• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

वनमन्त्रीले क्यामरा ‘अन’ गरेपछि बाघ सर्वेक्षण उद्घाटन, तीन महिनाभित्र सर्वेक्षण सकिने

क्यानाडा नेपाल मंसिर १९ २०७८
  • 524
    SHARES
  • images
    images
    वनमन्त्रीले क्यामरा ‘अन’ गरेपछि बाघ सर्वेक्षण उद्घाटन, तीन महिनाभित्र सर्वेक्षण सकिने

    चितवन - वन तथा वातावरणमन्त्री मन्त्री रामसहायप्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा बुट्यानमा जडान गरिएको क्यामरा ‘अन’ गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले देशभर बाघ सर्वेक्षण गरेको हो ।

    images

    आजदेखि देशभर बाघ सर्वेक्षण सुरु भएको हो । वनमन्त्री यादवले चितवन-पर्सा कम्प्लेक्सबाट बाघ सर्वेक्षण सुरु गरेका हुन् । चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ पाइन्छ । बाघ गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र बाघ पाइने निकुञ्जबाहेकका क्षेत्रलाई समेत समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ ।

    चितवन-पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा-लालाझाडी क्षेत्र गरी तीनवटा कम्प्लेक्स छन् । वनमन्त्री यादवले बुट्यानमा जडान गरिएको क्यामरा अन गरेपछि क्यामरामा बाघ कैद हुने विधिको डमी देखाएर सर्वेक्षण सुरु गरिएको हो । सर्वेक्षणका लागि सर्वेक्षकहरू आ-आफ्नो क्याम्पमा गइसकेका छन् । केही सर्वेक्षक भोलिसम्म आफ्नो क्याम्पमा पुगिसक्ने छन् ।

    अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा हुने विश्वास

    नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए ।

    सन् २००९ मा नेपालमा १२१ वटा बाघ रहेको अनुमान गरिएको थियो । प्रतिबद्धताअनुसार सन् २०२२ मा बाघको संख्या २५० पुग्नुपर्ने छ । नेपालमा सन् १०१३ मा १९८ र सन् २०१८ मा २३५ वटा बाघ रहेको अनुमान गरिएको थियो ।

    बाघ सर्वेक्षण उद्घाटन गर्दै वनमन्त्री यादवले नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता सहजै पूरा गर्ने विश्वास व्यक्त गरे । ‘सन् २०१८ मा भन्दा १५ वटा मात्रै बाघ बढाउन सक्यौँ भने पनि हाम्रो प्रतिबद्धता पुरा हुन्छ । विगतको संख्या हेर्दा हामी त्यो प्रतिबद्धता सहजै पुरा गर्न सक्छौँ भन्ने विश्वास छ’, उनले भने ।

    बाघ लोपोन्मुख जातिको जनावरमा सूचीकृत भएको जनावर हो । विश्वमा नेपाललगायत १३ वटा देशमा मात्रै पाटे बाघ पाइन्छ ।

    करिब एक हजार क्यामरा प्रयोग

    बाघ सर्वेक्षणका लागि करिब एक हजारवटा स्वचालित मेसिन प्रयोग गरिने छ । चितवन-पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सयवटा क्यामरा प्रयोग हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । ‘एक ठाउँमा एक जोडी क्यामरा राखिने हो । कम्तीमा १५ दिनसम्म क्यामरालाई एक ठाउँमा राखिन्छ’, उनले भने, ‘एक ठाउँमा सर्वेक्षण  सकेपछि त्यही क्यामरा अन्यत्र पनि प्रयोग हुने भएकाले क्यामरा अपुग हुँदैन । मिलाएर प्रयोग गर्छाैँ ।’

    सर्वेक्षण गर्दा चितवन-पर्सा कम्प्लेक्सलाई तीनवटा, बाँके बर्दियालाई चारवटा र शुक्लाफाँटा-लालझाडीलाई एउटा ब्लक विभाजन गरिएको छ । ब्लकहरूलाई पनि दुई किमी लम्बाइ र दुई किमी चौडाइ भएका ग्रीडहरूमा विभाजन गरिएको छ । तीन कम्प्लेक्समा क्रमश: ८९५, ८१४ र २६० वटा ग्रीड छन् ।

