• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

महिलामा हुने स्तन क्यान्सरबाट कसरी बच्ने ? देखिन्छन् यस्ता लक्षण

  • 698
    SHARES
  • images
    images
    महिलामा हुने स्तन क्यान्सरबाट कसरी बच्ने ? देखिन्छन् यस्ता लक्षण

    काठमाडौं - हड्डी, मासु र छालाले मनिसको शरिर बनेको छ । शरिरलाई  स्वस्थ राख्न सधै सफा खाना खाने, दैनिक योग व्यायम गर्ने गर्नुपर्छ । यदि हामिले शरिरलाई स्वस्थ राख्ने उपाय नअपनाएमा क्यान्सर जस्ता ठुलो रोग लाग्न सक्छ । महिला पूरष दुवैलाई लाग्ने क्यान्सर धेरै किसिमको हुने गर्छ । यसैमध्ये महिलालाई लाग्ने स्तन क्यान्सर पनि एक हो ।

    images

    स्तन क्यान्सर एक महिलालाई लाग्ने रोग हो । जसमा स्तनमा कोशिकाहरू नियन्त्रण बाहिर बढ्छ। स्तन क्यान्सर पनि विभिन्न प्रकारको हुने गर्छ । स्तन क्यान्सरको प्रकार स्तनमा कुन कोशिकाहरू क्यान्सरमा परिणत हुन्छ त्यसमा निर्भर हुने गर्छ। स्तन क्यान्सर स्तनका विभिन्न भागहरूमा  हुन सक्छ। 

    स्तन तीन वटा मुख्य लोब्युल, नलिका र जोड्ने तन्तु भागहरु मिलेर बनेको हुन्छ । लोब्युल दूध उत्पादन गर्ने ग्रन्थि हो । नलिका नली हो जसले दूधलाई निप्पलमा लैजान्छ। संयोजी तन्तुले सबै कुरालाई घेर्छ र समात्छ। 

    प्राय जसो स्तन क्यान्सर नलिका वा लोब्युलबाट सुरु हुन्छ। स्तन क्यान्सर स्तन बाहिर रक्तनली र लिम्फ नलीहरु मार्फत फैलन सक्छ। जब स्तन क्यान्सर शरीरका अन्य भागहरूमा फैलिन्छ, यसलाई मेटास्टेसाइज भन्ने गरिन्छ । 

    स्तन क्यान्सरका लक्षणहरू 
    १. स्तनमा गाँठो वा पिडा महसुस हुनु 
    २. स्तनको आकार परिवर्तन हुनु
    ३. स्तन भित्र वा वरपर सुनिनु 
    ४. स्तनको छाला पोल्नु 
    ५. स्तनमा दागहरू देखिनु
    ६.स्तनमा  घाउ खटिरा आउनु 
    ७.  निप्पलको भागमा  दुखाइ हुनु आदि।  
     
    स्तन क्यान्सरबाट बच्ने उपायहरु  
    १. चुरोट रक्सीको सेवन कम गर्नु - दैनिक चुरोट रक्सी सेवन गर्दा करिब ८० % महिलाहरुलाई स्तन क्यान्सर लाग्ने सम्भावना हुन्छ।  त्यसैले दैनिक चुरोट रक्सीको सेवन गर्नु हुदैन। 
    २. शारीरिक रूपमा सक्रिय हुनुपर्छ - दैनिक रुपमा  शरीरिक व्यायम तथा योगा गरिरहेमा यसबाट बच्न सकिन्छ ।  
    ३.  तौल सन्तुलन - महिलाहरुले आफ्नो तौल सन्तुलन राख्नु नै यसबाट बच्ने उपाय हो । 
    ४. खानपिनमा ध्यान दिनु -   दैनिक हरियो सागपात, माछा ,मासु, अण्डा आदी खानेकुराको सेवन गर्नु पर्दछ । 


    पौष ६, २०७८ मंगलवार २०:५७:३७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # स्तन क्यान्सर

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    'भिटामीन सी'को कमी भएमा के-के हुन्छ ? यस्ता छन् फाइदा

