• Jan 24 2022 | २०७८, माघ १०गते

२०७८, माघ १०गते

इंग्लिस प्रिमियर लिग : चेल्सी, सिटी र लिभरपुलको जित 

क्यानाडा नेपाल मंसिर १६ २०७८
  • 484
    SHARES
  • images
    images
    इंग्लिस प्रिमियर लिग : चेल्सी, सिटी र लिभरपुलको जित 

    काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुलले हात पारेका छन् ।  राति भएको १४औँ चरणको खेलसँगै तीनै टोलीले उपाधि सम्भावना कायमै राखेका छन् ।

    images

    जितसँगै चेल्सीले शीर्ष स्थानमा कायम राखेको छ भने सिटी र लिभरपुलले चेल्सीलाई पछ्याइरहेका छन् । भ्रमणकारी टोली चेल्सीले बाटफोर्डलाई २–१ अन्तरले पराजित गर्‍याे । चेल्सीको दशौं जितमा मासोन माउन्टले २९ मिनेट र हाकिम जिएचले ७२ मिनेटमा गोल गरे । बाटफोर्डको लागि इमानुयल डेनिसले ४३औँ मिनेटमा सान्त्वना गोल गरे । 

    अर्काे खेलमा घरेलु टोली एष्टन भिल्लालाई म्यानचेष्टर सिटीले २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा यथावत रह्यो । सिटीको जितमा रुवेन डियासले खेलको २७औँ र बर्नाण्डो सिल्भाले ४३औँ मिनेटमा गोल गरे । स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको भिल्लाको लागि ओलीइ वाट्किन्सले ४७ मिनेटमा  गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

    लिभरपुलले घरेलु टोली एभर्टनलाई २–१ ले पराजित गर्‍याे । लिभरपुलको जितमा मोहम्मद सलाहले २ तथा जोर्डन हेण्डर्सन र डिअगो जोटाले १-१ गोल गरे । एभर्टनको लागि डेमराई ग्रेले सान्त्वना गोल गरे ।

    अन्य खेलमा साउथह्याम्पटन र लेष्टर सिटीले २-२ को बराबरी खेल्दा वेष्ट ह्याम युनाईटेड र ब्राईटनले १-१ गोलको बराबरी खेले भने उल्भ्सले बर्नलीसँग गोलरहित बराबरी खेल्यो ।  

    खेलसँगै चेल्सी १४ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा छ । ३२ अंकसहित सिटी दोस्रो स्थानमा छ भने लिभरपुल ३१ अंक सहित तेस्रो स्थानमा छ । वेष्ट ह्याम समान खेलबाट २४ अंक सहित चौथो स्थानमा छ । 


    मंसिर १६, २०७८ बिहिवार ०७:४७:१२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    पीएसजीको सानदार जित, रामोसको पहिलो गोल

  • 132
    SHARES
  • पीएसजीको सानदार जित, रामोसको पहिलो गोल

    काठमाडौं - डिफेण्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) मा पहिलो गोल गरेका छन् । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रेइम्सबिरुद्द ४-० को जित निकाल्ने क्रममा रामोसले गोल गरेका हुन् । 

    images

    पीएसजीको जितमा मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले १-१ गोल गर्दा रेइम्सले एक आत्माघाती गोल गर्‍याे ।

    स्पेनिस डिफेन्डर यसै सिजन रियम मड्रिड छाडेर पीएसजी आएका हुन् । सुरुआती खेलमा इन्जुरिका कारण बाहिर रहेका उनले नयाँ क्लबमा पहिलो गोल गरेका हुन् । 

    जितपछि पीएसजीले २२ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा ११ अंकको पकड जमाएको छ । रेइम्स भने समान खेलबाट २४ अंक सहित १४ औं स्थानमा छ । 


    माघ १०, २०७८ सोमवार ०८:२४:३९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    युभेन्ट्स मिलान बराबर, शीर्ष स्थानको इन्टरलाई फाइदा

  • 106
    SHARES
  • युभेन्ट्स मिलान बराबर, शीर्ष स्थानको इन्टरलाई फाइदा

    काठमाडौं - इटालियन सिरी ए मा आइतबार राति भएको खेलमा युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानले शीर्ष स्थानको  इन्टर मिलानसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । 

    images

    मिलानले जितको लक्ष्यसहित युभेन्ट्स माथि दबाब बढाए पनि सफल भएन । इन्टरले शनिबार भेनेजियालाई २-१ ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको थियो । 

