• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ, कमल थापा अनुपस्थित

क्यानाडा नेपाल मंसिर १९ २०७८
  • 456
    SHARES
  • images
    images
    राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ,  कमल थापा  अनुपस्थित

    काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार अध्यक्ष लिङ्देनसहित निर्वाचित पदाधिकारीले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    images

    नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    rpp-6-.jpg-2.jpg

    उनले लिएपछि बाँकी पदाधिकारीले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् । यस्तै नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् । सो शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए । कमल थापा भने अनुपस्थित थिए । 


    मंसिर १९, २०७८ आइतवार १८:१५:५४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    सत्तारुढ गठबन्धनको बैठक बस्दै, स्थानिय तहको निर्वाचन मिति तय गरिने

    सत्तारुढ गठबन्धनको बैठक बस्दै, स्थानिय तहको निर्वाचन मिति तय गरिने

    काठमाडौं - सत्तारुढ गठबन्धनको बैठक बिहिबार बस्दैछ । बैठकमा स्थानिय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गरिने एक नेताले बताए । 

    images

    आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई ध्यानमा राख्दै यो बैठक बस्न लागेको हो । 

    निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानिय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन सबेको थिएन । 


    माघ ६, २०७८ बिहिवार ०८:०८:०० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    प्रचण्डको प्रस्तावमा एमाले महासचिव शंकर पोखरेलको व्यंग्य

    प्रचण्डको प्रस्तावमा एमाले महासचिव शंकर पोखरेलको व्यंग्य

    काठमाडौं - स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले ब्यग्य गरेका छन ।

    images

    सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अबरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए । 

    सो प्रस्ताव प्रति एमाले महासचिव पोखरेलले ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानिय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे !’ भन्दै सामाजिक सञ्जालवाट व्यंग्य हानेका हुन । 


    माघ ६, २०७८ बिहिवार १०:०८:४४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    स्थानीय तह निर्वाचन : प्रचण्डको प्रस्तावपछि बहस सुरु, संविधान र ऐनमा के छ ?

    स्थानीय तह निर्वाचन : प्रचण्डको प्रस्तावपछि बहस सुरु, संविधान र ऐनमा के छ ?

    काठमाडौं - गत ३० पुसमा निर्वाचन आयोगले संघीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएर ५ जेठसम्म स्थानीय तहको निर्वाचन गराउनै पर्ने बाध्यता भएको जानकारी दियो ।

    images

    त्यति मात्रै होइन, त्यसका लागि माघ पहिलो साताभित्रै स्थानीय तहको निर्वाचनको मिति तोकिदिनका लागि सरकार र राजनीतिक दललाई आग्रहसमेत गरेको थियो । साथै, आयोगले आगामी १४ वैशाखमा एकै चरणमा गर्ने, त्यो सम्भवः नभएमा १४ वैशाख र २२ वैशाखमा गरी दुई चरणमा निर्वाचन गर्न सकिने प्रस्ताव पनि राजनीतिक दलसमक्ष राख्यो । 

    सो दिनको बैठकका बारेमा आयोगले ‘स्थानीय तहको निर्वाचित पदाधिकारीको पाँच वर्षे पदावधि २०७९ जेठ ५ गते समाप्त हुने र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ क्रियाकलापहरू सम्पन्न गर्नुपर्ने हँुदा यसका लागि कानुनतः एक सय २० दिन आवाश्यक पर्ने भएकाले यही २०७८ माघ पहिलो हप्ताभित्रै निर्वाचनको मिति नतोकिएमा प्रावधिक, व्यवस्थापकीय एवं व्यावहारिक दृष्टिकोणले निर्वाचन गर्ने कठिन हुने हँुदा यस विषयलाई गम्भीरतापूर्वक लिन राजनीतिक दल तथा सबैको ध्यानाकर्षण गराइयो’ भन्ने जानकारी पनि मिडियालाई दिइएको थियो ।

    आयोगले महान्यायाधिवक्तादेखि अन्य कानुनी सल्लाहकारसँग छलफल गरेर ५ जेठभित्र स्थानीय तहको नयाँ नेतृत्वमा जोड गरे पनि सत्ता गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार अचानक स्थानीय तहअघि संघीय संसदको निर्वाचन गराउनुपर्ने तर्क राखेका छन् । 

    उनको प्रस्ताव र तर्कसँगै स्थाीनय तहको निर्वाचनको मितिका बारेमा संवैधानिक र कानुनी पाटोमा बहस सुरु भएको छ । प्रचण्डले स्थानीय तहको निर्वाचनबारे संविधानको व्यवस्था र स्थानीय तह निर्वाचन ऐनको व्यवस्थामा अन्तरविरोध देखिएको जनाएका छन् ।

    ‘संविधानले धारा २२५ मा प्रस्ट रूपले गाउँसभा र नगरसभाको अवधि पाँच वर्ष हुन्छ भनेर भनेको छ, पाँच वर्षको अवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्ने संविधानको व्यवस्था हो,’ प्रचण्डको तर्क छ, ‘स्थानीय तहको ऐनको व्यवस्था चाहिँ दुई महिना अगाडि नै गरिसक्ने भन्ने छ, अब संविधानअनुसार ऐन बनाउने कि ऐनअनुसार संविधान ? भन्दा त संविधान मुख्य कुरा हो ।’ प्रचण्डको तर्कअनुसार संविधानअनुसार ऐन बनेको छैन, त्यसैले संविधानसँग बाझिएका ऐनको व्यवस्था स्वतः खारेजीमा पर्न जान्छन् ।

    संविधानमा के छ त ?
    नेपालको संविधानको धारा २१५, २१६ र २२५ मा स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । संविधानको धारा २१५ मा गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्षसम्बन्धी तथा २१६ मा नगर कार्यपालिका प्रमुख र उपप्रमुखसम्बन्धी व्यवस्था उल्लेख छ ।
    संविधानको धारा २२५ मा गाउँसभा र नगर सभाको कार्यकालसम्बन्धी व्यवस्था पनि उल्लेख गरिएको छ । जसअनुसार ‘गाउँसभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ’, धारा २२५ उल्लेख छ, ‘त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।’ संविधानको यो धाराअनुसार कात्तिक ५ गतेसम्म स्थानीय तहको निर्वाचन गराउन सकिने प्रचण्डको तर्क छ ।

    ऐनमा के छ ?
    स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन, २०७३ को दफा ३ मा पदाधिकारीको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । ‘सदस्यको निर्वाचन गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ’ सो दफामा उल्लेख छ । जुन बुँदामा टेकेर आयोगले निर्वाचनको मितिको समयसीमा ५ जेठ २०७९ राखेको आयोग प्रमुख दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् । उनका अनुसार महान्यायाधिवक्ता र कानुनी सल्लाहकारको रायअनुसार १४ वैशाख र २२ वैशाख गरी दुई चरणको मिति तय गरिएको हो ।  


    माघ ६, २०७८ बिहिवार ११:२३:१२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सरकारले चुनाब घोषणा गरोस्, एमाले एक्लै प्रतिष्पर्धा गर्न तयार छ - गोकुल बाँस्कोटा

    सरकारले चुनाब घोषणा गरोस्, एमाले एक्लै प्रतिष्पर्धा गर्न तयार छ - गोकुल बाँस्कोटा

    काठमाडौं - नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमाले सत्ता गठबन्धनसँग चुनावमा एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । 

    images

    बिहिबार सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले सो कुरा गरेका हुन् । उनले सरकारले चुनाव घोषणा गर्नुपर्ने भन्दै एक्लै प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् । 

    उनले लेखेका छन् - 'फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ।'

    सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अबरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए । निर्वाचन आयोगले भने वैशाखमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेको छ । 
     


    माघ ६, २०७८ बिहिवार १२:१५:३९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित 

    तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित 

    काठमाडौ - सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार अपरान्ह ४ बजेका बस्ने भनिए पनि तयारी नपुगेको भन्दै स्थगित भएको हो ।

    images

    नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने - '४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं ' नेता गुरुङले बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको बताए । 

     


    माघ ६, २०७८ बिहिवार १२:५७:३० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    निर्वाचनबारे गगन थापाको यस्तो टिप्पणी  

    निर्वाचनबारे गगन थापाको यस्तो टिप्पणी  

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक हुने बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत नेता थापाले सो कुरा गरेका हुन् । 

    images

    उनले स्थानीय तहको निर्वाचन पहिले प्रतिनिधिसभाको निर्वाचन गर्ने भनिएको बेला नेता थापाले यस्तो कुरा गरेका हुन् ।  

    उनले लेखेका छन् - 'हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अतस्निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ'

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले संसदको गतिरोध हटाउन तयार नभएको भन्दै चुनावमा जाने बताइसकेका छन् । उनले स्थानीय चुनाव कात्तिकमा गर्ने प्रस्ताव पनि गरेका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवा पनि अहिले पहिले संसदको चुनाव गर्ने पक्षमा नै छन् । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने स्थानीय चुनाव पहिले गर्नुपर्ने बताउदै आइरहेका छन् । 


    माघ ६, २०७८ बिहिवार १५:१८:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल