शुक्रबार
२० मङ्सिर
२०७६

उकालो लाग्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

आइतबार मङ्सिर १५, २०७६/ Sunday 12-01-19

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सयले बढेर ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ७१ हजार तीन सय कायम गरिएको छ । आइतबार चाँदी तोलाको ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो साता सुनचाँदीको मूल्यमा गिरावट आए पनि यो साता पहिलो दिन नै तीन सयले बढेको छ ।