• Jan 21 2022 | २०७८, माघ ७गते

२०७८, माघ ७गते

भारतीय मूलका यी मालिक जसले जुम मिटिङमार्फत एकै पटक ९०० कर्मचारी पदमुक्त गरे

क्यानाडा नेपाल मंसिर २१ २०७८
  • 412
    SHARES
  • images
    images
    भारतीय मूलका यी मालिक जसले जुम मिटिङमार्फत एकै पटक ९०० कर्मचारी पदमुक्त गरे

    न्युयाेर्क - भारतीय मूलका एक अमेरिकी मालिकले जुम वैठकमार्फत एकैपटक ९०० कर्मचारीलाई पदमुक्त गरेका छन् । धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका सीइअ‌ाे विशाल गर्गले जुम मिटिङमार्फत ९०० कर्मचारी पदमुक्त गरेका हुन् । क्रिसमस अ‌ाउनु केही दिनअघि उनले गरेकाे निर्णयलाई धेरैले क्रुर र स्वचेछाचारी भनेका छन् । 

    images

    कर्मचारीकाे कार्यसम्पादन चित्तबुझ्दाे नभएकाे र बजारमा देखिएकाे परिवर्तनका कारण अ‌ाफू कठाेर निर्णयमा पुगेकाे गर्गले बताएका छन् । कर्मचारीले दिनमा दुई घण्टा काम गरेर आठ घण्टाभन्दा बढी काम गरेको दाबी गरेको त्यो सबैका लागि अनुत्पादक बनेको उनले बताएका छन् ।

    अ‌ाफ्नाे निर्णयबाट अ‌ाफै दुखी भएकाे उनले बताएका छन् । 'पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,’ जुम मिटिङमा गर्गले भनेका छन् । गर्गले कर्मचारी बरखास्त गरेकाे फर्चुन म्यागेजिनले पुष्टि गरेकाे छ । यसअघि बेटर डटकमले ७५ करोड अमेरिकी डलर मुनाफा गरेको विवरण सार्वजनिक भएको थियो ।एजेन्सी


    मंसिर २१, २०७८ मंगलवार १२:४४:४३ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    भारतमा भुसको आगो झै फैलियो कोरोना, एकैदिन ३ लाख १५ हजार संक्रमित थपिए 

    भारतमा भुसको आगो झै फैलियो कोरोना, एकैदिन ३ लाख १५ हजार संक्रमित थपिए 

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार १ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन २ लाख ७७ हजार संक्रमित फेला परेका थिए । 
     
    हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ८२ लाख १६ हजार ३ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ९३ संक्रमितले ज्यान गुमाएका छन् ।  हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार ७ सय १९ जना पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा २ लाख १३ हजार ३ सय ८३ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ५७ लाख ९६ हजार ४ सय २२ पुगेको छ । सक्रिय संक्रमित १९ लाख ३२ हजार रहेको छ । 

    images

     


    माघ ६, २०७८ बिहिवार ०८:५७:५७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विश्वभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ३४ लाख संक्रमित थपिए, कुन देशमा कति ?

    विश्वभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ३४ लाख संक्रमित थपिए, कुन देशमा कति ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३४ लाख १ सय ९२ कोरोना संक्रमित थपिएका छन् । यसअघि एकैदिन २९ लाख १० हजार ७ सय ३५ संक्रमित थपिएका थिए । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३३ करोड ९१ लाख १ हजार ४ सय ९२ पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ५ सय ८० कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख ८२ हजार ८ सय १६ पुगेको छ।
     
    त्यस्तै पछिल्लो २४ घण्टामा १७ लाख २८ हजार ७ सय ८५ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २७ करोड २६ लाख ८९ हजार ३ सय ५० कोरोना संक्रमित निको भइसकेका छन् ।
     
    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ८० हजार ५ सय १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६ करोड ९७ लाख १५ हजार २ सय १४ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड ३७ लाख ५५ हजार ९ सय ३५ कोरोना संक्रमित निको भइसकेका छन् ।

    images

    hh.PNG


    माघ ६, २०७८ बिहिवार ०९:५३:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    आफूले गरेको काममा माफी नमाग्ने राष्ट्रपति बाइडेनको भनाई

