• Jan 24 2022 | २०७८, माघ १०गते

२०७८, माघ १०गते

वर्षा र हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द  

क्यानाडा नेपाल मंसिर १७ २०७८
  • 570
    SHARES
  • images
    images
    वर्षा र हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द  

    हुम्ला - राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा बिहीबार बिहानदेखि हिमपात र वर्षा भएसँगै हवाई यातायात बन्द हुन पुगेको छ ।

    images

    खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएपछि सिमकोटमा दैनिक उपाभोग्य वस्तु भित्रिएको छैन् । दुई दिन लगातार सिमकोटमा पानी परिरहेका कारण हवाई सेवा अवरुद्ध हुनुका साथै खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री ढुवान हुन नसकेको हो । यस्तै जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने जिल्ला बाहिर नेपालगञ्जबाट हुम्ला पुग्ने यात्रु उतै रोकिएका हुन् ।

    सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न समस्या बनाएको छ । सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा बिहीबारदेखि निरन्तर पानी परिरहेको छ भने उत्तरी हुम्लामा हिमपात भइरहेको छ ।

    मौसममा फेरबदल आउँदा सिमकोटमा चिसो बढेको हो । चिसोका कारण कमै मात्र सेवाग्राही सेवा लिन आएको सनलाइफ इन्सोरेन्सका कर्मचारी धनबहादुर भण्डारीले बताए । हिमपात र वर्षाका कारण यस वर्ष हुम्लामा चिसो अत्यधिक बढेको छ । उत्तरी हुम्लामा हिमपातले विकास निर्माणका कार्यसमेत प्रभावित भएका छन् । हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ ।सुरेश परियार

     


    मंसिर १७, २०७८ शुक्रवार १८:१४:११ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # हिमपात

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

  • 192
    SHARES
  • ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

    ललितपुर - कर्मचारीमा पनि काेराेना भाइरसकाे संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेकाे छ । 

    images

    महानगरले जारी गरेकाे विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेकाे हाे ।

    प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएकाे हाे । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर  प्रहरी भने सञ्चालनमा रहनेछन् ।

     


    माघ १०, २०७८ सोमवार ०८:०९:२७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कोरोनाका कारण सदर चिडियाखाना एक हप्ताको लागि बन्द

  • 152
    SHARES
  • कोरोनाका कारण सदर चिडियाखाना एक हप्ताको लागि बन्द

    काठमाडौ - जावलाखेलमा रहेको सदर चिडियाखाना एक हप्ताको लागि बन्द गरिएको छ । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार एक हप्ताको लागि चिडियाखाना बन्द गरिएको हो । 

    images

    यसअघि चिडियाखानामा एक पटकमा पाँच सय मात्र प्रवेश गर्न पाइने व्यवस्था गरिएको थियो । 

    तर पछिल्लो समय संक्रमण तिव्र बनेपछि एक हप्ताको लागि बन्द गरिएको हो । चिडियाखानामा ११० प्रजातिका १ हजार ६८ जीव जनावर  रहेका छन् । 


    माघ १०, २०७८ सोमवार ०९:१३:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राज्यले किन देख्दैन उपल्लो डोल्पाको दुःख ?

  • 218
    SHARES
  • राज्यले किन देख्दैन उपल्लो डोल्पाको दुःख ?

    जाजरकोट - उपल्लो डोल्पा एक भुगोल मात्र होइन, सीमा रक्षा गर्ने विनाबर्दीका सिपाहीहरूको खास ठाउँ हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमकै बीचमा पनि जीवन चलाउनुपर्ने बाध्यता  छ । 

    images

    उपल्लो डोल्पा पुग्न भारी खर्चिलो छ । दूरीका हिसावले टाढा नभए पनि राज्यको आँखा नपर्दा उपल्लो डोल्पा जानका लागि फलामको चिउरा चपाउनुसरह मानिन्छ । ठूलो जिल्लाको रुपमा परिचित भए पनि डोल्पावासीको जनजीवन निकै कष्टपूर्ण रहेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङले बताए 

    ‘चामलकै लागि हामीले राज्यलाई ज्ञापनपत्र बुझाउनु पर्छ । उपल्लो डोल्पामा औषधि नपाएर मानिस मर्दा सामान्यझैँ लाग्छ राज्यलाई । तर, काठमाडौँमा कुकुर मर्दा बजारभरि चर्चा हुन्छ,’ उनले भने । राज्यको स्रोत परिचालन र वितरण प्रणाली पक्षपाति हुँदा डोल्पामा दुःख पाएको उनको भनाइ छ । 

    उपल्लो डोल्पाका तीन पालिकाको हावा, पानी र भूगोल सबै मिलेकोले स्वायत्त क्षेत्र घोषणा गरेर छुट्टै प्याकेज बनाई विकास गर्नुपर्ने स्थानीय ग्याल्वो भोटेले बताए । 

    डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभूमिसंग जोडिएको छ । साल्दाङस्थित ऐतिहासिक तथा धार्मिक स्थल शे गुम्बा र फोक्सुण्डो रिग्मो गाउँ र पर्यटकीय स्थल फोक्सुण्डो ताल यहाँ छ । यो ठाउँमा जानका लागि स्थल मार्ग हुँदै सदरमुकामबाट कम्तिमा दुइ दिन लाग्छ । घोडेटो बाटो हुँदै पैदल हिँडेर जानुपर्छ । 

    सडक सञ्जालसँग नजोडिएको यहाँ हिउँ चितुवा, कस्तुरी र जडिबुटी प्रशस्त पाइन्छ । तर, देशमा व्यवस्था बदलियो, डोल्पाको अवस्था बदलिएन । 
    उपल्लो डोल्पामा सधै झै चिसो भएपनि यो समयमा भारी हिमपातले  झनै चिसो खपिनसक्नु छ  । तापक्रम माइनसमा झरे पनि यहाँका मानिसहरू अफ्नो दिनचर्या चलाउन बाध्य छन्  । केही हुने खानेहरू ओलतीर झरे पनि अधिकांश सर्वसाधारणहरू उपल्लो डोल्पामै छन् ।  मुसी, निजाल, फोत, कु, साल्दाङ, कराङ, कोमा, नाम्दो, भिजेरलगायतका गाउँका मानिसहरू चिसोमा मुकाविला गर्दै थाकथलो छोकेका छैनन् । 

    हिउँमा चौंरी, याक र घोडामा सामान बोकाएर जीवन निर्वाह गर्नु पर्दाको डोल्पाली दुःखी छन् । तल्लो डोल्पा झर्नेहरू हिउँदको करिब ६ महिना काइगाउँ, कागेनी, सुलिगाड, पहाडामा टेन्टमा हिउँद गुजार्छन् । केहीको अस्थायी घर छ । केही भने कोठा भाडामा लिएर बस्छन् ।

    उपल्लो डोल्पालीले औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायतका बाली थन्क्याइसक्छन् । उनीहरूलाई आफ्नो उत्पादनले तीनदेखि चार महिनासम्म मात्र खान पुग्छ । बाँकी समयका लागि तिब्बत र दुनैबाट खाद्यान्न किनी घोडा र खच्चडलाई बोकाएर ल्याउनुपर्छ । 

    वैशाख लागेपछि उपल्लो डोल्पा जानेको फेरि अर्को लाग्छ । फर्कनासाथ बाली लगाउने र यार्सागुम्बु संकलन गर्ने समय हुन्छ । यार्चागुम्बु उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो । पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन ।

    शे–फोक्सुन्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध तिब्बतसँग जोडिएका छन् । सदरमुकाम दुनै सडक सञ्जालले जोडिए पनि त्यसमाथि सडक छैन । उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ । सवारीको मुख्य साधन घोडा हो । खच्चडबाट दुनै र त्रिपुराकोटबाट सामान ढुवानी गरिन्छ ।

    साल्दाङ शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो । फोक्सुन्डो ताल र करिब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा यहीं छन्  । उपल्लो डोल्पा पदयात्राका लागि प्रख्यात रहेको ठाउँ हो  । 

    शे–फोक्सुन्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ । सबै स्थानीयको मुख्य बजार नै क्याटो हो । कोभिड संक्रमणका कारण उक्त नाका खुलेन । छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिम–ला नाका जोडिएको छ । धो तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त बजारमा किनमेल गर्छन् । तर, ति सबै अहिले हिमपातले गर्दा जान सक्ने र आउन सक्ने अवस्था छैन ।

    संघीय सरकारले दुवै नाकालाई खुला गर्ने प्रक्रिया अघि बढाएको भने पनि त्यो परिणाममा उपल्लो डोल्पालीले देखेका छैनन् । उपल्लो डोल्पाका बालबालिकाले हिमपातका समयमा नियमित पाउने खोप समेत पाउदैनन् । अहिले देशैभरि चलेको कोभिडको खोपसमेत उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।
     


    माघ १०, २०७८ सोमवार ११:५९:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा

  • 136
    SHARES
  • पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा

    काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ । 

    images

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीको निर्देशनअनुसार सोमबारदेखि सो व्यवस्था सुरू गरिएको हो । महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ । 

    ‘फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौं,’ एसएसपी जोशीले भने । ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुवर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एन्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।


    माघ १०, २०७८ सोमवार १४:४९:२१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    १६ पुसदेखि हराइरहेकी सीताको शव घरभित्रै फेला, यसरी खुल्यो रहस्य

  • 208
    SHARES
  • १६ पुसदेखि हराइरहेकी सीताको शव घरभित्रै फेला, यसरी खुल्यो रहस्य

    धनकुटा - गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका(४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको ज्यान लिइ पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फेला परेको हो ।

    images

    शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।

    उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोजतलाश गरे पनि फेला पार्न सकेको थिएन । लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो। 

    घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले ज्यान लिएको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए। श्रीमतीको ज्यान लिइ घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ।


    माघ १०, २०७८ सोमवार १८:२९:२६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन

    मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन

    काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । 

    images

    सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । 

    biplov.jpg

    उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे । 


    माघ १०, २०७८ सोमवार १९:२०:४६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर