• Jan 24 2022 | २०७८, माघ १०गते

२०७८, माघ १०गते

एमाले महाधिवेशन सकिने वित्तिकै प्रचण्ड चितवनमा, शिलान्यास र उद्घाटनमा व्यस्त

क्यानाडा नेपाल मंसिर १८ २०७८
  • 610
    SHARES
  • images
    images
    एमाले महाधिवेशन सकिने वित्तिकै प्रचण्ड चितवनमा, शिलान्यास र उद्घाटनमा व्यस्त

    चितवन - नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेन सकिन वित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवन आइपुगेका छन् । गृहजिल्लामा प्रचण्डको आउजाउ बाक्लिएको हो ।

    images

    महाधिवेशनअघि मात्रै प्रचण्डले ६ जना मन्त्री भरतपुरमा उतारेर विकास बहसको कार्यक्रम गरेका थिए । शुक्रबार चितवन आइपुगेका प्रचण्डले शनिबार बिहानै सी बिच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।

    एमालेले महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमै गरेको थियो । एमाले महाधिवेशनको उद्घाटन सत्र स्थलमा आयोजित शिलान्यास कार्यक्रममा प्रचण्डले एमाले नेता कार्यकर्ताले चितवनको विकास देख्नुका साथै यहाँको राजनितिक महत्व के हो भन्नु कुरा पनि स्थापित गरेर गएको बताए । 

    ‘देशभरीका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक पर्यटकीय स्थल, सबै जल जंगलको स्थिति बुझेर जानु भनेको चितवनवासी र हामी जनप्रतिनिधिका लागि खुसीको कुरा हो,' उनले भने ।

    एमालेको महाधिवेशन चितवनमा हुनुलाई आफूले नकरात्मक रुपमा नलिएको उनले बताए । यद्यपि यसअघिका विभिन्न कार्यक्रममा बोल्दा एमालेले आफूलाई सिध्याउनकै लागि चितवनमा महाधिवेशन गरेको प्रचण्डले बताएका थिए ।

    प्रचण्डले यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको सवारी दर्ता तथा सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को नवीकरण सेवा शुभारम्भको पनि शनिबार उद्घाटन गरे । बागमती प्रदेशअन्तर्गतको यातायात सेवा कार्यालयले स्मार्ट लाइसेन्सको नविकरण गर्न पाउने अधिकार पाएलगत्तै सेवा सञ्चालन गरेको हो ।

    १८-१९ मंसिरसम्म चितवनमा हुन लागेको प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको प्रचण्डले उद्घाटन गर्दै छन् । उद्घाटनसँगै महाधिवेशनलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।  कुलप्रसाद काफ्ले


    मंसिर १८, २०७८ शनिवार ११:२०:२१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल 'प्रचण्ड'

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ?

  • 174
    SHARES
  • राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ?

    दाङ - राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २० फागुनदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण १२ माघमा सबै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन गर्न लागिएको हो । 

    images

    लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा निर्वाचनको हुँदैछ । निर्वाचनमा तीन पदका लागि ६ जनाको प्रतिस्पर्धा छ । गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार प्रस्तुत भएका छन् भने एमाले एक्लै चुनावी प्रक्रियामा सामेल भएको छ । 

    निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट तीनजना उम्मेदवार छन् । दलीय सहमतिअनुसार नेपाली कांग्रेस, जनमोर्चा र  एकीकृत समाजवादीका एक-एकजनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो)को तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार बनेका छन् । खुलाबाट शर्माले महिलाबाट गैरेले र दलितबाट विश्वकर्माले उम्मेदवार हुन् । 
    एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार बनाइएका छन् । 

    लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय सभाको मतभार सात हजार सात सय ५८ रहेको छ । लुम्बिनीमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चितप्राय: छ । मतभारका आधारमा गठबन्धनका उम्मेदवारकाे पक्षमा बहुमत हुने देखिन्छ ।

    एक वर्षअघि भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरेका थिए । राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा नाैजना मतदाता रिक्त छ । ८७ प्रदेश सभा सदस्यबाट ८१ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१५ जनाले मत दिनेछन् । 

    स्थानीय तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष विपक्षी गठबन्धनका बढी छन् । लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ । गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्ष ३० स्थानमा जितेको छ । त्यसअनुसार कांग्रेसका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी ६३ मतदाता छन् । 
    माओवादी केन्द्रका ३६ प्रमुख उपप्रमुख छन् । एकीकृत समाजवादीका चारजना प्रमुख, उपप्रमुख छन् । जसपाका १३ प्रमुख, उपप्रमुख छन् । जनमोर्चामा पाँच प्रमुख, उपप्रमुख छन् । राप्रपाका दुई र स्वतन्त्र चार प्रमुख, उपप्रमुख छन् । एमालेका ८८ प्रमुख,उपप्रमुख छन् ।

    प्रदेश सभा सदस्यमा एमालेका ३६, कांग्रेसका १९, माओवादीका १९, जसपाका चार, राजमाेकाे एक, एकीकृत समाजवादीका एकजना छन् । 

    प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख, उपप्रमुखको १८ मतभार रहेको छ। यसरी हेर्दा गठबन्धनका उम्मेदवारहरूको मतभार धेरै हुने देखिन्छ । प्रदेश सांसदको मतभार तीन हजार आठ सय ८८ र पालिका प्रमुख, उपप्रमुखको मतभार तीन हजार आठ सय ७० रहेको छ । 
     


    माघ १०, २०७८ सोमवार १८:५३:११ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    १९ बुँदे पत्र दिएर एमालेले भन्यो- सरकारको रवैयाले जनअपेक्षामा कुठाराघात भयो

    १९ बुँदे पत्र दिएर एमालेले भन्यो- सरकारको रवैयाले जनअपेक्षामा कुठाराघात भयो

    पोखरा - गण्डकीमा नयाँ सरकार गठन भएको नाै महिना पुग्न लागेको छ । २९ जेठमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा चार राजनीतिक दलको गठजोडबाट एमाले सरकार विस्थापित गरेको थियो । सरकार गठनको नाै महिना पुग्नै लाग्दासमेत सरकारले आशातित काम नगरेको भन्दै एमाले संसदीय दल गण्डकीले सरकारको ध्यानाकर्षण गराएको छ ।

    images

    १९ बुँदे पत्र मुख्यमन्त्रीलाई थमाएर एमालेले भन्यो, ‘विगतमा निर्धारण गरिएका योजना र विकासका लक्ष्यहरुलाई कटौती गरेर नयाँ योजनाहरूमा रकमान्तर गरिरहेको छ । गण्डकी सरकारको यस्तो रवैयाले यस प्रदेशका जनताको विकासको अपेक्षामा ठूलो कुठाराघात भएको छ ।’

    एमालेले यसअघि ३१ साउनमा पनि ध्यानाकर्षण पत्र बुझाएको थियो । उक्त पत्रको सम्बोधन सरकारले नगरेको एमालेले आरोप लगायो । राजनीतिक पूर्वाग्रहका साथ विकासका काममा ढिलासुस्ती गरिएको र प्रदेश गौरवका योजनाहरूमा समेत उदासिन रहेको प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।

    ‘गौरवका आयोजना र निर्धारण गरिएका बहुवर्षीय योजनाहरु सम्पन्न नगरी कसरी नयाँ योजनाहरू अघि बढाउन सकिन्छ ? सम्पन्न भइसकेका र हुँदै गरेका योजनाहरूमा बजेट व्यवस्थापन नगरी, कामलाई प्राथमिकतामा नराखी नयाँ योजनामा प्रवेश गर्नु बजेटको दुरुपयोग हो,’ उनले भने, ‘सबै बहुवर्षीय योजनाहरू समय मै सम्पन्न गरिनुपर्दछ र सम्पन्न योजनाहरूको दोस्रो खण्डको काम प्रारम्भ गरिनु पर्दछ ।’  आर्थिक वर्षको अन्त्यमा बहुवर्षीय योजना थपेर आर्थिक भार बढाएको आरोपसहित पुराना सरकारको योजना अहिलेको सरकारले कटौति गरेको थियो ।

    पछि दुई पक्षबीच सहमति गरेर काटिएका योजना पनि समावेश गर्ने सहमति भएको थियो । सरकार गठन भएकै दिन निर्णय गरिएका योजनाहरू अहिलेसम्म अलपत्र छन् । चालू वर्षभित्रै सबै घरधुरीमा आधारभुत खानेपानी आयोजना पुर्‍याउने लक्ष्य छ । तर, सोहीअनुसार योजना बनेको छैन । तत्कालीन समयमा पहिचान गरिएका १२७ वटा खानेपानी आयोजना सम्पन्न गर्न एमालेको माग छ । यस्तै, एक घर एक धारा अभियानलाई प्राथमिकता दिन ध्यानाकर्षण गराइएको छ ।

    यो वर्ष बाढी र पहिरोका कारण धेरै सम्पत्ति क्षति भएको भन्दै त्यसको पुनः निर्माण र राहतमा सरकार अनुदार रहेको, बेमौसमी पानीका कारण धान खेती नष्ट हुँदा समेत किसानलाई राहत नदिइएको, कोभिड न्यूनीरकणमा चासो नदिइएको लगायत आरोप छ । ‘विगतमा एक घर एक पीसीआर नारा लगाउने गठबन्धन आफै‌ंले सरकार सञ्चालन गरेका बेला अहिले परीक्षण र उपचारको दायरा बढाउनु पर्दैन ? कोभिडका बिरामीलाई प्रदान गरिने राहत क-कसले के कति प्राप्त गरे तत्काल सार्वजनिक गरियोस्,’ एमाले भन्छ, ‘कोभिडको महामारी र जोखिमका बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका राष्ट्रसेवकहरूले पाउने जोखिम भत्ता उपलब्ध गराइयोस् । साथै औषधिको उपलब्धता सुनिश्चित गरियोस् ।’

    सुशासन, कर्मचारी व्यवस्थापन, गण्डकी विश्वविद्यालय, गण्डकी टेक्निकल इन्स्टिच्युट, ताल प्राधिकरण, विकास प्राधिकरण, जिल्ला अस्पतालको सुदृढीकरणमा बजेट कटौती भएको भन्दै थप्न माग गरिएको छ भने मुख्यमन्त्री जलवायु मैत्री नमुना गाउँ र होमस्टे प्रवर्द्धन, एक निर्वाचन क्षेत्र एक सडक, प्रत्येक पालिका केन्द्रमा सडक सञ्जाल पु¥याउने अभियानलाई निरन्तर अघि बढाउन सुझाव दिइएको छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भने ध्यानाकर्षणले सरकारलाई सही मार्गमा हिड्न सघाएको बताए । ‘विगतदेखि नै सत्तापक्ष र प्रतिपक्षबीच राम्रो सम्बन्ध छ । सरकारलाई प्रतिपक्षले दिएको रचनात्मक सुझावले प्रदेशको हितमा काम गर्छ,’ उनले भने, ‘सरकार सबै समस्या समाधानको पक्षमा छ । समस्यामा नजरअन्दाज गरेको छैन ।’ आगामी दिनमा अझै सुधारिएर काम गर्ने उनले बचन दिए ।


    माघ १०, २०७८ सोमवार १९:१८:०९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    देउवा एकलौटी रुपमा अघि बढ्न खोजेको शेखर कोइराला समूहको निष्कर्ष

    देउवा एकलौटी रुपमा अघि बढ्न खोजेको शेखर कोइराला समूहको निष्कर्ष

    काठमाडौं - सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ । उक्त पक्षको आज बसेको भर्चुअल बैठकमा सभापति देउवाले स्थानीय तहको निर्वाचनको मितिका विषयमा पार्टी भित्र छलफल नगरि मनोमानी रुपमा अघि बढ्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो । 

    images

    भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा कांग्रसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । 

    'निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल नै नगरि गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ, ' भर्चुअल बैठकमा सहभागी एक नेताले भने, 'यसले गर्दा स्थानीय तह निर्वाचनबारे पार्टीको आधिकारिक लाइन के हो भन्ने समस्या परेको छ ।'

    कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको थियो । गठबन्धनको आवश्यकता यसअघि प्रतिगमन विरुद्धमा रहेपनि नयाँ जनादेशमा जानका लागि नभएकोबारे छलफल भएको नेताहरुले बताएका छन् । 

    सभापति देउवाले पार्टी भित्रको ४० प्रतिशत मतको वेवास्ता गरेको भन्दै आलोचना भएको थियो । बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो । 


    माघ १०, २०७८ सोमवार १९:३२:४४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? - भीम रावल

    काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? - भीम रावल

    काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले संघीय राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव भएको भएको भन्दै सरकारको आलोचना गरेका छन्। 

    images

    सोमबार सामाजिक सञ्जालमार्फत नेता रावलले कोरोना महामारीको समयमा संघीय राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव सरकारको अयोग्यता हो या यसमा पनि नाफाखोरीको तारतम्य भन्दै प्रश्न गरेका छन् । 

    ‘जनस्वास्थ्यप्रति ध्यान नदिई औषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन्’, रावलले सोमबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ। यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ?’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।


    माघ १०, २०७८ सोमवार २०:४५:२५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    उपचारपछि स्वदेश फर्किए वर्षमान पुन, भने - 'पदाधिकारीहरु पनि सहमतिमा नै छानिन्छ'

    उपचारपछि स्वदेश फर्किए वर्षमान पुन, भने - 'पदाधिकारीहरु पनि सहमतिमा नै छानिन्छ'

    काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन् । थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार साझँ स्वदेश फर्किएका हुन् । 

    images

    साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए । पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।  

    स्वदेश फर्कने क्रममा  विमानस्थलमा पुनले पार्टीको महासचिवमा आफ्नो दाबी हुनु स्वाभाविक रहेको बताए । आफ्नो स्वास्थ्य अवस्थाका कारण महाधिवेशनमा भाग लिन नपाएपनि महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको बताए । उनले पदाधिकारीहरु पनि सहमतिमा नै छानिने पनि बताए ।

    लामो समय विदेशमा स्वास्थ्योपचार गरी पुन हिमालयन एयरलाइन्सको कार्गो विमान स्वदेश फर्किएका हुन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् ।

     


    माघ १०, २०७८ सोमवार २०:५९:४८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पार्टी अध्यक्षलाई मैले उतैबाट भनेको थिएँ, महासचिवमा मेरो स्वाभाविक दाबी छ - वर्षमान पुन

    पार्टी अध्यक्षलाई मैले उतैबाट भनेको थिएँ, महासचिवमा मेरो स्वाभाविक दाबी छ - वर्षमान पुन

    काठमाडौं - नेकपा माओवादी केन्दका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताएका छन् । थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग सो कुरा गरेका हुन् ।

    images

    उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको बताए । उनले भने - 'सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङगो लगाउनेछ ।'

    नेता पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए तापनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए । 

    उनले भने - 'प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेको छ, जिम्मेवार राजनीतिक दलकारुपमा त्यसमा उसले पुनः विचार गरोस् । लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गरोस् ।'  


    माघ १०, २०७८ सोमवार २१:२६:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल