• Jan 24 2022 | २०७८, माघ १०गते

२०७८, माघ १०गते

ट्विटरले यसकारण बन्द गर्‍यो चीन र रसियासहित ६ देशकाे ३५०० अकाउन्ट

क्यानाडा नेपाल मंसिर १७ २०७८
  • 494
    SHARES
  • images
    images
    ट्विटरले यसकारण बन्द गर्‍यो चीन र रसियासहित ६ देशकाे ३५०० अकाउन्ट

    बेइजिङ - ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै ट्विटरले ती देशहरुकाे अकाउन्ट हटाएकाे हाे । 'चीनकाे अल्पसंख्यक मुस्लिम समुदाय  उहिगुरलाई हाेच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएकाे छ', ट्विटरले एक प्रेस विज्ञेप्तिमा भनेकाे छ । 

    images

    चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेकाे सिनजियाङ प्रान्तका उहिगुर मुसलमानकाे नरसंहार गरेकाे अ‌ाराेप लाग्दै अ‌ाएकाे छ । विज्ञहरुका अनुसार १० लाख भन्दा उहिगुरलाई विभिन्न शिविरमा राखिएकाे छ । उहिगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले अ‌ालाेचना गर्दै अ‌ाएकाे छ ।

    चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा अ‌ाफ्ना बिचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयाेग गर्दै अ‍ाएकाे छ । 

    बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङकाे क्षेत्रीय सरकारसँग जाेडिएकाे च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएकाे छ । चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएकाे छ । 

    त्यसैगरी, मेक्सिकाेका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिएकाे जनाइएकाे छ । त्यस्तै, नागिरक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएकाे भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएकाे छ । अर्काेतर्फ राष्ट्रपति याेवेरी मुसीभेनीकाे प्रचार गरेकाे भन्दै युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरिएका छन् । एजेन्सी

     


    मंसिर १७, २०७८ शुक्रवार १२:०७:२४ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    भारतमा घट्दै कोरोना संक्रमित, एकैदिन ३ लाख संक्रमित थपिए

  • 128
    SHARES
  • भारतमा घट्दै कोरोना संक्रमित, एकैदिन ३ लाख संक्रमित थपिए

    एजेन्सी - भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ । पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ३३ हजारले कमि हो । अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले संक्रमण घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    भारतमा अझै पनि कूल संक्रमितको ५ दशमलव ६९ प्रतिशत सक्रीय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३९ जनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये ६० प्रतिशत खोप नलगाएका वा एक मात्र खोप लगाएका भएको बताइएको छ । 

    संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्र पारेको छ । अहिलेसम्म ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् । 
     

     


    माघ १०, २०७८ सोमवार १०:२०:५५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    एलन मस्कसहितका अर्बपतिहरुको ट्विटरमा बहसः जनसंख्या पतनको विकल्प कृत्रिम कोख

  • 150
    SHARES
  • एलन मस्कसहितका अर्बपतिहरुको ट्विटरमा बहसः जनसंख्या पतनको विकल्प कृत्रिम कोख

    एजेन्सी - अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाका मालिक एलन मस्क, इथेरियमका सहसंस्थापक भितालिक बुटेरिन तथा इ कमर्स फाेरम गुमारोडका संस्थापक सहिल लाभिंगियाबीच ट्विटरमा कृत्रिम काेख चर्को बहस बढेको छ । 

    images

    जनसंख्या पतनको बढ्दो सम्भावना र त्यसलाई समाधान गर्न कृत्रिम कोख –सिन्थेटिक वम्ब) बारे ट्विटरमा बहस बढेको हो । 

    एउटा पछिल्लो ट्विटमा मस्कले भनेका छन्, ‘जनसंख्याको सम्भावित पतनबारे हामीले सोच्नै पर्छ ।’ मस्कको ट्विटलाई जबाफ दिँदै लाभिंगियाले लेखेका छन्, ‘हामी सजिलै, चाँडो, सस्तो र सबैलाई पहुँच हुने सिन्थेटिक कोख प्रविधिको विकास गर्नुपर्छ ।’ उनीहरुको च्याट जनसंख्या पतन र कृत्रिम कोखको विकासमा केन्द्रित थियो । 

    आगामी केही दशकपछि मानिसहरु मंगल ग्रहमा बस्ने ठोकुवा गर्दै आएका मस्कका लागि जनसंख्या पतन निश्चय नै चिन्ताको विषय हो । किनकी पृथ्वीमा नै मानिसको पतन भए मंगल ग्रहमा बसाइँ सार्ने उनको योजना पुरा हुने छैन् । 

    ट्विटरमा दुई जनाबीच बहस बढिरहेका बेला अर्का अर्बपति बुटेरिनले लेखेका छन्, ‘सिन्थेटिक कोखले गर्भधारण र महिला तथा पुरुषबीच हुने असमानताको विभेद हटाउछ ।’

    के हो कृत्रिम कोख ?
    कृत्रिम कोख एउटा यस्तो उपकरण हो, जसले वाह्य गर्भावस्थालाई अनुमति दिन्छ । यस प्रकृयामा भ्रुणको विकास जीवको शरीर बाहिर हुन्छ । नेदरल्याड्सका वैज्ञानिकहरुले कृत्रिम कोख विकास गरिरहेको र त्यसले समय नपुगी जन्मिने शिशुलाई जोगाउने सन् २०१९ को एउटा रिपोर्टमा बीबीसीले जनाएको थियो । 

    विज्ञहरुका अनुसार नवजात शिशुहरुको ठूलो संख्यामा मृत्यु हुनुको मुख्य कारण समय नपुगी जन्मिनु हो । तर, कृत्रिम भ्रुणको अवधारणाले विभिन्न कानुनी प्रश्न पनि खडा गरेको छ ।


    माघ १०, २०७८ सोमवार ११:४६:०२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा गरे एक व्यक्तिले, विमानस्थलबाट पक्राउ

  • 228
    SHARES
  • विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा गरे एक व्यक्तिले, विमानस्थलबाट पक्राउ

    एजेन्सी - दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ ।

    images

    तसर्थ, पांग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ । पक्राउपछि उनलाई अस्पताल लगिएको थियो ।

    विमानमा जोहेनस्वर्गबाट एम्स्टर्ड्याम पुग्न ११ घन्टा लाग्छ । त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई दुर्लभ घटना मानिएको छ । अत्यधिक हावा र अक्सिजनको अभावमा पांग्रामा झुन्डिएर यात्रा गर्ने मानिसको मृत्यु हुनेगर्छ ।


    माघ १०, २०७८ सोमवार १४:२३:५९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पाकिस्तानले पायो सर्वोच्चमा पहिलो महिला न्यायाधीश, तर देशभरका वकिलको विरोध

  • 138
    SHARES
  • पाकिस्तानले पायो सर्वोच्चमा पहिलो महिला न्यायाधीश, तर देशभरका वकिलको विरोध

    एजेन्सी - पाकिस्तानमा पहिलो पटकमा सर्बोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च आदलतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् । 

    images

    बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।  

    मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन् । किनकी उनको प्रमोसनमा देशभरका वकिलहरुले विरोध गरेका थिए । वरिष्ठताका हिसावले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन् । मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सीलले पनि आन्दोलन घोषणा गरेको थियो । 

    सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो । 


    माघ १०, २०७८ सोमवार १४:३६:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    रुस-युक्रेन संकट : नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो

  • 114
    SHARES
  • रुस-युक्रेन संकट : नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो
    एजेन्सी - युक्रेन मुद्दाबारे रूस र पश्चिमा देशबीच जारी तनाव बढेको छ । सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ। 

    उता, युक्रेनमाथि रूसको हमलाको आशंकाका बीच आयरल्याण्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ । 

    images

    युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र यूरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् । 

    रूसले आफ्नो छिमेकी देश युक्रेनको सीमामा करिब एक लाख सैनिक र ठूलो संख्यामा हतियार तैनाथ गरेको छ । यसलाई लिएर तनावको अवस्था बनेको छ । तर रुसले भने युक्रेनमाथि आक्रमण गर्ने योजनालाई अस्वीकार गर्दै आएको छ । 
     


    माघ १०, २०७८ सोमवार २१:४०:१३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    यसकारण पाकिस्तानी प्रधानमन्त्री खानलाई अचेल लाग्दैन निद्रा

    यसकारण पाकिस्तानी प्रधानमन्त्री खानलाई अचेल लाग्दैन निद्रा

    काठमाडौं - देशको टाउकोमा थुप्रिएको अत्यधिक ऋण, मुद्रास्फीति र अनियन्त्रित महँगीका कारण आफूलाई अचेल निद्रा नलाग्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताएका छन् । एक नयाँ मिडिया रिपोर्टले पनि यो तथ्य पुष्टि गरेको छ । तथापि, महँगीबारे कोरोना महामारी बढी जिम्मेवार रहेको पनि इमरानले स्पष्टीकरण दिएका छन् । 

    images

    पाकिस्तानी अखबार ‘डन’का अनुसार, आकाश छुँदै गएको महँगीले आफूलाई राति निदाउन नदिएको इमरानको स्वीकारोक्ति छ । उनले मुद्रास्फीति विश्वव्यापी समस्या भएको पनि भन्न भ्याएका थिए ।

    सन् २०१८ मा राजनीतिइतरका व्यक्ति प्रधानमन्त्री हुँदा पाकिस्तानी जनता निकै खुसी थिए । क्रिकेटमा खुबै जमेका र देशको प्रतिनिधित्व गरेका खेलाडी इमरान जब पाकिस्तानको सत्तामा उक्लिए तब त्यहाँका जनतामा आशा पलाएको हो । तर परिस्थिति सोचेजस्तो भएन । इमरानले आफ्नो नेतृत्वको पाकिस्तान तहरिक-ए–इन्सान पार्टी सत्तामा जाँदा देशले ठूलो व्यापारघाटा बेहोरिरहेको बताएका छन् । यसले गर्दा आयात मूल्य बढ्न गएको र परिणामतः महँगी बढेको उनको भनाइ छ ।

    पाकिस्तानले महामारी नियन्त्रणका लागि आठ हजार बिलियन डलर खर्च गरेको छ । तर पनि कोरोना महामारी पूर्ण नियन्त्रणमा आएको छैन । सबै नागरिकसम्म खोप पुगेको छैन । पाकिस्तानमा महँगीको मार सबैभन्दा बढी आवधिक तलबमा काम गर्ने वर्ग परेको देखिएको छ ।

    पाकिस्तानको बाह्य ऋणको अंक भयावह छ । ‘टे«डिङ इकोनोमिक्स ग्लोबल माइक्रो मोडल्स एन्ड एनालिस्ट’का अनुसार २०२२ सम्ममा पाकिस्तानको बाह्य ऋण एक लाख १८ हजार पाँच सय मिलियन अमेरिकी डलर पुग्ने अनुमान छ । यो ठूलो ऋण तिर्ने उपाय पाकिस्तानले अहिलेसम्म फेला पार्न सकेको छैन ।

    गत महिनामात्रै पाकिस्तानले साउदी अरबसँग एक वर्षे ऋण लियो । कतिपय विश्लेषकहरू पाकिस्तान अहिले चिनियाँ ऋणको पासोमा परिसकेको बताउँछन् । केही महिनाअघि उक्त दक्षिण एसियाली मुलुकले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि ऋण लिएको थियो । उक्त ऋण निकै विवादमा परेको थियो । 

    धनी तथा शुभेच्छुक मुलुक र अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूसँगको ऋणले सबैभन्दा बढी त्यहाँका नागरिकमाथि भार पर्न गएको छ । अहिले प्रत्येक पाकिस्तानी नागरिकको टाउकोमा ११ सय एक अमेरिकी डलर ऋण रहेको छ । 

    कुनै समय पाकिस्तान दक्षिण एसियाको धनी देशहरूमध्ये एक थियो । कतिपय अर्थशास्त्रीहरू २०१० देखि उक्त देश ओरालो लाग्न थालेको बताउँछन् । अहिले अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँको मूल्य पनि निकै तल रहेको छ । 

    अधिकारकर्मीहरू पाकिस्तानमा सबैभन्दा कमजोर मानवअधिकार रहेको बताउँछन् । सोही कारण पाकिस्तानी नागरिकको व्यक्तिगत उन्नति हुन नसकेको उनीहरूको धारणा छ । त्यहाँ उत्पादकत्व पनि निकै खस्केको छ । पाकिस्तानमा पछिल्लो समय सडकमा बसेर माग्नेहरूको संख्या पनि उत्तिकै बढेको छ । 

    कलाकार, खेलाडी तथा राजनीतिकर्मी इमरानलाई निद्रा नलाग्नु स्वाभाविक छ । उनले जेजस्तो सपना बोकेर राजनीतिमा प्रवेश गरेका थिए, त्यो साकार हुन सकिरहेको छैन । भन्न सकिँदैन, त्यो सार्क देशले कहिले आफ्नो मुहार फेर्ला र प्रधानमन्त्री इमरानले कुन दिनदेखि मज्जाले निदाउन सक्लान् !

     


    माघ १०, २०७८ सोमवार २२:१०:२९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर