• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा 

क्यानाडा नेपाल मंसिर २१ २०७८
  • 440
    SHARES
  • images
    images
    सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा 

    कञ्चनपुर - भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन लागेको केही समयमै उनको एन्टिजेन परीक्षण भयो । एन्टिजेनको रिपोर्ट आएपछि स्वास्थ्यकर्मीले रोकामगरलाई बोलाए र छुट्टै बस्न आग्रह गरे । 

    images

    तर, उनीसँगै आएका साथीहरू भने आफ्नो सामान बोकेर बाटो लागे । भारतमा रोजगारी गरेर घर फर्किएका ५० वर्षीय रोकामगरको कोरोना संक्रमण (एन्टिजेन रिपोर्ट पोजेटिभ) देखिएपछि स्वास्थ्यकर्मीले उपचारका लागि महाकाली अस्पताल पठाए । 

    यस्तै गत बिहीबार भारतबाट फर्किदै गरेका दैलेखका २६ वर्षीया पार्वती विक र उनका ८ वर्षीय छोरा रमित विकमा पनि एन्टिजेन रिपोर्ट पोजेटिभ आयो । उनीहरूलाई पनि अहिले महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ । 

    जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार अहिले कञ्चनपुरमा ४० जनामा कोरोना संक्रमण देखिएको छ । गत महिनासम्म कोरोनाको संक्रमणदर न्यून रहे पनि पछिल्लो समय भने विस्तारै बढ्न थालेको स्वास्थ्यकर्मी बताउँछन् । 

    नाकामा सर्तकता
    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएसँगै कञ्चनपुरको पश्चिमी नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतबाट भित्रिने व्यक्तिबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गड्डाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणको दायरा फराकिलो पारिएको हो । 

    भारतबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षण र खोप नलगाएकाहरूलाई नाकामै खोपको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार नाकामा पोजेटिभ देखिएकाबाट ओमिक्रोनको संक्रमण भित्रिने सक्ने भएकाले उनीहरूको स्वाब परीक्षणका लागि काठमाडौं पठाउने गरिएको छ । 

    ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै नाकामा उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार बताए । ‘हामी कहाँ कोरोना सर्ने भनेको भारतबाट भित्रिएर हो,’ स्वास्थ्य प्रमुख सुनारले न्युज कारखानासँग भने, ‘त्यसैले नाकामा एन्टिजेन परीक्षण र खोपको व्यवस्था गरेका छौँ ।’

    नाकामा परीक्षण गर्दा पोजेटिभ देखिएकाहरूलाई उच्च निगरानीमा राख्दै उनीहरूको स्वाब परीक्षणका लागि काठमाडौ पठाउने गरिएको छ । 
    ‘ओमिक्रोन कोरोनाको नयाँ भेरियन्ट भएकाले स्वास्थ्य मान्त्रालयले नाकामा पोजेटिभ देखिएका संक्रमितको रिर्पोट मागेको छ,’ उनले भने, ‘संक्रमितहरूको ओमिक्रोन परिक्षणका लागि महाकाली अस्पतालले स्वाब लिएर धनगढी प्रयोगशाला हुँदै केन्द्रीय प्रयोगशालामा पठाउने गरेको छ ।’ ओमिक्रोन परिक्षणको रिर्पोट नआउँदासम्म संक्रमित व्यक्तिलाई महाकाली अस्पतालको आइसोलेसनमै राखेर उपचार गरिने उनले बताए । 

    भारत प्रवेशमा कडाइ
    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतले पनि सीमा नाकामा कडाइ गरेको छ । यसरी भारत जानेहरूलाई खोप लगाएको कार्ड र परिचयपत्र अनिर्वाय गरिएको छ । भारतले कोरोना खोपको दुवै मात्रा लगाएको १५ दिनपछि मात्र नेपाली नागरिकलाई प्रवेश गर्न दिने व्यवस्था गरेको छ ।


    मंसिर २१, २०७८ मंगलवार १४:३५:०३ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    कारोनाको रोकथाम तथा नियन्त्रणको लागि डा. रवीन्द्र पाण्डेको सरकारलाई यस्तो सुझाव

    कारोनाको रोकथाम तथा नियन्त्रणको लागि डा. रवीन्द्र पाण्डेको सरकारलाई यस्तो सुझाव

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र ढंगले फैलिदै गएको छ ।

    images

    कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भइसकेको छ । यसैबीच डा. रवीन्द्र पाण्डेले कारोनाको रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई सुझाव दिएका छन् । 

    यस्तो छ उनको सुझाव
    हिंजोमात्र २२ हजार ८२८ जनामा परिक्षण गर्दा १० हजार २५८ पोजिटिभ भयो । यो सानो कुरा हैन । गृह प्रशासन र स्वास्थ्य मन्त्रालयले आदेश र बिज्ञप्ति निकालेर बसेका छन् । कहाँ छ, मापदण्ड पालना ? के यहि हो स्मार्ट लकडाउन ? यहि गतिमा संक्रमण बढ्ने हो भने अकल्पनीय अवस्था आउन सक्छ । तसर्थ 
     