    आफूले गरेको काममा माफी नमाग्ने राष्ट्रपति बाइडेनको भनाई

    वाशिंगटन - अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामको लागि माफी नमाग्ने बताउँनुभएको छ ।

    images

    आफ्मो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उहाँले भन्नुभयो, ‘अफगानिस्तानबाट २० वर्षपछि सजिलै बाहिर निस्कने कुनै उपाय थिएन । जतिसुकै गरे पनि त्यसो गर्नु सम्भव थिएन त्यसैले मैले गरेको कामका लागि म माफी माग्दिनँ ।’ यद्यपि, बाइडेनले अगस्टको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि विकसित अफगानिस्तानको सङ्कटप्रति भने सहानुभूति व्यक्त गर्नुभएको छ ।

    पोटसले भने कि ‘तालिबानको अयोग्यताको कारण अफगानिस्तानमा के भइरहेको छ’ भनेर आफूलाई नराम्रो लाग्यो ।‘मलाई ती महिला र पुरुषहरूका लागि ठूलो चिन्ता छ जुन उनीहरूमाथि आतङ्कवादी हमलाले विमानस्थलमा पारेको पीडा प्रति दुःख छ ।’

    अफगानिस्तानको निर्णयबाट आफ्नो फिर्तीको बचाउ गर्दै बाइडेनले असफलताको लागि अघिल्लो प्रशासनलाई दोष दिनुभएको छ ।

    ‘यदि हामी बाहिर नआएको भए हामीले धेरै बलहरू भित्र्याउने थियौं... तालिवानको अक्षमताको परिणामको रूपमा के भइरहेको छ भनेर मात्र भएन’ विश्वभरि जेजे भइरहेको छ हामी हरेक समस्या समाधान गर्न सक्दैनौं । र त्यसैले म यसलाई योग्यताको मुद्दाको रूपमा पनि हेर्दिनँ,’ राष्ट्रपति बाइडेनले भन्नुभयो ।

    ‘एउटै सरकारको अधीनमा अफगानिस्तानलाई एकीकरण गर्न कोही सक्षम हुनेछ भन्ने लाग्छ भने आफ्नो हात उठाउनुहोस् ? यो ठोस कारणका लागि साम्राज्यहरूको चिहान भएको छः यो एकताको लागि संवेदनशील छैन,’ बाइडेनको टिप्पणी छ ।

    उहाँले अफगानिस्तानले अमेरिकालाई पारेको आर्थिक बोझको विषय पनि उठाउँनुभएको छ । अमेरिकी सेनालाई अफगानिस्तानमा राख्न निकै खर्च हुने सन्दर्भ उद्धृत गर्दै उहाँले शान्तिपूर्ण समाधानमा कुनै सम्भावना नभएको उल्लेख गर्नुभयो ।एएनआई


    माघ ६, २०७८ बिहिवार १३:३२:०७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ, अमेरिकाको बदला लिने चेतावनी

    युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ, अमेरिकाको बदला लिने चेतावनी

    एजेन्सी - रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएकाे छ ।

    images

    रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै आएका छन् । 

    रसियाले युक्रेनमाथि अतिक्रमण गरिरहेका बेला बाइडेन प्रशासनले आर्थिकलगायतका प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाले युक्रेनमाथि नयाँ हमला गर्न सक्ने बताएका छन् । 

    युक्रेन विवाद बढ्दै गएको क्रेमलिनले बताउँदै गएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको विस्तार रोक्न रसियाले अमेरिकासँग माग गर्दै आएको छ । 
     


    माघ ६, २०७८ बिहिवार १४:२५:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

     पाकिस्तानको लोहारी गेट क्षेत्रमा  शक्तिशाली बिस्फोट, तीन जनाको मृत्यु,२० भन्दा बढी घाईते

     पाकिस्तानको लोहारी गेट क्षेत्रमा  शक्तिशाली बिस्फोट, तीन जनाको मृत्यु,२० भन्दा बढी घाईते

     
    लाहोर, ७ माघ-पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ । बिस्फोटमा २० जनाभन्दा बढी घाईते भएका छन् । बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ । 

    images

    बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ । बिस्फोटपछि सबारी साधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।


    माघ ७, २०७८ शुक्रवार ०८:१८:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शक्तिशाली बिस्फोट

  • क्यानाडा नेपाल

    अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

    अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना
    सिड्नी, ७ माघ-अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् ।

    सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ । माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ । 

    images


    माघ ७, २०७८ शुक्रवार ०९:००:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खोप

  • क्यानाडा नेपाल