• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

नेपाली रेस्लर जुरेलीले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

क्यानाडा नेपाल मंसिर १९ २०७८
  • 670
    SHARES
  • images
    images
    नेपाली रेस्लर जुरेलीले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

    काठमाडौं - नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् ।

    images

    भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमलाई पराजित गरेकी हुन् ।  नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाए । 

    jur.jpg

    पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे । जोर्डनले भारतीय रेस्लरसंग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसंग भिडेका थिए ।

    नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भइन् । सपनाले जमुना तामाङलाई पाखा लगाइन् । पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे ।

    विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरे । एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए ।


    मंसिर १९, २०७८ आइतवार १४:०८:३९ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # अस्मिता जुरेली

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    साम्पोडियामाथि युभेन्ट्सको सानदार जित

    साम्पोडियामाथि युभेन्ट्सको सानदार जित

    काठमाडौं - सिरी ए क्लब युभेन्ट्सले कोपा इटालीया कपमा सहज जित पाएको छ । मंगलबार राति टुरिन स्थित घरेलु मैदान एलिएन्ज मैदानमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ४-१ अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेकाे हाे । 

    images

    घरेलु मैदानमा युभेन्ट्सको जितमा जुआन कुआड्राडो, डानियल रुगानी, पाउलो डिबला र अल्भारो मोरटाले १-१ गोल गरे  । भ्रमणकारी टोलीका लागि आन्द्रेआ कोन्टीले सान्त्वना गोल गरे । 

    खेलको २५औं मिनेटमा जुआनले सुरुआती अग्रता दिलाए । रुगानीले ५२औं मिनेटमा अग्रता २-० को बनाए । तर कोन्टीले गोल गर्दै दूरी २-१ मा झारे । तर स्टार खेलाडी डिबलाले ६७औं मिनेटमा गोल गर्दै सहज जिततर्फ डाेर्‍याए ।  पाएको पेनाल्टीलाई मोरटाले सदुपयोग गर्दै ७७ मिनेटमा चौथो गोल गरे । 

     


    माघ ५, २०७८ बुधवार ०७:५२:५२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मोरक्को समूह विजेता, चार पटकको विजेता घाना बाहिरियो

    मोरक्को समूह विजेता, चार पटकको विजेता घाना बाहिरियो

    काठमाडौं - कामोरोससँग ३-२ ले स्तब्ध भएपछि घानाको अफ्रिका कप अफ नेसन्सको यात्रा समूह चरणमा सीमित भएको छ । कामोरोसमाथि जित हात पारेको भए घाना तेस्रो स्थानको टोली मध्ये उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गर्ने थियो । 

    images

    कामोरोसले अफ्रिका कप अफ नेसन्सको समूह ‘सी’ मा पहिलो जित दर्ता गर्दा चार पटकको विजेता घानाको यात्रा समूह चरणमा सीमित भएको हो । 

    समूह ‘सी’ मा मोरक्को तीन खेलमा सात अंकसहित समूह विजेता बन्दा समान खेलमा पाँच अंक बटुलेको गाबोन उपविजेताका रुपको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । कामोसोस तीन अंक जोड्दै तेस्रो स्थानमा बस्दा घाना एक अंकसहित चौथो स्थानमा रह्यो ।

    समूह ‘सी’को अर्कोे खेलमा मोरक्को र गाबोनले २–२ को बराबरी खेले । समूह ‘बी’ बाट भने सेनेगल समूह विजेता र गिनी समूह उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरे । 

    मंगलबार सम्पन्न खेलमा जिम्वाब्वेसँग २१ ले पराजित भए पनि मालावीले सेनेगलसँग अंक बाँडेपछि गिनीले नकआउट चरणमा स्थान बनाएको हो ।
     


    माघ ५, २०७८ बुधवार ०९:२२:१४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    इम्पोलीलाई पराजित गर्दै इन्टर अन्तिम आठमा 