    १. सरकारी ल्याब र हरेक वडाबाट निशुल्क पिसिआर परिक्षण गर्ने ब्यबस्था होस्।
    २. प्राइभेट अस्पताल तथा ल्याबमा रु. ५०० मा पिसिआर टेस्ट होस् ।
    ३. एन्टिजेन टेस्टको रेकर्ड र रिपोर्टिंग हुने ब्यबस्था लागु होस् |
    ४. कन्ट्याक्ट ट्रेसिंग प्रभावकारी होस् ।
    ५. संक्रमित आइसोलेसनमा बसे नबसेको निगरानी होस् ।
    ६. सिमानाकामा कडाइ, परिक्षण, क्वारेन्टिन र आइसोलेसनको ब्यबस्था होस् ।
    ७. प्रहरी प्रशासनद्वारा जनस्वास्थ्यका मापदण्डको प्रभावकारी अनुगमन होस् ।
    ८. हरेक स्वास्थ्य संस्था / टोल / क्लब आदिबाट निशुल्क मास्क वितरण होस् ।
    ९. हरेक स्वास्थ्य संस्थामा कोभिडका बिरामीको निशुल्क उपचारको लागि औषधि उपकरण तम्तयार होस् ।
    १०. खोपमा देखिएको ढिलासुस्ती हटोस् । हरेक स्वास्थ्य संस्था र स्कुलमा खोप केन्द्र राखेर दिनमा १० लाख जनालाई खोप दिने ब्यबस्था होस्।
    ११. स्थानीय निकाय र प्रदेश सरकारको सक्रियता बढोस् ।
    १२. आम नागरिक, ब्यबसायी तथा देशकै अर्थतन्त्रको लागि लकडाउनमा नजाने प्रत्याभूति होस् ।
     
    पहिलो र दोस्रो लहरमा तमाम कमजोरीका बाबजुद परिक्षण वडावडाबाट गरिएको थियो, कन्ट्याक्ट ट्रेसिंग हुन्थ्यो, अहिलेभन्दा मापदण्डको अनुगमन हुन्थ्यो, क्वारेन्टिन / आइसोलेसन केन्द्र सबैतिर थिए । के हामी हरेक क्षेत्रमा झनपछि झन ओह्रालो लाग्दै गएको हो ? सरकारको नागरिकप्रतिको दायित्व हराउंदै गएको हो ?


    माघ ५, २०७८ बुधवार ११:५८:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा कडाई, आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने

    कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा कडाई, आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने

    काठमाडौँ - पछिल्लो समय मुलुकभर कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या ह्वात्तै बढेपछि सावधानीका उपाय अपनाइएको छ । कोरोना संक्रमण नियन्त्रणको लागि आजदेखि काठमाडौं उपत्यकामा कडाई गरिएको छ । 

    images

    कोरोनाको रोकथामको लागि तीन वटै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरिसकेका छन । जारी गरिएका धेरैजसो आदेश मंगलबार रातिदेखि नै लागू भइसकेका छन् । आजदेखि आमसभा, जुलुस, सभा, भेला लगायत भीडभाड हुने कार्य गर्न रोक लगाइएको छ । यस्तै कुनै पनि कार्यक्रम गर्दा २५ जना भन्दा बढी सहभागी हुन नपाइने । घर बाहिर निस्कँदा वा सार्वजनिकस्थलमा जाँदा र गाडीमा चढ्दा मास्क अनिवार्य गरिएको छ ।

    सार्वजनिक स्थान जस्तै होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने लगायतका आदेश जारी गरिएको छ । यसअघिको तीन वटै जिल्लाको बैठकले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनी पनि दिएको छ । 

     


    माघ ५, २०७८ बुधवार १२:२१:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सपरिवार कोरोना संक्रमित

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सपरिवार कोरोना संक्रमित

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित भएका छन् । आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको शर्माले जानकारी दिए ।

    images

    सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उनले आत्मालोचना गरेका छन् । कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताए ।

    उनले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताएका छन् । चिकित्सक परामर्शमा औषधि लिइरहेको उनको भनाइ छ ।

     


    माघ ५, २०७८ बुधवार १३:४७:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नेपालमा एकैदिन ११ हजार बढी कोरोना संक्रमित थपिए

    नेपालमा एकैदिन ११ हजार बढी कोरोना संक्रमित थपिए

    काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।

    images

    कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ ।  यो अवधिमा देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

    उनका अनुसार काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।


    माघ ५, २०७८ बुधवार १७:५४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित, एकैदिन ६ हजार ३४३ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित, एकैदिन ६ हजार ३४३ संक्रमित थपिए

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ३४३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । 
     
    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३४३ जनामा काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा ५७८ जनामा कोरोना संक्रमण भएको हो । 

    images

    यसैबीच पछिल्लो २४ घण्टामा मुलुकभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । देशभरमा २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमित निको भएका छन् भने चार जनाको मृत्यु भएको छ । 
     


    माघ ५, २०७८ बुधवार १८:१८:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    सरकारले घटायो पीसीआर परीक्षण शुल्क, कति पुग्यो ?

    सरकारले घटायो पीसीआर परीक्षण शुल्क, कति पुग्यो ?

    काठमाडौं - सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

    images

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको बारे जानकारी गराएका हुन् । उनले पीसीआर परीक्षणको शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको बताए । 

    यसअघि पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ लिँदै आएकोमा अहिले २ सय रुपैया घटाइएको हो । अब पीसीआर परीक्षणको शुल्क ८०० रुपैयाँ कामय गरिएको सहप्रवक्ता अधिकारीले बताए । 

    अब निजी प्रयोगशाकारी प्रयोगशालालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउने उनले बताए । 

     


    माघ ५, २०७८ बुधवार १८:३५:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल