• Jan 21 2022 | २०७८, माघ ७गते

२०७८, माघ ७गते

रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित 

क्यानाडा नेपाल मंसिर १७ २०७८
  • 516
    SHARES
  • images
    images
    रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित 

    काठमाडौं - पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेकाे छ ।

    images

    बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन  गर्दै आर्सनललाई ३-२ अन्तरले पराजित गरेको हो । 

    युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा ब्रुनो फर्नाण्डेजले १ गोल गरे । आर्सनलकोे लागि इमिली स्मिथ रोव र मार्टिन ओडेरार्डले १-१ गोल गरे ।

    योसँगै रोनाल्डोले आफ्नो करियरकै ८०० गोल पूरा गरेका छन्  । ८०० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । रोनाल्डोले १ हजार ९७ खेलमा  याे कीर्तिमानी बनाएका हुन् । 

    खेलको १३ मिनेटमा आर्सनलका  स्मिथले गोल गर्दै सुरुआती अग्रता बनाए । ४४ मिनेटमा युनाईटेडका ब्रुनोले १-१ अन्तरमा खेल झारे । ५२ मिनेटमा रोनाल्डोले कीतिमानी ८०० गोल तथा युनाईटेडलाई २–१ को अग्रता दिलाए । दुई मिनेट पछिनै ५४ मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई २–२ को अवस्थामा ल्याए । 

    तर, स्टार खेलाडी रोनाल्डोले पुन: गोल गरेपछि युनाईटेड घरेलु मैदानमा छैटौं जित निकाल्न सफल भयो । यस पटक रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए ।  

    जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा छ । पराजित आर्सनलले २३ अंकसहित पाँचौ स्थानमा रहेको छ । आर्सनलले चौथो स्थानमा उक्लने अवसर समेत गुमाएको छ । 


    मंसिर १७, २०७८ शुक्रवार ०७:३९:३८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिस्टियानो रोनाल्डो

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

    स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

    काठमाडौं - इन्जुरी समयमा स्टेभन बर्गविजनको दुई गोलसँगै टोटनहमले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध रोमाञ्चक जित निकालेको छ । 

    images

    बुधबार राति भएको  खेलमा भ्रमणकारी टोली टोटनहमले घरेलु टोली लेस्टरविरुद्ध ३–२ को जित निकाल्यो । खेलमा दुई पटक सम्म पछि परेको टोटनहमलाई स्टेभनले पुनरागमन जित दिलाएका थिए । 

    प्यासन डकाले खेलको २४औं मिनेटमा गोल गर्दै लेष्टरलाई सुरुआती अग्रता बनाए । ३८औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटनहम १–१ को अवस्थामा पुग्यो । ७६औं मिनेटमा जेम्स माडिसनले गोल गर्दा पुनः लेस्टरले २–१ दोस्रो पटक अग्रता बनायो । 

    जित तर्फ अगाडी बढेको लेष्टरका लागि स्टेभन बाधक बने । इन्जुरी समयको पाँचौ र साँतौ मिनेटमा स्टेभनले गोल गर्दा टोटनहमले रोमाञ्चक ११ औै जित पायो । 

    जितपछि टोटनहम १९ खेलमा ३६ अंक बोकेर पाँचौं स्थानमा छ । समान खेलबाट लेष्टर २५ अंक सहित दशौं स्थानमा छ । 
    ्र


    माघ ६, २०७८ बिहिवार ०८:३९:५६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    एकदिवसीय क्रिकेट खेल : दक्षिण अफ्रिकासँग भारत पराजित

    एकदिवसीय क्रिकेट खेल : दक्षिण अफ्रिकासँग भारत पराजित

    काठमाडौं - दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ । बोलाण्ड पार्कमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटियो ।  

    images

    भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए ।  शार्दुल ठाकुर ५० रनमा अविजित रहे । यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे । 

    दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए । यस्तै एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए ।

    यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो ।

    रास्सी भान डर डुसेनले सर्वाधिक १२९ रन बनाए ।  यस्तै कप्तान टेम्बा बभुमाले  ११० रनको योगदान गरे । भारतका जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । 

    जितसँगै तीन एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ । 


    माघ ६, २०७८ बिहिवार ०९:०६:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एकदिवसीय क्रिकेट

  • क्यानाडा नेपाल

    सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा, टिममा को को परे ?

    सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा, टिममा को को परे ?

    काठमाडौं - अलराउण्डर सोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन उम्दा रहन सकेन । 

    images

    यस्तै टोलीमा जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाए । नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । 

    १६ खेलाडी नामः  सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, सहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम


    माघ ६, २०७८ बिहिवार १०:४०:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा, किन समावेश गरिएन ?

    लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा, किन समावेश गरिएन ?

    काठमाडौं - विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । 

    images

    प्रशिक्षक लियोनल स्कोलानीले कोभिड-१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् ।

    पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेस्सी पछिल्लो एक महिनापछि बुधबार मात्रै मैदान फर्किएका छन् । मेस्सीले पछिल्लो पटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेलेका थिए । 

    मेस्सी टिम बाहिर रहँदा पाउलो डिबलाले टोलीमा पुनरागमन गरेका छन् । यस्तै संन्यास लिएका सर्जियो अग्वुइरो बाहिर रहँदा लौटारो मार्टिनेज टोलीमा निरन्तरता पाएका छन् । 

    ब्राजिलसँगै अर्जेन्टिनाले दक्षिण अमेरिकाबाट कतार विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गरिसकेको छ । अर्जेन्टिनाले विश्वकपअन्तर्गत बिहीबार चिलीको भ्रमण गर्नेछ भने त्यसको पाँच दिनपछि कोलम्बियालाई आतिथ्य गर्नेछ ।


    माघ ६, २०७८ बिहिवार २०:१७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लियोनल मेसी

  • क्यानाडा नेपाल

    एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो

    एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो

    काठमाडौं - एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

    images

    बिहिवार राति भएको खेलमा पराजित भएसंगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो । बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे ।

     


    माघ ७, २०७८ शुक्रवार ०७:१९:२९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

    आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

    काठमाडौं - डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ । बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसंगको भेट पक्का गरेको हो । 

    images

    भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो ।

    यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो   । यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रबेश गरिसकेको छ । 


    माघ ७, २०७८ शुक्रवार ०७:२९:१२ बजे : प्रकाशित


    क्यानाडा नेपाल