• Jan 21 2022 | २०७८, माघ ७गते

२०७८, माघ ७गते

नेपालले ग्लोबल छनोटमा स्थान बनाउन सकेन, ४८ रनले पराजित

क्यानाडा नेपाल मंसिर १२ २०७८
  • 426
    SHARES
  • images
    images
    नेपालले ग्लोबल छनोटमा स्थान बनाउन सकेन, ४८ रनले पराजित

    काठमाडौं - आयोजक संयुक्त अरब इमिरेट् (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ ।

    images

    आइतबार आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएईविरुद्ध जितको विकल्प थिएन । प्रतियोगितामा दोस्रो हार व्यहोरेसँगै नेपाल एसिया छनोटबाट बाहिर भएको हो । 

    शीर्ष स्थानको यूएई ५ खेलमा शतप्रतिशत जितसहित १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गर्याे । नेपाल भने पाँच खेलमा ६ अंकसहित दोस्रो स्थानमा रह्यो । 
    जितको लागि १२८ रनको लक्ष्य पाएको नेपाल १९ ओभर ४ बलमा अल आउट हुँदै ७९ रनमा समेटियो । 

    नेपालका लागि इन्दु बर्माले २० बलमा एक चौकासहित १५ रन र सीता राना मगरले आठ बलमा तीन चौकासहित १३ रन बनाए । अन्य खेलाडीको दोहोरो रन बनाउन सकेनन् । 

    युएईकी समाइरा धारनीधार्काले सर्वाधिक चार विकेट लिइन् । यस्तै, खुशी शर्माले दुई तथा छाँया मुगाल र चमानी सेनेविरान्ताले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको योगफल तय गरेको थियो । 

    युएईका लागि चमानीले ३६ बलमा सात चौकाको मद्दतमा अर्धशतकसहित ५२ रन जोड्दा त्रिथा सतिसले ४६ बलमा तीन चौकाको मद्दतमा ४७ रन जोडिन् । नेपालकी कविता कुवँरले दुई, सवनम राई, सीता राना मगर र संगीता राईले समान एक विकेट लिए । 

    पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गर्दै जित निकालेको थियो । तेस्रो खेलमा कुवेतलाई नौ विकेटले पराजित गर्दा नेपालले चौथाे खेलमा मलेसियामाथि ६ विकेटको जित हात हासिल गरेको थियो । हारसँगै नेपालले सन् २०२३ मा हुने टी-२० महिला विश्वकप खेल्ने सपना अधुरै रह्यो । 

     


    मंसिर १२, २०७८ आइतवार १८:१४:१३ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

    स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

    काठमाडौं - इन्जुरी समयमा स्टेभन बर्गविजनको दुई गोलसँगै टोटनहमले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध रोमाञ्चक जित निकालेको छ । 

    images

    बुधबार राति भएको  खेलमा भ्रमणकारी टोली टोटनहमले घरेलु टोली लेस्टरविरुद्ध ३–२ को जित निकाल्यो । खेलमा दुई पटक सम्म पछि परेको टोटनहमलाई स्टेभनले पुनरागमन जित दिलाएका थिए । 

    प्यासन डकाले खेलको २४औं मिनेटमा गोल गर्दै लेष्टरलाई सुरुआती अग्रता बनाए । ३८औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटनहम १–१ को अवस्थामा पुग्यो । ७६औं मिनेटमा जेम्स माडिसनले गोल गर्दा पुनः लेस्टरले २–१ दोस्रो पटक अग्रता बनायो । 

    जित तर्फ अगाडी बढेको लेष्टरका लागि स्टेभन बाधक बने । इन्जुरी समयको पाँचौ र साँतौ मिनेटमा स्टेभनले गोल गर्दा टोटनहमले रोमाञ्चक ११ औै जित पायो । 

    जितपछि टोटनहम १९ खेलमा ३६ अंक बोकेर पाँचौं स्थानमा छ । समान खेलबाट लेष्टर २५ अंक सहित दशौं स्थानमा छ । 
    ्र


    माघ ६, २०७८ बिहिवार ०८:३९:५६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    एकदिवसीय क्रिकेट खेल : दक्षिण अफ्रिकासँग भारत पराजित

    एकदिवसीय क्रिकेट खेल : दक्षिण अफ्रिकासँग भारत पराजित

    काठमाडौं - दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ । बोलाण्ड पार्कमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटियो ।  

    images

    भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए ।  शार्दुल ठाकुर ५० रनमा अविजित रहे । यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे । 

    दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए । यस्तै एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए ।

    यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो ।

    रास्सी भान डर डुसेनले सर्वाधिक १२९ रन बनाए ।  यस्तै कप्तान टेम्बा बभुमाले  ११० रनको योगदान गरे । भारतका जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । 

    जितसँगै तीन एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ । 


    माघ ६, २०७८ बिहिवार ०९:०६:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एकदिवसीय क्रिकेट

  • क्यानाडा नेपाल

    सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा, टिममा को को परे ?

    सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा, टिममा को को परे ?

    काठमाडौं - अलराउण्डर सोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन उम्दा रहन सकेन । 

    images

    यस्तै टोलीमा जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाए । नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । 

    १६ खेलाडी नामः  सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, सहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम


    माघ ६, २०७८ बिहिवार १०:४०:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा, किन समावेश गरिएन ?

    लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा, किन समावेश गरिएन ?

    काठमाडौं - विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । 

    images

    प्रशिक्षक लियोनल स्कोलानीले कोभिड-१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् ।

    पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेस्सी पछिल्लो एक महिनापछि बुधबार मात्रै मैदान फर्किएका छन् । मेस्सीले पछिल्लो पटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेलेका थिए । 

    मेस्सी टिम बाहिर रहँदा पाउलो डिबलाले टोलीमा पुनरागमन गरेका छन् । यस्तै संन्यास लिएका सर्जियो अग्वुइरो बाहिर रहँदा लौटारो मार्टिनेज टोलीमा निरन्तरता पाएका छन् । 

    ब्राजिलसँगै अर्जेन्टिनाले दक्षिण अमेरिकाबाट कतार विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गरिसकेको छ । अर्जेन्टिनाले विश्वकपअन्तर्गत बिहीबार चिलीको भ्रमण गर्नेछ भने त्यसको पाँच दिनपछि कोलम्बियालाई आतिथ्य गर्नेछ ।


    माघ ६, २०७८ बिहिवार २०:१७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लियोनल मेसी

  • क्यानाडा नेपाल

    एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो

    एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो

    काठमाडौं - एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

    images

    बिहिवार राति भएको खेलमा पराजित भएसंगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो । बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे ।

     


    माघ ७, २०७८ शुक्रवार ०७:१९:२९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

    आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

    काठमाडौं - डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ । बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसंगको भेट पक्का गरेको हो । 

    images

    भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो ।

    यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो   । यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रबेश गरिसकेको छ । 


    माघ ७, २०७८ शुक्रवार ०७:२९:१२ बजे : प्रकाशित


    क्यानाडा नेपाल