    चितवन–पर्सा कम्प्लेक्सको पहिलो, दोस्रो र तेस्रो ब्लकमा क्रमश २८७, ३१०, २९८ वटा ग्रीड रहेका छन् । प्रत्येक ग्रीड भित्रमा बाघले प्रयोग गर्ने बाटो र क्षेत्रहरु हेरी एक जोडी स्वचालित क्यामराहरु जडान गरिने छ । सर्वेक्षणका क्रममा चितवन-पर्सा कम्प्लेक्समा सात, बाँके बर्दियामा र शुक्लाफाँटा-लालझाडी कम्प्लेक्समा तीन-तीनवटाका दरले हात्तीह परिचालित हुने छन् ।

    बाघ सर्वेक्षण गर्न चितवन-पर्सा कम्प्लेक्समा मात्रै १०६ जना प्राविधिक खटिएका छन् । उनीहरूलाई १७ र १८ मंसिरमा प्रयोगात्मक अभ्यास सिकाइसकिएको छ । बाघ सर्वेक्षण सम्पन्न गर्न तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सर्वेक्षणमा डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् । 

    बाघ सर्वेक्षणमा क्यामरा ट्रयाप, सन्टो कपास, रेञ्ज फाइन्डर, जिपिएस, रेकर्ड फर्मलगायतका सामग्री प्रयोग गरी क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्वे विधि अपनाएर बाघ सर्वेक्षण गरिँदै छ । तीन महिनाभित्र बाघ सर्वेक्षणको काम सकिने अनुमान गरिएको छ । सर्वेक्षणबाट प्राप्त नतिजा आगामी विश्व बाघ दिवस (२९ जुलाई)को दिनमा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागको योजना छ । कुलप्रसाद काफ्ले


    मंसिर १९, २०७८ आइतवार १५:०८:३८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन राष्ट्रिय निकुञ्ज

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    आगो तापेर बसिरहेका बेला ढिस्को खस्दा दुई जनाको मृत्यु

    आगो तापेर बसिरहेका बेला ढिस्को खस्दा दुई जनाको मृत्यु

    बुटवल - जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्यान गएको छ । 

    images

    बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो ।  मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका  छन् । त्यस्तै, घटनामा परी तीनजना घाइते भएका छन् । ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पु-याएपछि मृत्यु भएको हो । 

    उनीहरु तिनाउ नदी किनारमा आगो तापेर बसिरहेका थिए । घटनामा परी घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ ।

    ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।  स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।
     


    माघ ६, २०७८ बिहिवार ०९:३६:४६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

    नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

    काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोनाभाइरसलाई जितेका छन् । बुधबार उनको कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

    images

    उनले सामाजिक सञ्जालमार्फत बुधबार पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै नेता श्रेष्ठ कोरोना मुक्त भएको बताएका छन् । 

    माओवादी नेताहरु र आफूमा कोरोना संक्रमण देखिएपछि नेता श्रेष्ठले भेटघाट बन्द गरेका थिए । यसअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना मुक्त भइसकेका छन् । 


    माघ ६, २०७८ बिहिवार १०:३०:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

    बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

    नेपालगञ्ज - काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।

    images

    बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

    बेहोस अवस्था भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ । 


    माघ ६, २०७८ बिहिवार ११:१४:२३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग

    काठमाडौं - अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड-१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।

    images

    अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा तीन-तीन रुपैयाँका दरले, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर मूल्य बढाएको थियो ।

    ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर कोभिड-१९ बाट प्रताडित नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइरहेको छ । उक्त कार्यको हाम्रो संगठन घोर निन्दा एवं भत्सर्ना गर्दछ, जसले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुन पुगेको छ, जसकारण पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र नेपाल आयल निगमसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
     


    माघ ६, २०७८ बिहिवार १२:३०:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कोभिड प्रोटोकल पालना नभएमा त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाको निर्देशन  

    कोभिड प्रोटोकल पालना नभएमा त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाको निर्देशन  

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड प्रोटोकल पूरा नभए त्रिभुवन विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएका छन् । 

    images

    बिहिबार प्रधानमन्त्री देउवाले त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् ।
     
    प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् । 

    प्रधानमन्त्री देउवाले परीक्षा परीक्षाहरुमा सामाजिक दूरी कामय नगरेको र स्यानेटाइजर एथेष्टमात्रामा नभएको पाइएमा परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् । 


    माघ ६, २०७८ बिहिवार १३:११:१६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    चन्द्रागिरी डाँडामा हिउँ  

    चन्द्रागिरी डाँडामा हिउँ  

    काठमाडौं - पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रा.लि.ले जनाएको छ । 

    images

    चन्द्रागिरी हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।



    माघ ६, २०७८ बिहिवार १३:४०:०२ बजे : प्रकाशित


    क्यानाडा नेपाल