• Jan 24 2022 | २०७८, माघ १०गते

२०७८, माघ १०गते

तेल अभिभ विश्वमा सबैभन्दा महंगाे सहर

क्यानाडा नेपाल मंसिर १५ २०७८
  • 920
    SHARES
  • images
    images
    तेल अभिभ विश्वमा सबैभन्दा महंगाे सहर

    तेल अभिभ - इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महंगाे सहर साबित भएकाे छ । ईकाेनाेमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेकाे एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महंगाे सहर बनेकाे हाे । महंगाेका दृष्टिले  तेल अभिभ  पहिलाे पटक विश्वकाे पहिलाे स्थानमा पुग्न सफल भएकाे हाे । 

    images

    ‍इजरायलकाे राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएकाे सर्वेक्षणमा जनाइएकाे छ । त्यहाँ यातायात र खाद्यन्नकाे मूल्य पनि अन्य सहरकाे तुलनामा बढी देखिएकाे जनाइएकाे छ ।

    त्यस्तै, पेरिस र सिंगापुर दुबै सहर दाेस्राे स्थानमा छन् भने जुरिच र हङकङ क्रमश: तेस्राे र चाैथाे स्थानमा छन् । त्यसैगरी, न्युयाेर्क र जेनेभा क्रमश: पाँचाैं र छैटाै‌ स्थानमा परेका छन् । त्यस्तै, काेपनहेगन साताैं, लस एन्जेलस आठाैं र जापानकाे ओसाका नवाैं स्थानमा परेका छन् । एजेन्सी


    मंसिर १५, २०७८ बुधवार २२:०५:४५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # महंगाे सहर

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    दुध उत्पादन बढाउन गाईको टाउकोमा हेडसेट

  • 588
    SHARES
  • दुध उत्पादन बढाउन गाईको टाउकोमा हेडसेट

    एजेन्सी - टर्कीमा एउटा गाई फार्मका मालिकले गाईको टाउकोमा हेडसेट राख्दा तुलनात्मक रुपमा बढी दुध दिएको बताएका छन् । भर्चुअल रियालिटी हेडसेट राख्दा गाई घाम लागेको बाहिरी मैदानमा रहेको भ्रममा परेको मालिकले बताएका छन् ।

    images

    मानिसमा प्रयोग हँुदै आएको भीआर सेटलाई सफ्टवेयरको रुपमा विकसित गरेर गाईको टाउकोमा फिट गर्न मिलाइएको छ । फिट  गरिसकेपछि विज्ञहरुले रंगिन प्यालेटलाई सफ्टवेयरमा परिणत गरेका थिए, ताकी भीआर हेडसेट गाईको आँखामा उपर्युक्त होस ।

    हेडसेट राखेपछि गाईले दैनिक २२ लिटरबाट २७ लिटर दुध दिन थालेको अक्सारेका फार्म मालिक इजेट कोसाकले दाबी गरेका छन् । कोसाकका अनुसार वातावरणीय अवस्थाले गाईको स्वास्थ्य र दुध उत्पादनमा प्रभाव पार्छ ।

    भीआर ग्लासमार्फमत कोसाकले गाईलाई ठूलो घाँसे मैदान वरपर हिँडडुल गराउनुको अतिरिक्त रमाइला संगीत सुनाइदिएका थिए । रसियाको एउटा कम्पनीले भीआर हेडसेटले विकास गरेको हो ।

    पशु चिकित्सकहरुको सहकार्यमा गाईको सुरक्षा सुनिश्चितता गर्न भीआर हेडसेट्स पहिलो पटक मस्कोमा परीक्षण गरिएको थियो 

     

     


    पौष २८, २०७८ बुधवार १५:०२:०७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कोरोना महामारीको समयमा यी अर्बपतिको सम्पत्ति बढेको बढ्यै

    कोरोना महामारीको समयमा यी अर्बपतिको सम्पत्ति बढेको बढ्यै

    न्युयोर्क - महामारीका कारण विश्वभर नै मानिसहरु दिनप्रति दिन गरीब बन्दै गए पनि धनाढ्यहरुको सम्पत्ति भने दोब्बरले बढेको पछिल्लो एक अध्ययनले देखाएको छ । अक्सफामले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । प्रतिवेदनअनुसार गरिबीका कारण विश्वभर २१ हजार मानिसको दैनिक मृत्यु हुने गरेको छ ।

    images

    तर महामारीको समयमा भने संसारका १० धनाढ्यको सम्पत्ति भने दोहोरिएको छ । सन् २०२० पछि १० धनाढ्यहरुको सम्पत्ति दोब्बरले बढेको हो । डाभोसमा विश्व आर्थिक मञ्चको सुरुमा अक्सफामले विश्वव्यापी असमानताबारे प्रतिवेदन सार्वजनिक गरेको हो ।

    ‘यो महामारीको समयमा हरेक दिन नयाँ अर्बपति जन्मिएका छन् । लकडाउनका कारण विश्वको ९९ प्रतिश जनसंख्या गरिबीको रेखामुनि धकेलिएको छ । अन्तर्राष्ट्रिय बजार, पर्यटनलगायतका कारण १६ करोड मानिस गरिबीतर्फ धकेलिएका छन,’ अक्सफामका प्रमुख कार्यकारी ड्यानी श्रीसकान्डराजाहले भने ।

    फोब्सको तथ्यांकअनुसार एलन मस्क, जेफ बेजोस, बर्नाड आर्नअल्ट, बिल गेटेस, लारी इलिसन, लारी पेज, सर्जी ब्रिन, मार्क जुकरबर्ग, स्टेभ बाल्मर र बारेन बफेट जस्ता १० धनाढ्यको सम्पत्ति महामारीको समयमा तीव्र बढेको छ । 


    माघ ४, २०७८ मंगलवार ०८:१८:१३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    चिडियाखानाका सिंहहरुमा पनि देखियो कोरोना संक्रमण, वैज्ञानिकहरु नै चकित  

    चिडियाखानाका सिंहहरुमा पनि देखियो कोरोना संक्रमण, वैज्ञानिकहरु नै चकित  

    काठमाडौं - विश्वभर पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । यसैबीच मानिसमा मात्र नभई जनावरमा पनि कोरोना संक्रमण भएको समाचारहरु पनि आइरहेका छन् । 

    images

    केही समयअघि घरपालुवा बिराला र कुकुरमा कोरोना संक्रमण भएको समाचारहरु आएका थिए । दक्षिण अफ्रिकामा रहेको एक चिडियाखानामा सिंहलाई पनि कोरोना संक्रमण देखिएको छ । 

    युनिभर्सिटी अफ प्रिटोरियाका वैज्ञानिकहरुको टोलीले गरेको अध्ययनमा चिडियाखानाका सिंहहरुमा संक्रमण देखा परेको हो । ट्रान्सडिसिप्लिनरी वैज्ञानिकहरूको टोलीले गौतेङको एक निजी चिडियाखानामा कोरोनाको लक्षण नदेखिएका संक्रमित चिडियाखानाका सञ्चालकहरूबाट संक्रमण भएको पत्ता लगाएको बताइएको छ । 

    कोरोना संक्रमित भएका सिंहमा श्वासप्रश्वासमा समस्या, नाक बग्ने र सुख्खा खोकीको समस्या देखिएको छ । संक्रमित भएका सिंहहरुमाथि कडा निगरानी राखिएको बतायएको छ । 
     


    माघ ५, २०७८ बुधवार २१:३६:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    लालीगुराँस कोरोना नियन्त्रणमा प्रभावकारी हुने अनुसन्धानकर्ताको दाबी

    लालीगुराँस कोरोना नियन्त्रणमा प्रभावकारी हुने अनुसन्धानकर्ताको दाबी

    एजेन्सी - हिमाली क्षेत्रमा पाइने लालीगुराँस फुल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् ।

    images

    madhesh yamale losapa.jpg

    कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निश्कर्ष आएको हो । 

    बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा. श्याम कुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली बनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ । कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरुले जडिबुटीबारे थप अध्ययन गरेका छन् ।
     

     


    माघ ६, २०७८ बिहिवार २१:१४:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    यो अनौठो पंक्षी जो शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराईमा पुग्छ

    यो अनौठो पंक्षी जो शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराईमा पुग्छ

    एजेन्सी - कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पक्षी पंक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ । युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको एउटा अध्ययनमा यस्तो निस्कर्ष निकालिएको हो ।

    images

     यसअघिका अध्ययनले सो चरा २० देखि ३० फिट गहिराईमा पुग्ने बताइएको थियो । समुद्री अल्बाट्रोसको अस्थित्व जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् । 

    अनुसन्धानकर्ताहरुका अनुसार १५ देखि २२ अल्बाट्रोस प्रजाति लोपन्मुख अवस्थामा छन् । पछिल्ला दशकमा यो चराको संख्या पनि ह्वात्तै घटेको छ । ठूला समुद्रामा माछा मार्न राखिएका हुक र अन्य पासोमा परेर अल्बाट्रोसको संख्या घटेको हो । 

    यो चरा प्रायः दिउसोको समयमा समुद्रमा हाम फाल्ने गरेको अनुसन्धाकर्ताहरुको भनाई छ । अध्ययनको निस्कर्ष करेन्ट वायोलोजीमा प्रकाशित छ । 

     


    माघ ७, २०७८ शुक्रवार १५:१८:०० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्क, प्यारालाइसिसका बिरामीलाई उपयोगी हुने दाबी

    मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्क, प्यारालाइसिसका बिरामीलाई उपयोगी हुने दाबी

    काठमाडौं - संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ । उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औंलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ । 

    images

    मस्कले २०१६ मा स्टार्टअपको स्थापना गरेका थिए । त्यस्तो चिपको परीक्षण पेजर नामको बाँदर र सुंगुरमा गरिएको र त्यो सफल भइरहेको कम्पनीले बताएको छ ।

    सो चिपको अब क्लिनिकल ट्रायलका निम्ति स्टार्ट अपको डाइरेक्टर नियुक्ति गरिने पनि बताइएको छ । उक्त ट्रायलपछि चिपलाई मानव दिमागमा प्रयोग गरिनेछ । चिपको विज्ञापनमा क्लिनिकल ट्रायलका डाइरेक्टरले प्रतिभावान चिकित्सक, इन्जिनियरका साथै न्युरालिंकको पहिलो क्लिनिकल ट्रायलमा सहभागी व्यक्तिलाई अघि सारिएको उल्लेख गरिएको छ । डाइरेक्टरले क्यालिफोर्नियाको फ्रेमोन्टमा बसेर काम गर्ने पनि विज्ञापनमा खुलाइएको छ । 

    नशाको रोगबाट मानिसलाई मुक्ति मिल्ने दाबी
    प्यारालाइसिसका कारण नशाको समस्या भोगिरहेका मानिस सो प्रविधिको मद्दतबाट पुनः काम गर्न सक्ने बन्ने कम्पनीको दाबी छ । यो वर्षको अन्त्यसम्ममा मानव दिमागमा सो चिप प्रयोग गर्ने योजना सुरु हुने मस्कले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘सबै कुरा सहज रहेमा न्युरालिंकको नामबाट सुरु हुन लागेको ब्रेन कम्प्युटर इन्टरफेस स्टार्टअपको मानव परीक्षण यसै वर्षको अन्त्यसम्ममा आरम्भ गर्न सकिने छ ।’

    संसारकै धनी मस्कसँग अहिले २५६ अर्ब डलर सम्पत्ति रहेको अनुमान गरिन्छ । उनले २०१६ मा सानफ्रान्सिस्कोको बे एरियामा यो स्टार्टअप आरम्भ गरेका थिए । अल्जाइमर, डिमेन्सिया र मेरुदण्डमा लागेको चोटबाट उत्पन्न न्यरोलोजिकल समस्याको उपचारका लागि मानव

    मस्तिष्कमा एक कम्प्युटर इन्टरफेस प्रत्यारोपित गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ । नयाँ नयाँ काम गर्न रुचाउने मस्कले यसअघि केही मानिसलाई अन्तरीक्षमा लिएर गएका थिए । उनको विद्युतीय कार निर्माता कम्पनी टेस्ला संसारभर चर्चित छ । पछिल्लो परियोजनामा मस्कले दीर्घकालीन लक्ष्य लिएको देखिन्छ । मानव र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को सम्बन्ध पत्ता लगाउनु न्युरालिंकको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

    मस्कका अनुसार न्युरालिंक प्रत्यारोपणका सुनिश्चितताका लागि निकै तीव्र गतिमा काम गरिरहेको छ । कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेटिभसँग सम्पर्क पनि गरिसकेको छ ।

    मस्कले एक अन्तर्वार्तामा न्युरालिंकले बाँदरको मस्तिष्कमा एउटा वायरलेस इम्प्लान्ट गरिएको बताएका छन् । बाँदरले दिमागको मद्दतबाट भिडियोगेम खेलेको थियो । यसअघि सुँगुरको दिमागमा पनि उक्त चिप परीक्षण गरिएको थियो । 

     
     


    माघ ९, २०७८ आइतवार २१:५८:५४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर