• Jan 21 2022 | २०७८, माघ ७गते

२०७८, माघ ७गते

मुगु एक सातादेखि अन्धकार, माेबाइल चार्ज गर्न सय रूपैयाँ तिर्नुपर्ने

क्यानाडा नेपाल मंसिर १८ २०७८
  • 530
    SHARES
  • images
    images
    मुगु एक सातादेखि अन्धकार, माेबाइल चार्ज गर्न सय रूपैयाँ तिर्नुपर्ने

    मुगु - हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय माेबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन् । जेनेरेटर र साेलारबाट माेबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक माेबाइल चार्ज गरेकाे सय रूपैयाँ लिने गरेका छन् ।

    images

    नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहकाे २-२ सय किलोवाट क्षमताका मेसिनमध्ये एउटा मेसिन २०६८ सालबाट चलेकाे छैन् । त्याे मेशिनमा माकुराले जालो बनाएको छ भने अर्को मेसिनले पनि बिजुली उत्पादन नगर्दा एक सातादेखि सदरमुकाम गमगढी बजारसहितका बस्ती अन्धकार बनेकाे छ । यहाँका तीन हजार एक सय ग्राहक विद्युत सेवाबाट बञ्चित बनिरहेका छन् ।

    एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा गमगढी बजारमा ब्यवसाय गर्दै आएका पसल, होटल, उद्योग कलकारखाना, सरकारी कार्यालय, संघ संस्था, शैक्षिक संस्थान र बैकिङ कारोबार गर्दे आई रहेका संस्थानहरू सेवा प्रदान गर्न र लिन समस्या भएको स्थानीय गंगाप्रसाद न्यौपानेले बताए । मोबाईल चार्ज गर्न पनि एक सय रुपैयाँ तिर्नु परेकाे स्थानीय मणिचन्द्र भामले बताए ।

    प्रमुख जिल्ला अधिकरी रोम बहादुर महतले विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगज प्रमुख र नेपाल विद्युत प्राधिकरणक निर्देशक कुलमान घिसिङसँग यस विषयमा कुरा भएकाे बताए । विद्युत नियमित गर्न पहल पनि भइरहेकाे उनले बताए । तर, यो मेसिन सञ्चालन गरी प्रयोगमा आए पनि मेसिन पुरानो भएको हुँदा पुन: चाडै बिग्रने सम्भावना भएकाले राष्ट्रिय प्रशारण लाइन पुर्याउन सरोकारवाला सबैलाई अनुरोध र पहल कदमि गर्न आग्रह गरिएको उनले बताए ।

    जेनेरेटरको बेरिङ्ग, एक्साईटेसन आरर्मिचर मेसिनबाट बिजुली उत्पादन हुन नसक्दा विद्युत बन्द भएको हो । विद्युत सञ्चालनको लागि नेपालगन्जबाट विद्युतका सामानसहित दक्ष प्राविधिक झिकाएको भए पनि मौसमका कारणले आउन सकेका छैनन् । एक दुई दिनभित्रै दक्ष प्राविधिकले मर्मतपश्चात विद्युत सेवा सञ्चालनमा ल्याउने जनाइएकाे छ । नयाँ मेसिन खरिद भइसके पनि मेसिन केरुङमा अठ्किएकाे गमगाढ वितरण केन्द्र आयोजना मुगुका सुचना अधिकारी प्रेमप्रसाद पाण्डेले बताए ।खड्क सुनार 


    मंसिर १८, २०७८ शनिवार १७:०२:१४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # मुगु

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    कोरोनाका कारण त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित 

    कोरोनाका कारण त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित 

    काठमाडौं - कोरोनाभाइरसको संक्रमणका कारण त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित भएको छ । बिहिबार बसेको त्रिविको बैठकले ९ माघ आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । 

    images

    जारी विज्ञप्तिमा विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना संक्रमण भएकाले त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको जानकारी गराइएको छ । 
     
    यस्तो छ विज्ञप्ति - त्रिभुवन विश्वविद्यालय अन्तर्गत हाल संचालन भईरहेका अधिकांश परीक्षाहरु सम्पन्न भईसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र संचालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रि.वि केन्द्रीय परीक्षा संचालक समितिको मिति २०७८।१०।६ गते बसेको बैठकबाट हाल त्रि.वि द्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
     


    माघ ६, २०७८ बिहिवार १८:१७:५६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कोरोनाका कारण लोकसेवा आयोगका लिखित परीक्षा स्थगित

    कोरोनाका कारण लोकसेवा आयोगका लिखित परीक्षा स्थगित

    काठमाडौं - लोकसेवा आयोगले लिखित परीक्षाहरू स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले कोरोनाभाइरसको बढ्दो संक्रमण र आयोगकै कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो। 

    images

    आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने लिखित परीक्षा स्थगित गरिएको जनाएको छ । यस्तै, फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षासमेत कम्तीमा सात दिनको पूर्वसूचना दिई पुन:तालिकिकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ ।

    परीक्षा बाहेकका अन्य पूर्वनिर्धारित कार्यक्रम भने यथावत् रूपमा सञ्चालन हुने आयोगले जनाएको छ ।

    l.jpg

     

     


    माघ ६, २०७८ बिहिवार १९:१६:५५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरसहित)

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरसहित)

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । 

    images

    julus.jpg

    बिहिबार अखिल क्रान्तिकारीले मूल्यवृद्धिको विरोधमा आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो । 

    petrol.jpg

    प्रदर्शनको क्रममा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर लगायतका प्लेकार्ड बोकेर विरोधप्रदर्शन गरिएको थियो । 

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ? बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

    julu.jpg

    julus petrol.jpg

    pradasan.jpg

    pp.jpg


    माघ ६, २०७८ बिहिवार १९:२२:१७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    चितवनमा नक्कली नेपाली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ

    चितवनमा नक्कली नेपाली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ

    चितवन - चितवनमा नक्कली नेपाली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् । चितवन प्रहरीले खैरहनी नगरपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका–३ बेलचोकमा डेरा गरी बस्ने २५ वर्षीय पबिता घतानी र राप्ती नगरपालिका–७ बस्ने २७ वर्षीय गगन लाल तामाङलाई ४ माघमा पक्राउ गरेको हो ।

    images

    पक्राउ परेका व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

    नारायणगढ बेलचोकमा रहेको एक फेन्सी पसलमा कपडा खरिद गर्न गएकी पबिता घतानीले कपडा खरिद गरेपछि दिएको नोट नक्कली भएको भन्ने सूचनाको आधारमा प्रहरीले घतानीलाई पक्राउ गरेको थियो । उनको साथबाट नक्कली नेपाली नोट एक हजार रुपैयाँका १० थान बरामद गरिएको अधिकारीले बताए । 

    एचपी कम्पनीको ल्यापटप एक थान र सौर्य दैनिकको एउटा प्रेस कार्डसहित तामाङलाई सौराहाको एक होटेलबाट पक्राउ गरिएको उनले बताए ।

    नक्कली नेपाली नोट छाप्ने काममा भने अरू नै संलग्न रहेको र उनीहरू फरार रहेकाले खोजी कार्य जारी रहेको उनले बताए । उनीहरूको साथबाट एमआई कम्पनीको एउटा मोबाइल पनि बरामद गरिएको छ ।


    माघ ६, २०७८ बिहिवार १९:३१:२९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोर-विजोर प्रणाली लागू

    काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोर-विजोर प्रणाली लागू

    काठमाडौं - कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली लागू गरिने भएको छ । पछिल्लो समय उपत्यकामा तिव्र गतिमा संक्रमण बढेको छ । 

    images

    कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि उपत्यकामा शुक्रबार रातिदेखि सवारी साधनमा जोर-विजोर प्रणाली लागू गरिने भएको हो । अब उपत्यकामा जोर दिनमा जोर नम्बर र विजोर दिनमा विजोर नम्बर सवारी साधन चलाउन पाइनेछ । 

    जारी आदेशमा माघ ७ गते राति १२ बजेदेखि जोर-विजोर प्रणाली लागू हुने जनाइएको छ। यस्तै सवारी साधनमा सबैले अनिवार्य मास्क लगाएको हुनुपर्ने र सीटभन्दा बढी यात्रु राख्न नपाइने नियम राखिएको छ । 

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

     


    माघ ६, २०७८ बिहिवार २२:०२:०२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    हेर्नुहोस् यस्तो छ आजको मौसम पूर्वानुमान

    हेर्नुहोस् यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं - शुक्रबार देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा/हिमपात भईरहेको छ ।
     
    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
     
    आज राती देशभर देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतया सफा देखी आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
     
    शनिबार देशका पहाडी भू-भागहरुमा सामान्य देखी पूर्ण बदली  रही तराईका भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

    images

     


    माघ ७, २०७८ शुक्रवार ०७:१०:४९ बजे : प्रकाशित


    क्यानाडा नेपाल