    इम्पोलीलाई पराजित गर्दै इन्टर अन्तिम आठमा 

    काठमाडौं - स्टेफानो सेन्सीले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा इन्टर मिलानले बुधबार इम्पोलीलाई ३–२ ले पराजित गर्दै कोपा इटालियाको अन्तिम आठमा प्रवेश गरेको छ । घरेलु मैदानको प्राप्त जितसँगै पछिल्लो १९ सिजनमा इन्टर कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको यो पहिलो पटक हो ।

    images

    १३औं मिनेटमा एलेक्सिस सान्चेजको गोलमा इन्टरले अग्रता लिएको थियो । ६१औं मिनेटमा निदिम बरामीले इम्पोलीलाई खेलमा फर्काए । ७६औ मिनेटमा इन्टरका गोलकिपर इनोट एन्ड्रे राडुको आत्मघाती गोलमा इम्पोलीले २–१ को अग्रता लियो । इन्जुरी समयको पहिलो मिनेटमा आन्द्रे रानोचियाले इन्टरलाई खेलमा फर्काए । 

    निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो । एक सय चार मिनेटमा सेन्सीले गरेको गोलमा इन्टरले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।


    माघ ६, २०७८ बिहिवार ०८:३५:४० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

    स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

    काठमाडौं - इन्जुरी समयमा स्टेभन बर्गविजनको दुई गोलसँगै टोटनहमले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध रोमाञ्चक जित निकालेको छ । 

    images

    बुधबार राति भएको  खेलमा भ्रमणकारी टोली टोटनहमले घरेलु टोली लेस्टरविरुद्ध ३–२ को जित निकाल्यो । खेलमा दुई पटक सम्म पछि परेको टोटनहमलाई स्टेभनले पुनरागमन जित दिलाएका थिए । 

    प्यासन डकाले खेलको २४औं मिनेटमा गोल गर्दै लेष्टरलाई सुरुआती अग्रता बनाए । ३८औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटनहम १–१ को अवस्थामा पुग्यो । ७६औं मिनेटमा जेम्स माडिसनले गोल गर्दा पुनः लेस्टरले २–१ दोस्रो पटक अग्रता बनायो । 

    जित तर्फ अगाडी बढेको लेष्टरका लागि स्टेभन बाधक बने । इन्जुरी समयको पाँचौ र साँतौ मिनेटमा स्टेभनले गोल गर्दा टोटनहमले रोमाञ्चक ११ औै जित पायो । 

    जितपछि टोटनहम १९ खेलमा ३६ अंक बोकेर पाँचौं स्थानमा छ । समान खेलबाट लेष्टर २५ अंक सहित दशौं स्थानमा छ । 
    ्र


    माघ ६, २०७८ बिहिवार ०८:३९:५६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    एकदिवसीय क्रिकेट खेल : दक्षिण अफ्रिकासँग भारत पराजित

    एकदिवसीय क्रिकेट खेल : दक्षिण अफ्रिकासँग भारत पराजित

    काठमाडौं - दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ । बोलाण्ड पार्कमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटियो ।  

    images

    भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए ।  शार्दुल ठाकुर ५० रनमा अविजित रहे । यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे । 

    दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए । यस्तै एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए ।

    यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो ।

    रास्सी भान डर डुसेनले सर्वाधिक १२९ रन बनाए ।  यस्तै कप्तान टेम्बा बभुमाले  ११० रनको योगदान गरे । भारतका जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । 

    जितसँगै तीन एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ । 


    माघ ६, २०७८ बिहिवार ०९:०६:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एकदिवसीय क्रिकेट

  • क्यानाडा नेपाल

    सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा, टिममा को को परे ?

    सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा, टिममा को को परे ?

    काठमाडौं - अलराउण्डर सोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन उम्दा रहन सकेन । 

    images

    यस्तै टोलीमा जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाए । नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । 

    १६ खेलाडी नामः  सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, सहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम


    माघ ६, २०७८ बिहिवार १०:४०:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल