• Jan 21 2022 | २०७८, माघ ७गते

२०७८, माघ ७गते

नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएका २ जनाको रिपोर्ट नेगेटिभ

क्यानाडा नेपाल मंसिर २१ २०७८
  • 660
    SHARES
  • images
    images
    नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएका २ जनाको रिपोर्ट नेगेटिभ

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएका २ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

    images

    ओमिक्रोन भेरियन्टको संक्रमण भएका दुवै जना संक्रमण मुक्त भएको बारे मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको हो । 

    दक्षिण अर्फिकाबाट आएका ६६ वर्षीय एक विदेशी नागरिक र अर्का ७१ वर्षीय व्यक्तिलाई कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएको बारे स्वास्थ्य मन्त्रालयले सोमबार मात्र जानकारी गराएको थियो । ओमिक्रोन भेरियन्ट देखिएका २ जनाको मंगलबार पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएको हो । 
     


    मंसिर २१, २०७८ मंगलवार १८:१८:२५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    नेपालमा एकैदिन ११ हजार बढी कोरोना संक्रमित थपिए

    नेपालमा एकैदिन ११ हजार बढी कोरोना संक्रमित थपिए

    काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।

    images

    कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ ।  यो अवधिमा देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

    उनका अनुसार काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।


    माघ ५, २०७८ बुधवार १७:५४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित, एकैदिन ६ हजार ३४३ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित, एकैदिन ६ हजार ३४३ संक्रमित थपिए

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ३४३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । 
     
    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३४३ जनामा काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा ५७८ जनामा कोरोना संक्रमण भएको हो । 

    images

    यसैबीच पछिल्लो २४ घण्टामा मुलुकभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । देशभरमा २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमित निको भएका छन् भने चार जनाको मृत्यु भएको छ । 
     


    माघ ५, २०७८ बुधवार १८:१८:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    सरकारले घटायो पीसीआर परीक्षण शुल्क, कति पुग्यो ?

    सरकारले घटायो पीसीआर परीक्षण शुल्क, कति पुग्यो ?

    काठमाडौं - सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

    images

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको बारे जानकारी गराएका हुन् । उनले पीसीआर परीक्षणको शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको बताए । 

    यसअघि पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ लिँदै आएकोमा अहिले २ सय रुपैया घटाइएको हो । अब पीसीआर परीक्षणको शुल्क ८०० रुपैयाँ कामय गरिएको सहप्रवक्ता अधिकारीले बताए । 

    अब निजी प्रयोगशाकारी प्रयोगशालालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउने उनले बताए । 

     


    माघ ५, २०७८ बुधवार १८:३५:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन १२ हजार ३ सय संक्रमित थपिए 

    नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन १२ हजार ३ सय संक्रमित थपिए 

    काठमाडौँ। नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्न थालेको छ ।  यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको देखिन्छ । 
     
    सरकारले पछिल्लो २४ घण्टामा २७ हजार ४ सय ९७ परिक्षण गर्दा मुलुकभर थप १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि बुधबार ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ८७ हजार ७ सय ६९ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) १ लाख ८ हजार १ सय १९ पुगेको छ।  
     
    साथै पछिल्लो २४ घण्टामा ६ सय ४९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख १८ हजार ८ सय ९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित २७ हजार ३ सय ३ सय २८जना रहेका छन्।
     
    यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ३२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images


    माघ ६, २०७८ बिहिवार १७:५८:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    लालीगुराँस कोरोना नियन्त्रणमा प्रभावकारी हुने अनुसन्धानकर्ताको दाबी

    लालीगुराँस कोरोना नियन्त्रणमा प्रभावकारी हुने अनुसन्धानकर्ताको दाबी

    एजेन्सी - हिमाली क्षेत्रमा पाइने लालीगुराँस फुल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् ।

    images

    madhesh yamale losapa.jpg

    कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निश्कर्ष आएको हो । 

    बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा. श्याम कुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली बनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ । कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरुले जडिबुटीबारे थप अध्ययन गरेका छन् ।
     

     


    माघ ६, २०७८ बिहिवार २१:१४:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड

    आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड

    काठमाडौं - काठमाडौं उपत्यकामा शुक्रबारबाट घर बाहिर निस्किँदा कोरोनाभाइरसविरुद्ध लगाएको खोपकार्ड बोक्नुपर्ने भएको छ । 

    images

    काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने उल्लेख छ ।

    खोपकार्डको फोटो खिचेर मोबाइलमा बोके पनि हुने आदेशमा भनिएको छ । शुक्रबारदेखि सार्वजनिक स्थान जाँदा वा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड बोक्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । 
     


    माघ ७, २०७८ शुक्रवार १०:५१:१६ बजे : प्रकाशित


    क्यानाडा नेपाल