• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

चितवन–पर्सा कम्प्लेक्सबाट बाघ गणना सुरु हुँदै, वनमन्त्रीले आज उद्घाटन गर्ने 

क्यानाडा नेपाल मंसिर १९ २०७८
  • 462
    SHARES
  • images
    images
    चितवन–पर्सा कम्प्लेक्सबाट बाघ गणना सुरु हुँदै, वनमन्त्रीले आज उद्घाटन गर्ने 

    चितवन - आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।

    images

    चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरु तीन कम्प्लेक्सटमा छुट्याइएको छ । 

    वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट आज साढे १० बजे राष्ट्रिय बाघ गणनाको उद्घाटन गर्दै छन् । रुखमा क्यामरा जडान गरेर मन्त्रीले उद्घाटन गर्ने छन् । बाघ गणनाका लागि देशभर छ सय क्यामरा प्रयोग गरिने छ ।

    बाघ गणना उद्घाटनका लागि वनमन्त्री यादवसहित राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागका डा. रामचन्द्र कँडेललगायतको टिम शनिबार नै चितवन आइपुगेको थियो । क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिने कँडेलले बताएका छन् । 

    नेपालमा चितवनलगायत बर्दिया, बाँके, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सन् २०१८ को गणना अनुसार नेपालमा २३५ बाघ छन् । 

    सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा छन् । त्यसपपछि बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । नेपालमा सन् २०१३ मा १९८  बाघ भेटिएको थियो । 

    बाघ गणना गर्न चितवन–पर्सा कम्प्लेक्समा मात्रै सुरुवाती चरणमा प्राविधिक र कर्मचारी गरी करिब सय जना खटिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गणना गर्दा आवश्यकता अनुसार मोटरसाइकल, गाडी र हात्तीको प्रयोग हुने उनले बताए ।

    ‘क्यामरामा बाघको फोटो कैद गरिने भएकाले गणना गर्दा प्राय मोटरसाइकल र गाडी नै प्रयोग हुन्छ, खोला तर्नुपर्ने ठाउँमा चाँहि हात्ती पनि प्रयोग हुन्छ’, उनले भने, ‘चितवन–पर्सा कम्प्लेक्समा करिब दुई महिनामा गणना गरेर सकिन्छ ।’

    बाघ गणनामा करिब तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बाघ गणनाका लागि विभिन्न संघसंस्थाहरुले पनि सहयोग गर्ने छन् ।

    फागुन मसान्तसम्म देशभरको बाघ गणना सकेर आगामी १३ साउनमा विश्व बाघ दिवसको अवसर पारेर नतिजा सार्वजनिक गर्ने विभागको योजना छ । कुलप्रसाद काफ्ले

     


    मंसिर १९, २०७८ आइतवार ०८:५६:५६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # बाघ गणना

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    आगो तापेर बसिरहेका बेला ढिस्को खस्दा दुई जनाको मृत्यु

    आगो तापेर बसिरहेका बेला ढिस्को खस्दा दुई जनाको मृत्यु

    बुटवल - जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्यान गएको छ । 

    images

    बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो ।  मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका  छन् । त्यस्तै, घटनामा परी तीनजना घाइते भएका छन् । ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पु-याएपछि मृत्यु भएको हो । 

    उनीहरु तिनाउ नदी किनारमा आगो तापेर बसिरहेका थिए । घटनामा परी घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ ।

    ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।  स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।
     


    माघ ६, २०७८ बिहिवार ०९:३६:४६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

    नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

    काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोनाभाइरसलाई जितेका छन् । बुधबार उनको कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

    images

    उनले सामाजिक सञ्जालमार्फत बुधबार पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै नेता श्रेष्ठ कोरोना मुक्त भएको बताएका छन् । 

    माओवादी नेताहरु र आफूमा कोरोना संक्रमण देखिएपछि नेता श्रेष्ठले भेटघाट बन्द गरेका थिए । यसअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना मुक्त भइसकेका छन् । 


    माघ ६, २०७८ बिहिवार १०:३०:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

    बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

    नेपालगञ्ज - काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।

    images

    बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

    बेहोस अवस्था भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ । 


    माघ ६, २०७८ बिहिवार ११:१४:२३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग

    काठमाडौं - अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड-१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।

    images

    अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा तीन-तीन रुपैयाँका दरले, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर मूल्य बढाएको थियो ।

    ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर कोभिड-१९ बाट प्रताडित नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइरहेको छ । उक्त कार्यको हाम्रो संगठन घोर निन्दा एवं भत्सर्ना गर्दछ, जसले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुन पुगेको छ, जसकारण पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र नेपाल आयल निगमसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
     


    माघ ६, २०७८ बिहिवार १२:३०:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कोभिड प्रोटोकल पालना नभएमा त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाको निर्देशन  

    कोभिड प्रोटोकल पालना नभएमा त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाको निर्देशन  

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड प्रोटोकल पूरा नभए त्रिभुवन विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएका छन् । 

    images

    बिहिबार प्रधानमन्त्री देउवाले त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् ।
     
    प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् । 

    प्रधानमन्त्री देउवाले परीक्षा परीक्षाहरुमा सामाजिक दूरी कामय नगरेको र स्यानेटाइजर एथेष्टमात्रामा नभएको पाइएमा परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् । 


    माघ ६, २०७८ बिहिवार १३:११:१६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    चन्द्रागिरी डाँडामा हिउँ  

    चन्द्रागिरी डाँडामा हिउँ  

    काठमाडौं - पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रा.लि.ले जनाएको छ । 

    images

    चन्द्रागिरी हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।



    माघ ६, २०७८ बिहिवार १३:४०:०२ बजे : प्रकाशित


    क्यानाडा नेपाल