• Jan 24 2022 | २०७८, माघ १०गते

२०७८, माघ १०गते

पाकिस्तानमा प्रधानमन्त्रीकाे अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् मन्त्री

क्यानाडा नेपाल मंसिर १७ २०७८
  • 480
    SHARES
  • images
    images
    पाकिस्तानमा प्रधानमन्त्रीकाे अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् मन्त्री

    इस्लामाबाद - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा राेक लगाएकाे विवरणहरु सार्वजनिक भएका छन् ।

    images

    आफू सामान्यतया विदेश भ्रमण नगरेकाे र अन्य मन्त्रीहरुलाई पनि आफ्नाे अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएकाे विवरणहरुमा जनाइएकाे छ । 

    सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशकाे जल्दाेबल्दाे समस्या समाधान गर्नुपर्ने उनकाे भनाई छ । सामान्य गाेष्ठी वा सम्मेलनकाे बहानामा सकभर मन्त्रीले विदेश भ्रमण गर्न नहुने उनकाे सुझाव छ । 'हाम्रा लागि विदेश भ्रमणभन्दा सरकारी काम पहिलाे प्रथमिकता हाे,' खानले भनेका छन् । 

    यसैबीच, काेभिड संक्रमणकाे नयाँ भाइरस ओमिक्राेनकाे त्रास बढिरहेका बेला खाेपसम्बन्धी नयाँ याेजना घाेषणाा गरेकाे छ । सरकारले स्वास्थ्यकर्मी र ५० वर्षमाथिका मानिसहरुलाइ बुस्टर डाेज दिने भएकाे छ । एजेन्सी

     


    मंसिर १७, २०७८ शुक्रवार १४:२४:३५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # इमरान खान

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    मोदीले भने - भारतलाई हल्लाउने कुनै शक्ति छैन

  • 152
    SHARES
  • मोदीले भने - भारतलाई हल्लाउने कुनै शक्ति छैन

    एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् ।

    images

    स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’

    सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ,’ मोदीले भने । सन् २०४७ मा भारतले १००औं स्वतन्त्रता दिवस मनाउनेछ ।

    देशका लागि सेवा गर्ने क्रममा सहिद भएका सुरक्षाकर्मीप्रति श्रद्धान्जली व्यक्त गर्दै मोदीले भने, ‘देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।’
     

     


    माघ १०, २०७८ सोमवार ०८:५७:५५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नाइट क्लबमा आगो लाग्यो, १६ जनाको मृत्यु

  • 126
    SHARES
  • नाइट क्लबमा आगो लाग्यो, १६ जनाको मृत्यु

    एजेन्सी - क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा आठ जना घाईते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो । पट्काबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो । 

    images

    घटनाबारे सरकारले अनुसन्धान सुरु गरेको छ । बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति पाउल वियाले गहिरो समवेदना व्यक्त गरेका छन् ।

    आगलागीमा जलेकामध्ये केहीको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्यामरुनमा यसअघि पनि नाइट क्लबमा आगो लाग्दा क्लबमा रमाउन गएका मानिसहरुको जलेर मृत्यु भएको थियो । 
     


    माघ १०, २०७८ सोमवार ०९:३३:१७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भारतमा घट्दै कोरोना संक्रमित, एकैदिन ३ लाख संक्रमित थपिए

  • 128
    SHARES
  • भारतमा घट्दै कोरोना संक्रमित, एकैदिन ३ लाख संक्रमित थपिए

    एजेन्सी - भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ । पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ३३ हजारले कमि हो । अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले संक्रमण घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    भारतमा अझै पनि कूल संक्रमितको ५ दशमलव ६९ प्रतिशत सक्रीय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३९ जनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये ६० प्रतिशत खोप नलगाएका वा एक मात्र खोप लगाएका भएको बताइएको छ । 

    संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्र पारेको छ । अहिलेसम्म ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् । 
     

     


    माघ १०, २०७८ सोमवार १०:२०:५५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    एलन मस्कसहितका अर्बपतिहरुको ट्विटरमा बहसः जनसंख्या पतनको विकल्प कृत्रिम कोख

  • 150
    SHARES
  • एलन मस्कसहितका अर्बपतिहरुको ट्विटरमा बहसः जनसंख्या पतनको विकल्प कृत्रिम कोख

    एजेन्सी - अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाका मालिक एलन मस्क, इथेरियमका सहसंस्थापक भितालिक बुटेरिन तथा इ कमर्स फाेरम गुमारोडका संस्थापक सहिल लाभिंगियाबीच ट्विटरमा कृत्रिम काेख चर्को बहस बढेको छ । 

    images

    जनसंख्या पतनको बढ्दो सम्भावना र त्यसलाई समाधान गर्न कृत्रिम कोख –सिन्थेटिक वम्ब) बारे ट्विटरमा बहस बढेको हो । 

    एउटा पछिल्लो ट्विटमा मस्कले भनेका छन्, ‘जनसंख्याको सम्भावित पतनबारे हामीले सोच्नै पर्छ ।’ मस्कको ट्विटलाई जबाफ दिँदै लाभिंगियाले लेखेका छन्, ‘हामी सजिलै, चाँडो, सस्तो र सबैलाई पहुँच हुने सिन्थेटिक कोख प्रविधिको विकास गर्नुपर्छ ।’ उनीहरुको च्याट जनसंख्या पतन र कृत्रिम कोखको विकासमा केन्द्रित थियो । 

    आगामी केही दशकपछि मानिसहरु मंगल ग्रहमा बस्ने ठोकुवा गर्दै आएका मस्कका लागि जनसंख्या पतन निश्चय नै चिन्ताको विषय हो । किनकी पृथ्वीमा नै मानिसको पतन भए मंगल ग्रहमा बसाइँ सार्ने उनको योजना पुरा हुने छैन् । 

    ट्विटरमा दुई जनाबीच बहस बढिरहेका बेला अर्का अर्बपति बुटेरिनले लेखेका छन्, ‘सिन्थेटिक कोखले गर्भधारण र महिला तथा पुरुषबीच हुने असमानताको विभेद हटाउछ ।’

    के हो कृत्रिम कोख ?
    कृत्रिम कोख एउटा यस्तो उपकरण हो, जसले वाह्य गर्भावस्थालाई अनुमति दिन्छ । यस प्रकृयामा भ्रुणको विकास जीवको शरीर बाहिर हुन्छ । नेदरल्याड्सका वैज्ञानिकहरुले कृत्रिम कोख विकास गरिरहेको र त्यसले समय नपुगी जन्मिने शिशुलाई जोगाउने सन् २०१९ को एउटा रिपोर्टमा बीबीसीले जनाएको थियो । 

    विज्ञहरुका अनुसार नवजात शिशुहरुको ठूलो संख्यामा मृत्यु हुनुको मुख्य कारण समय नपुगी जन्मिनु हो । तर, कृत्रिम भ्रुणको अवधारणाले विभिन्न कानुनी प्रश्न पनि खडा गरेको छ ।


    माघ १०, २०७८ सोमवार ११:४६:०२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा गरे एक व्यक्तिले, विमानस्थलबाट पक्राउ

  • 214
    SHARES
  • विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा गरे एक व्यक्तिले, विमानस्थलबाट पक्राउ

    एजेन्सी - दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ ।

    images

    तसर्थ, पांग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ । पक्राउपछि उनलाई अस्पताल लगिएको थियो ।

    विमानमा जोहेनस्वर्गबाट एम्स्टर्ड्याम पुग्न ११ घन्टा लाग्छ । त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई दुर्लभ घटना मानिएको छ । अत्यधिक हावा र अक्सिजनको अभावमा पांग्रामा झुन्डिएर यात्रा गर्ने मानिसको मृत्यु हुनेगर्छ ।


    माघ १०, २०७८ सोमवार १४:२३:५९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पाकिस्तानले पायो सर्वोच्चमा पहिलो महिला न्यायाधीश, तर देशभरका वकिलको विरोध

  • 132
    SHARES
  • पाकिस्तानले पायो सर्वोच्चमा पहिलो महिला न्यायाधीश, तर देशभरका वकिलको विरोध

    एजेन्सी - पाकिस्तानमा पहिलो पटकमा सर्बोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च आदलतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् । 

    images

    बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।  

    मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन् । किनकी उनको प्रमोसनमा देशभरका वकिलहरुले विरोध गरेका थिए । वरिष्ठताका हिसावले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन् । मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सीलले पनि आन्दोलन घोषणा गरेको थियो । 

    सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो । 


    माघ १०, २०७८ सोमवार १४:३६:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल