको साथ छोड्दिन'

  • 988
    SHARES
  • 'केन्द्रीय सदस्य नभएपनि केपी ओलीको साथ छोड्दिन'

    काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएसंगे १० औं महाधिवेशन आज सकिएको छ । चितवनमा आयोजित महाधिवेशनमा चर्चाको पात्र बनेका थिए व्यवसायी तथा नेता दुर्गा प्रसाईं ।

    images

    टिकटकदेखि सामाजिक संजालमा सबै भन्दा बढी पोष्ट दुर्गा प्रसाईंसंगै कै देखियो । महाधिवेशनमा नेताहरुसंग भन्दा बढी युवाहरु दुर्गा प्रसाईंसंग सेल्फी र टिकटक खिच्न झुमिएका थिए । युवापुस्ता माझ दुर्गा प्रसाईंको काम र बोलीले ठूलो प्रभाव पारेको थियो तर एमाले पार्टीभित्र अझै उनको प्रभाव बलियो हुन सकेन जसको कारण उनले यो पल्ट केन्द्रीय सदस्य पाएनन् ।

    महाधिवेशन स्थल तर्फ पुगेपछि दुर्गा प्रसाईंले केन्द्रीय सदस्यमा उमेद्वारी दिएर नै लड्छु र जित्छु भन्ने सोचेर मिडियासंग उमेद्वारी दिने घोषणासम्म गरेका थिए । उमेद्वारी बारे उनले एमालेका शिर्ष नेताहरुसंग छलफल समेत गरेका थिए । तर बन्द सत्रमा जब पदाधिकारी चयन गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिइयो, दुर्गा प्रसाईंको निर्वाचनमा लड्ने योजनामा ब्रेक लाग्यो । अनि आफ्नो हजुरबुवा तथा अध्यक्ष केपी शर्मा ओलीको भरमा बसे ।

    आफ्नो हजुरबुवा नै पर्ने भएपनि दुर्गा प्रसाईंले केपी ओलीलाई न भेट गरे न नै फोन गरेर मलाई केन्द्रीय सदस्य बनाउनु भने । दुर्गा प्रसाईं भन्छन, "म चितवनमा हुँदा मलाई भेट्ने सबैले तपाई त केन्द्रीय सदस्य पक्का भन्नुहुन्थ्यो । म व्यापारी भएको कारण र केपी ओलीको नाती भएको कारण फोन गरेर वा भेटेर आफूलाई बनाउन आग्रह गरिसक्नु भयो होला अनि हजुरबुवाले त्यत्ति त गरिहाल्नु हुन्छ नि । तर मैले बन्द सत्र पश्चात हजुरबुवासंग एकचोटी बाटोमा स्वागत गर्न मात्र देखादेख भएको थियो । त्यो बेला त न मैले केही बोल्न पाएँ न आग्रह गर्न । अनि मैले एकचोटी फोन पनि गरिन किनकी म निर्वाचनबाट लडेर जित्न त तयार भएको मान्छे किन आग्रह गर्नु भनेर चूप बसें ।"

    आफ्नो हजुरबुवा अध्यक्ष हुँदा र वहाँ कै हातमा आफ्नो केन्द्रीय सदस्य हुँदाहुँदै अहिले भन्नुपर्ने रहेछ भनेर पछुतो लागेको छैन भनेर प्रश्न गर्दा दुर्गा प्रसाईंले भने, "हेर्नुस म व्यवसायी मान्छे हुँ तर राजनीतिमा आकर्षण हुनु भनेको देश विकास गर्ने ठाउँ यहि हो त्यसैले विकास प्रेमी मान्छेलाई राजनीतिले तानेको हो । केन्द्रीय सदस्य नहुँदा दुख लाग्यो तर पछुतो भने लागेन । मलाई थाहा थियो हजुर बुवाको अगाडि रोई कराई गरेको भए पाउथे होला तर अहिले मैले जबरजस्ती गर्दा भोली मैले हजुरबुवालाई गल्ती गर्दा प्रश्न उठाउन पाउदिन नि । सायद मैले पार्टीलाई अझै योगदान गर्नु भनेर अध्यक्षले चयन गर्नुभएन । म अझै सशक्त रुपमा पार्टीको लागि काम गर्छु र अर्को पल्ट केन्द्रीय सदस्य बन्छु ।"

    केपी ओलीको नाती बनेर भन्दा पनि लायक पार्टीको नेता बनेर केन्द्रीय सदस्य पाउँछु भनेर आफूलाई कुनै पछुतो नभएको नेता प्रसाईंले खुलाएका छन् । अब केपी ओली फेरि अध्यक्ष बन्नु भएकोमा खुशी हुँदै भने, "हजुरबुवा फेरि अध्यक्ष हुनुभयो अब वहाँलाई प्रधानमन्त्री बनाउन म देश दौडाहा गर्छु । अब पार्टीको लागि म योगदान गर्छु । युवाहरुले दिएको मायालाई कदर गर्दै म देश विकास तर्फ आफ्नो पाईला चाल्छु ।"


    मंसिर १४, २०७८ मंगलवार १७:२१:०६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    एक मतले हारेपछि पुन: मतगणना गर्न माग गर्दै निर्वाचन कार्यालयमा निवेदन 

  • 236
    SHARES
  • एक मतले हारेपछि पुन: मतगणना गर्न माग गर्दै निर्वाचन कार्यालयमा निवेदन 

    सुनसरी - नेपाली कांग्रेस सुनसरी उपसभापतिका उमेदवार गफार अन्सारी मिँया र सचिवका उमेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाकाे माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन् । 

    images

    जिल्ला उपसभापतिका उम्मेदवार अन्सारी र सचिवका उमेदवार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै निवेदन दिएका हुन् । 

    संस्थापन पक्षबाट उमेदवार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका थिए भने विजयी हुने संस्थापन इतर प्यानलका पङ्कज कुमार महतोले १ हजार ३१३ मत प्राप्त गरेका थिए । १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रूपमा मतगणना भएको भन्दै पुन गणना गर्न माग गरिएको जानकारी दिए । 

    सचिवमा एक मतले पराजित भट्टराईले आफ्नो पक्ष बलियो हुँदाहुँदै पनि लापरबाही तरिकाले मतगणना गरिएको भन्दै निवेदन दिएको बताए । सचिवमा संस्थापन इतर प्यानलका माधवबहादुर घिसिङले १ हजार २२९ मत प्राप्त गरी विजयी भएका थिए । संस्थापन प्यानलका सचिव पदका उम्मेदवार भट्टराईले १ हजार २२८ मत ल्याएर पराजित भएका थिए । 

    निर्वाचन कार्यालयमा निवेदन परेपछि जिल्ला निर्वाचन समितिले मतगणना स्थगित गरेको छ । सहायक जिल्ला निर्वाचन अधिकृत वेनु सिग्देलले सहमति नहुन्जेल मतगणना स्थगित गरिएको जानकारी दिए । उनले दुई समूहका उमेदवार, जिल्ला नेताको सर्वपक्षीय छलफलबाट निष्कर्ष निकालिने बताए ।प्रकाश तिम्सिना


    मंसिर १५, २०७८ बुधवार ०७:३९:०१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राप्रपाको महाधिवेशन आजदेखि शुरु, कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने

  • 126
    SHARES
  • राप्रपाको महाधिवेशन आजदेखि शुरु, कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएकोराप्रपाको महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशनको सबै तयारी पूरा भइसकेको छ ।  

    images

    महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । 

    आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् । प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् भने पशुपति शमसेर राणाले निर्वाचनमा नलड्ने बताइसकेका छन् । 


    मंसिर १५, २०७८ बुधवार ०७:४८:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा महाधिवेशन

  • क्यानाडा नेपाल

    सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी 

  • 118
    SHARES
  • सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी 

    काठमाडौं - सर्वोच्च अदालतमा आज बुधबारबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आएका थिए । 

    images

    तर, पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो । अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ । वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन् । 

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि नयाँ अभ्यास थालिएको हो ।

    योसँगै ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीश ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन् ।


    मंसिर १५, २०७८ बुधवार ०८:०१:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत

  • क्यानाडा नेपाल

    नेताहरू जनताको सेवक हुन्, घमन्डी हुनुहुँदैन - ओली

  • 84
    SHARES
  • नेताहरू जनताको सेवक हुन्, घमन्डी हुनुहुँदैन - ओली

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले मंगलबार शपथग्रहण समारोहमा बोल्दै सो कुरा बताएका हुन् । 

    images

    उनले घमन्डी र अहंकारी नेता नहुने पनि बताए। उनले नेतालाई जनताको सेवक भएको भन्दै सभ्य र सरल हुनुपर्ने बताए ।

    उनले भने - 'जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छु' उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने पनि  बताए ।  


    मंसिर १५, २०७८ बुधवार ०८:३०:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडा नेपाल