    इन्टरको २३ खेलमा ५३ अंक छ । जुन ४९ अंकसहित दोस्रो स्थानमा बसेको नेपोली र तेस्रो स्थानको मिलान भन्दा चार अंक बढी हो । 

    इन्टरले एसी मिलान भन्दा एक खेल कम खेलेको छ । एट्लान्टा ४३ अंकसहित चौथो स्थानमा छ भने पाँचौ स्थानको युभेन्ट्सको ४२ अंक छ ।

    नेपोली भने सेलनिटानालाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । त्यस्तै रोमाले इम्पोलीलाई ४-२ ले निराश बनायो ।


    माघ १०, २०७८ सोमवार ०८:३५:४८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पाकिस्तानका रिजवान ‘आईसीसी प्लेयर अफ दि इयर’ घोषित

  • 126
    SHARES
  • पाकिस्तानका रिजवान ‘आईसीसी प्लेयर अफ दि इयर’ घोषित

    काठमाडौं - आईसीसी टी-२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी-२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका छन् । 

    images

    आईसीसीले आइतबार पाकिस्तान विकेटकिपरसमेत रहेका ब्याटर रिजवान वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएको जनाएको हो । उनले यस वर्ष २९ खेलमा १३२६ रन प्रहार गरेका थिए । जुन औसतमा ७३ दशमलब ६६ रहेको छ । यस्तै उनको स्ट्राइक रेट १३४ दशमलब ८९ छ ।

    मोहम्मद रिजवानले यसै वर्ष लाहोरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दा कराँचीमा वेष्ट इण्डिजविरुद्ध ८७ रन बनाएका थिए । यस्तै आईसीसीले ओमानका जिसन मक्सुदलाई एसोसियट प्लेयर अफ दि इयर घोषित गरेको छ । 
     

     


    माघ १०, २०७८ सोमवार ०९:४४:३४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    वेष्ट इन्डिजविरुद्ध इंग्ल्यान्ड एक रनले विजयी 

  • 126
    SHARES
  • वेष्ट इन्डिजविरुद्ध इंग्ल्यान्ड एक रनले विजयी 

    काठमाडौं - इंग्ल्यान्डले दोस्रो टी-२० खेलमा वेस्टइन्डिजलाई एक रनले पराजित गरेको छ । रोमाञ्चक जितसँगै पाँच टी-२० शृंखला  एक एक बराबरीमा पुगेको छ ।

    images

    यसअघि पहिलो खेलमा वेष्ट इन्डिजले नौ विकेटले जितेको थियो । घरेलु मैदानमा १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनायो । 

    वेस्टइन्डिजका अकेअलल हुसेन र रोमारियो शेफर्डले समान ४४ रनको योगदान गरे । यस्तै निकोलस पुरनले २४ रन बनाउँदा ड्यारेन ब्राभोले २३ रन बनाए । 

    भ्रमणकारी टोली इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक तीन विकेट लिए । यस्तै आदिल राशिदले दुई विकेट लिँदा रोस टोपली र क्रिस जोर्डनले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रन बनायो । 

    उसका जेसन रोयले सर्वाधिक ४५ रन बनाए । यस्तै मोइन अलीले ३१ रन बनाउँदा क्रिस जोर्डनले २७ रन बनाउँदा टम ब्यान्टनले २५ रनको योगदान गरे । वेस्टइन्डिजका फेबिएन एलेन र जेसन होल्डरले समान दुई विकेट लिए । 


    माघ १०, २०७८ सोमवार १३:३८:२४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सर्वाधिक कमाउने खेलाडी हुन् विज्ञापन किङ विराट कोहली, कति छ आम्दानी ?  

  • 144
    SHARES
  • सर्वाधिक कमाउने खेलाडी हुन् विज्ञापन किङ विराट कोहली, कति छ आम्दानी ?  

    काठमाडाैं - भारतीय क्रिकेटर विराट कोहलीले क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएपछि उनको ख्यातिमा कस्तो असर पर्ला भनी सर्वत्र चासो राखिएको थियो । टिम इन्डियाका यी सर्वाधिक सफल कप्तानको ख्यातिमा राजीनामापछि पनि कुनै असर नपरेको विश्लेषकहरू बताउँछन् । 

    images

    क्रिकेट खेलबाट नाम कमाएका यी ब्याट्सम्यानलाई विज्ञापनको दुनियाँले अहिले पनि उसैगरी पछ्याइरहेको छ । ठूल्ठूला र राष्ट्रिय-अन्तर्राष्ट्रिय कम्पनीहरूको पहिलो रोजाइको मोडल (ब्रान्ड) यिनै कोहली छन् ।

    कोहली टिम इन्डियाको कप्तान नरहँदा पनि ब्रान्डमा कुनै असर परेको छैन । अहिले पनि उनी जोडिएको ब्रान्ड संख्यामा असर त परेको छैन नै, साथै उनले लिने पारिश्रमिकमा पनि कुनै प्रभाव परेको छैन ।   

    कोहलीको हातमा अहिले पनि ३० भन्दा बढी ब्रान्ड छन् । उनले २०२१ सम्म उनले विज्ञापन खेलेर वार्षिक १७८.७७ करोड भारु आम्दानी गरेका थिए । २०२२ मा पनि सो क्रम जारी रहने देखिएको छ ।

    पुमा इन्डिया तथा दक्षिण पूर्वएसियाका प्रबन्ध निर्देशक अभिषेक गाँगुली भन्छन्, ‘विराटसँथ लामो अवधिको सम्झौता छ र यो हाम्रो कम्पनीको सौभाग्य हो । निश्चित रूपमा विराटले क्रिकेटको कप्तानीबाट राजीनामा दिए र उनी एक शानदार एथलेट हुन् । उनको प्रदर्शन असाधारण छ ।’

    कोहलीसँग जर्मनीको एक कम्पनीले २०१७ मा आठ वर्षका लागि ११० करोड रुपैयाँमा सम्झौता गरेको थियो, जुन अद्यापि जारी छ । कोहली पुमा स्पोर्ट्सवियर, हिरो टु ह्विलर्स, एमआरएफ टायर, अडी कार, फेसन प्लेटफर्म मिन्त्रा, अमेरिकन टुरिस्टर लगेज, भिभो स्मार्टफोन, हाइपरिस वेलनेस, क्लोदिङ तथा एक्सेसरिज ब्रान्ड रोनलगायत थुप्रै ब्रान्डसँग आवद्ध छन् ।

    विश्लेषकहरूका अनुसार, जसरी एमएस धोनीले कप्तानी छाडेपछि पनि उनको ब्रान्ड भ्याल्युमा कुनै कमी आएन, त्यसरी नै कोहलीको ब्रान्ड भ्याल्यु वृद्धि भइरहेको छ । कोहली सोसल मिडियामा उत्तिकै सक्रिय छन्, उनका फलोअर्स बढ्ने क्रम जारी छ । 

    कोहली २०२१ मा हापर इन्स्टाग्राम रिचमा सर्वोच्च र्‍यांकिङ लिस्टमा पर्ने भारतीय नागरिक बनेका थिए । हापरका अनुसार, विराट कोहलीले इन्स्टाग्राममा प्रत्येक प्रोमोसनल पोस्टका लागि करिब पाँच करोड भारु पाउँछन् ।
     

     


    माघ १०, २०७८ सोमवार १३:५९:०९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पाकिस्तानका अफ्रिदी 'आईसीसी क्रिकेटर अफ दि इयर ' घोषित

    पाकिस्तानका अफ्रिदी 'आईसीसी क्रिकेटर अफ दि इयर ' घोषित

    काठमाडौं - पाकिस्तानका तीव्र गतिका बलर साहिन शाह अफ्रिदी आईसीसी ‘क्रिकेटर अफ दि इयर’ घोषित भएका छन् ।  सन् २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २२ दशमलव २० को औसतमा ७८ विकेट हात पारे ।

    images

    गत वर्ष विशेषतः अफ्रिदीले टेस्ट र टी-२० क्रिकेटमा निकै राम्रो छाप छोडे । टी-२० विश्वकपमा आफ्नो ‘पिक प्वाइन्ट’ मा रहेका अफ्रिदीले प्रतियोगितामा विश्व क्रिकेटका हस्तिहरूलाई पछि पारे ।

    पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्दा अफ्रिदीले ६ खेलमा सात विकेट लिए । गत वर्ष क्रिकेटको सबैभन्दा सानो संरचनामा २१ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २३ विकेट लिए ।

    विश्वकपमा चिरप्रतिद्वन्द्वी भारतविरुद्धको उनको स्पेल सबैभन्दा स्मरणीय रह्यो । चार ओभरमा ३१ रन खर्चिएर तीन विकेट लिँदा उनको बलमा पभेलियन फर्किने ब्याटरमा भारतीय टोलीका तत्कालीन कप्तान विराट कोहलीसहित ओपनरद्वय रोहित शर्मा र लोकेश राहुल थिए ।


    माघ १०, २०७८ सोमवार २०:१०:५६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर