• Jan 21 2022 | २०७८, माघ ७गते

२०७८, माघ ७गते

अफ्रिकाबाट आएका युवकमा ओमिक्रोन भाइरस देखिएपछि उच्च सतर्कता अपनाइदै

क्यानाडा नेपाल मंसिर १४ २०७८
  • 812
    SHARES
  • images
    images
    अफ्रिकाबाट आएका युवकमा ओमिक्रोन भाइरस देखिएपछि उच्च सतर्कता अपनाइदै

    नयाँ दिल्ली - हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२ वर्षीय युवकलाई पिसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ ।

    images

    तर पनि उनलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो कि होइन भन्ने बारेमा स्पष्ट भने भइसकेको छैन । नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन् ।दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरियन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । विश्वका अरु पनि कैयौँ देशले यो भाइरसबाट बच्नका लागि अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ ।

    भारतको नयाँ दिल्लीमा र अरु पनि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइएको छ । यहाँ अफ्रिकाबाट आउने उडान रोकिएको छ । त्यस्तै यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्डहरु लागू गरिएको छ ।सिन्ह्वा


    मंसिर १४, २०७८ मंगलवार १३:५३:५१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    भारतमा भुसको आगो झै फैलियो कोरोना, एकैदिन ३ लाख १५ हजार संक्रमित थपिए 

    भारतमा भुसको आगो झै फैलियो कोरोना, एकैदिन ३ लाख १५ हजार संक्रमित थपिए 

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार १ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन २ लाख ७७ हजार संक्रमित फेला परेका थिए । 
     
    हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ८२ लाख १६ हजार ३ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ९३ संक्रमितले ज्यान गुमाएका छन् ।  हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार ७ सय १९ जना पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा २ लाख १३ हजार ३ सय ८३ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ५७ लाख ९६ हजार ४ सय २२ पुगेको छ । सक्रिय संक्रमित १९ लाख ३२ हजार रहेको छ । 

    images

     


    माघ ६, २०७८ बिहिवार ०८:५७:५७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विश्वभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ३४ लाख संक्रमित थपिए, कुन देशमा कति ?

    विश्वभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ३४ लाख संक्रमित थपिए, कुन देशमा कति ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३४ लाख १ सय ९२ कोरोना संक्रमित थपिएका छन् । यसअघि एकैदिन २९ लाख १० हजार ७ सय ३५ संक्रमित थपिएका थिए । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३३ करोड ९१ लाख १ हजार ४ सय ९२ पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ५ सय ८० कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख ८२ हजार ८ सय १६ पुगेको छ।
     
    त्यस्तै पछिल्लो २४ घण्टामा १७ लाख २८ हजार ७ सय ८५ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २७ करोड २६ लाख ८९ हजार ३ सय ५० कोरोना संक्रमित निको भइसकेका छन् ।
     
    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ८० हजार ५ सय १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६ करोड ९७ लाख १५ हजार २ सय १४ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड ३७ लाख ५५ हजार ९ सय ३५ कोरोना संक्रमित निको भइसकेका छन् ।

    images

    hh.PNG


    माघ ६, २०७८ बिहिवार ०९:५३:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    आफूले गरेको काममा माफी नमाग्ने राष्ट्रपति बाइडेनको भनाई

    आफूले गरेको काममा माफी नमाग्ने राष्ट्रपति बाइडेनको भनाई

    वाशिंगटन - अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामको लागि माफी नमाग्ने बताउँनुभएको छ ।

    images

    आफ्मो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उहाँले भन्नुभयो, ‘अफगानिस्तानबाट २० वर्षपछि सजिलै बाहिर निस्कने कुनै उपाय थिएन । जतिसुकै गरे पनि त्यसो गर्नु सम्भव थिएन त्यसैले मैले गरेको कामका लागि म माफी माग्दिनँ ।’ यद्यपि, बाइडेनले अगस्टको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि विकसित अफगानिस्तानको सङ्कटप्रति भने सहानुभूति व्यक्त गर्नुभएको छ ।

    पोटसले भने कि ‘तालिबानको अयोग्यताको कारण अफगानिस्तानमा के भइरहेको छ’ भनेर आफूलाई नराम्रो लाग्यो ।‘मलाई ती महिला र पुरुषहरूका लागि ठूलो चिन्ता छ जुन उनीहरूमाथि आतङ्कवादी हमलाले विमानस्थलमा पारेको पीडा प्रति दुःख छ ।’

    अफगानिस्तानको निर्णयबाट आफ्नो फिर्तीको बचाउ गर्दै बाइडेनले असफलताको लागि अघिल्लो प्रशासनलाई दोष दिनुभएको छ ।

    ‘यदि हामी बाहिर नआएको भए हामीले धेरै बलहरू भित्र्याउने थियौं... तालिवानको अक्षमताको परिणामको रूपमा के भइरहेको छ भनेर मात्र भएन’ विश्वभरि जेजे भइरहेको छ हामी हरेक समस्या समाधान गर्न सक्दैनौं । र त्यसैले म यसलाई योग्यताको मुद्दाको रूपमा पनि हेर्दिनँ,’ राष्ट्रपति बाइडेनले भन्नुभयो ।

    ‘एउटै सरकारको अधीनमा अफगानिस्तानलाई एकीकरण गर्न कोही सक्षम हुनेछ भन्ने लाग्छ भने आफ्नो हात उठाउनुहोस् ? यो ठोस कारणका लागि साम्राज्यहरूको चिहान भएको छः यो एकताको लागि संवेदनशील छैन,’ बाइडेनको टिप्पणी छ ।

    उहाँले अफगानिस्तानले अमेरिकालाई पारेको आर्थिक बोझको विषय पनि उठाउँनुभएको छ । अमेरिकी सेनालाई अफगानिस्तानमा राख्न निकै खर्च हुने सन्दर्भ उद्धृत गर्दै उहाँले शान्तिपूर्ण समाधानमा कुनै सम्भावना नभएको उल्लेख गर्नुभयो ।एएनआई


    माघ ६, २०७८ बिहिवार १३:३२:०७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ, अमेरिकाको बदला लिने चेतावनी

    युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ, अमेरिकाको बदला लिने चेतावनी

    एजेन्सी - रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएकाे छ ।

    images

    रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै आएका छन् । 

    रसियाले युक्रेनमाथि अतिक्रमण गरिरहेका बेला बाइडेन प्रशासनले आर्थिकलगायतका प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाले युक्रेनमाथि नयाँ हमला गर्न सक्ने बताएका छन् । 

    युक्रेन विवाद बढ्दै गएको क्रेमलिनले बताउँदै गएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको विस्तार रोक्न रसियाले अमेरिकासँग माग गर्दै आएको छ । 
     


    माघ ६, २०७८ बिहिवार १४:२५:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पाकिस्तानको लोहारी गेट क्षेत्रमा शक्तिशाली बिस्फोट, तीन जनाको मृत्यु,२० भन्दा बढी घाईते

    पाकिस्तानको लोहारी गेट क्षेत्रमा शक्तिशाली बिस्फोट, तीन जनाको मृत्यु,२० भन्दा बढी घाईते

     
    लाहोर, ७ माघ-पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ । बिस्फोटमा २० जनाभन्दा बढी घाईते भएका छन् । बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ । 

    images

    बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ । बिस्फोटपछि सबारी साधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।


    माघ ७, २०७८ शुक्रवार ०८:१८:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शक्तिशाली बिस्फोट

  • क्यानाडा नेपाल

    अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

    अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना
    सिड्नी, ७ माघ-अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् ।

    सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ । माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ । 

    images


    माघ ७, २०७८ शुक्रवार ०९:००:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खोप

  • क्यानाडा नेपाल