• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

सर्वोच्चका न्यायाधीश डेढ महिनापछि पूर्णरुपमा काममा फर्किए

क्यानाडा नेपाल मंसिर १९ २०७८
  • 446
    SHARES
  • images
    images
    सर्वोच्चका न्यायाधीश डेढ महिनापछि पूर्णरुपमा काममा फर्किए

    काठमाडौँ – सर्वोच्च अदालतमा झन्डै डेढ महिनापछि न्यायाधिशरु इजलासमा बसी पूर्णरुपमा मुद्दाको सुनुवाइ गरी काममा फर्किनुभएको छ । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आज १० इजलास गठन गरिएको थियो । त्यसमा आठ संयुक्त र दुई एकल इजलास गरी ३३६ थान मुद्दा सुनुवाइ लागि तोकिएको थियो ।

    images

    न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि १३ मुद्दा तोकिएको थियो । पूर्णरुपमा सुनुवाइ भएर सबैमा आदेश भएको छ । न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको इजलासमा ३८ मुद्दा सुनुवाइका लागि तोकिएको थियो । त्यसमा नौ मुद्दामा फैसला र एक मुद्दामा आदेश भएको छ । अन्य इजलासमा पनि त्यस्तै प्रभावकारी सुनुवाइ भएको देखिएको छ । आज २३ मुद्दामा फैसला र ४० मुद्दामा फैसला भएको छ ।

    सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ भएको छ । उक्त प्रक्रियाबाट पेसी तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ सङ्क्रमण र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको र कायममुकायम प्रधानन्यायाधीश नतोकिएको विवादका कारण बुधबार र बिहीबार प्रभावकारी रुपमा सुनुवाइ हुन सकेको थिएन । शुक्रबार पनि मुद्दामा राम्रो सुनुवाइ भएको थियो ।

    सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफ, सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्र्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । बन्दी र निवेदनका मुद्दाबाहेक अरू मुद्दामा सुनुवाइ हुन सकेको थिएन । यही मङ्सिर १५ गतेदेखि न्यायाधीशहरु र नेपाल बार एसोसिएनका मागअनुसार गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ गर्ने काम प्रारम्भ भएको छ । आजदेखि न्यायाधीशहरु पूर्ण रुपमा काममा फर्कनुभएको छ ।रासस


    मंसिर १९, २०७८ आइतवार २०:००:२६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    आगो तापेर बसिरहेका बेला ढिस्को खस्दा दुई जनाको मृत्यु

    आगो तापेर बसिरहेका बेला ढिस्को खस्दा दुई जनाको मृत्यु

    बुटवल - जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्यान गएको छ । 

    images

    बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो ।  मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका  छन् । त्यस्तै, घटनामा परी तीनजना घाइते भएका छन् । ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पु-याएपछि मृत्यु भएको हो । 

    उनीहरु तिनाउ नदी किनारमा आगो तापेर बसिरहेका थिए । घटनामा परी घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ ।

    ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।  स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।
     


    माघ ६, २०७८ बिहिवार ०९:३६:४६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

    नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

    काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोनाभाइरसलाई जितेका छन् । बुधबार उनको कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

    images

    उनले सामाजिक सञ्जालमार्फत बुधबार पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै नेता श्रेष्ठ कोरोना मुक्त भएको बताएका छन् । 

    माओवादी नेताहरु र आफूमा कोरोना संक्रमण देखिएपछि नेता श्रेष्ठले भेटघाट बन्द गरेका थिए । यसअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना मुक्त भइसकेका छन् । 


    माघ ६, २०७८ बिहिवार १०:३०:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

    बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

    नेपालगञ्ज - काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।

    images

    बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

    बेहोस अवस्था भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ । 


    माघ ६, २०७८ बिहिवार ११:१४:२३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग

    काठमाडौं - अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड-१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।

    images

    अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा तीन-तीन रुपैयाँका दरले, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर मूल्य बढाएको थियो ।

    ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर कोभिड-१९ बाट प्रताडित नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइरहेको छ । उक्त कार्यको हाम्रो संगठन घोर निन्दा एवं भत्सर्ना गर्दछ, जसले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुन पुगेको छ, जसकारण पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र नेपाल आयल निगमसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
     


    माघ ६, २०७८ बिहिवार १२:३०:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कोभिड प्रोटोकल पालना नभएमा त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाको निर्देशन  

    कोभिड प्रोटोकल पालना नभएमा त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाको निर्देशन  

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड प्रोटोकल पूरा नभए त्रिभुवन विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएका छन् । 

    images

    बिहिबार प्रधानमन्त्री देउवाले त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् ।
     
    प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् । 

    प्रधानमन्त्री देउवाले परीक्षा परीक्षाहरुमा सामाजिक दूरी कामय नगरेको र स्यानेटाइजर एथेष्टमात्रामा नभएको पाइएमा परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् । 


    माघ ६, २०७८ बिहिवार १३:११:१६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    चन्द्रागिरी डाँडामा हिउँ  

    चन्द्रागिरी डाँडामा हिउँ  

    काठमाडौं - पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रा.लि.ले जनाएको छ । 

    images

    चन्द्रागिरी हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।



    माघ ६, २०७८ बिहिवार १३:४०:०२ बजे : प्रकाशित


    क्यानाडा नेपाल