  • 748
    SHARES
  • 'भिटामीन सी'को कमी भएमा के-के हुन्छ ? यस्ता छन् फाइदा

    काठमाडौं - हाम्रो स्वास्थ्यको लागि भिटामिन सी निकै आवश्यक पर्दछ । शरिरमा भिटामिन सीको कमी भएमा बिभिन्न समस्याहरु देखा पर्ने गर्छन् । यदि हामिले शरीरलाई बलियो बनाउन र रोगसँग लड्न सक्ने क्षमता बढाउनु छ भने भिटामिन सी हुने खानेकुराहरु खानुपर्दछ । 

    images

    हाम्रो दैनिक खाने खानेकुराहरुमा भिटामिन सी पाइन्छ । तर हामिलाई कुन खानेकुरामा कुन भिटामिन पाइन्छ भन्ने बारे थाहाँ हुँदैन । अहिले हामिले कोरोना पनि भोगिरहेका छौं । 

    यस समय भिटामिन सी भएका खानेकुरामा बढी जोड दिएमा कोरोनाबाट पनि हामि बच्न सकिन्छ । भिटामीन सी सुन्तला, अमला, कागती, किवी, ब्रोकाउली, भेडे खुर्सानी लगायतका खानेकुरामा पाइन्छ । 


    भिटामीन सीको कमी भएमा के-के हुन्छ ?

    - भिटामीन सीको कमी भएमा घाउ छिट्टै निको नहुने हुन्छ । यदि चोटपटक लागेर रगत बगेको छ भने भिटामीन सी आवश्यक पर्छ ।  

    - भिटामीन सीको कमी भएमा नाक तथा गिजाबाट रगत आउने समस्या पनि देखा पर्ने गर्छ । गिजाका बिरामीलाई भिटामीन सीको सेवन गर्नु राम्रो हुन्छ । 

    - भिटामीन सी कमी भएमा मोटोपना बढ्ने गर्छ । भिटामीन सी कमी भएमा शरिरको बोसो बढ्ने गर्छ । जसले गर्दा मोटोपन बढ्ने गर्छ । 

    - भिटामीन सीको कमी भएमा आँखामा पनि असर पर्ने पर्छ । भिटामीन सी तथा एन्टी अक्सिटेन्टको कमी भएमा आँखामा समस्या हुनसक्छ । 

    छाला भिटामिन सीले हाम्रो छालाका विभिन्न समस्या समाधान गर्नुको साथै छाला सम्बन्धि रोगहरुबाट पनि बचाउन सहयोग गर्छ । यसले छालाका कोशिकाहरू मर्मत गर्न, छालालाई धुलो र खराव हावाहरु बाट जोगाउन सहयोग गर्छ । साथै छालामा हुने खैरो दाग र एक्ने आउने कम गर्छ । यस्तै छालाको टोन बाहिर निकाल्न र कोलाजेन उत्पादनलाई उत्तेजित गर्न पनि सहयोग गर्छ । 


    पौष १३, २०७८ मंगलवार २१:०६:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भिटामीन सी

  • क्यानाडा नेपाल

    जाडोमा रुघाले सताएमा अपनाउनुहोस् यस्तो घरेलु उपाय, नाक कसरी खुलाउने ?

  • 1.1K
    SHARES
  • जाडोमा रुघाले सताएमा अपनाउनुहोस् यस्तो घरेलु उपाय, नाक कसरी खुलाउने ?

    काठमाडौं । मौसममा परिवर्तन आउने क्रममा धेरैलाई रुघाखोकीले सताउने गर्छ । बालबालिका, बृद्धबृद्धा, रोगीलाई मात्रै नभएर वयस्क उमेर समूहकालाई र निरोगीलाई पनि रुघाखोकीले सताउन छोड्दैन । 

    images

    जाडो मौसममा हरकोहीलाई रुघा लाग्ने हुनाले यसबाट आत्तिनु हुँदैन । तर रुघाखोकीलाई सामान्य रुपमा पनि लिन हुँदैन । सामान्य रुपमा लिइएमा गम्भीर अवस्था आउन सक्ने भएकाले बेलैमा ध्यान दिनु आवश्यक छ ।

    रुघाखोकीलाई विभिन्न घरेलु उपचार गरेर पनि ठिक गर्न सकिन्छ । तर, घरेलु उपचारबाट पनि ठिक नभएमा चिकित्सकको पनि परामर्श लिनुपर्छ । रुघालाग्दा जथाभावी खाएमा रुघा बिग्रन्छ र पिनास हुने, मासु बढ्ने, एलर्जी हुने, घाँटीसम्बन्धी रोग लाग्ने, आँखा दुख्ने, टाउको दुख्ने लगायतका समस्याहरु देखिन्छन् । 
     
    रुघा लागेमा यी कुराहरुमा ध्यान दिनुहोस्
    - रुघा लागेको छ भने चिसो पानीले मुख धुने, नुहाउने र छुने गर्नुहुँदैन । साथै बिहानमा दौडधुप पनि गर्नुहुँदैन । 

    - बढी हावा चल्ने ठाउँ, धूलो र धुँवाबाट टाढा रहनुपर्छ । चिसो हावा चलेको बेलामा बाहिर हिड्नुहुँदैन । यदि हिँड्नै परेमा न्यानो लुगा लगाउने, कान, घाँटी छोप्ने र मास्क लगाउने गर्नुपर्छ ।

    - रुघा आउँदा ज्वरो आएमा घरमै आराम गरिरहनुपर्छ । यस्तो बेलामा चिसो हावामा निस्कनुहुँदैन ।

    - रुघा लागेर नाक बन्द भएमा नुनपानी मनतातो गरी नाकमा ५, ६ थोपा राख्ने गर्नुपर्छ । यदि नखुलेमा तेल वा अन्य नोजल ड्रप अर्थात नाक खुलाउने औषधि प्रयोग गर्नुहोस् । नोजल ड्रप बढी उकुसमुकुस भएर सुत्न समस्या भएमा मात्र प्रयोग गर्नुपर्छ ।

    - रुघा लागेमा दिनदिन तीन÷चार पटक तातो पानीले बाफ लिने गर्नुपर्छ । जबसम्म निको हुँदैन तबसम्म दिनको ४ पटकसम्म पाँचदेखि सात मिनेटसम्म लिनुपर्छ । 

    - रुघा लागेमा बाफ मात्र होइन नाक, घाँटी, छाती र ढाडमा तातोले १५, २० मिनेटसम्म  सेक्नुपछ ।  
     


    पौष १६, २०७८ शुक्रवार २१:३१:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रुघाखोकी

  • क्यानाडा नेपाल

    ओमिक्रोनबाट बच्न यस्ता खानेकुराहरुको सेवन गर्नुहोस्   

  • 522
    SHARES
  • ओमिक्रोनबाट बच्न यस्ता खानेकुराहरुको सेवन गर्नुहोस्   

    काठमाडौं - विश्वका विभिन्न देशमा अहिले कोरोनाभाइरसको संक्रमण बढ्न थालेको छ । यसपटकको लहरमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा तिव्र गतिमा फैलिरहेको समाचारमा सुनिदै आएको छ । भारतमा ओमिक्रोन बढीरहदा यो नेपालमा पनि आउँदैन भन्न सकिदैन । 

    images

    नेपालमा पनि ओमिक्रोनका केही केसहरु देखिएका छन् । कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल सरकारले पनि स्वास्थ्यका मापदण्ड पालना गर्न नछोड्न आग्रह गरिरहेको छ । 

    कोरोनाबाट बच्न हामिले शरिरको म्युनिटी पावर बढाउनु जरुरी हुन्छ । यस भेरियन्टका लक्षण नाकबाट पानी बग्नु, टाउको दुख्नु शरीर गल्नु, हाच्छिउँ र घाँटी दुख्नु हो ।

    इम्युनिटी पावर बढाउन सहयोग गर्ने खानेकुराहरु यस्ता छन्

    १. घिउँ - आयुर्वेदका अनुसार शुद्ध घिउँमा बोसो नगन्य हुन्छ, जसले जाडोमा शरीरलाई न्यानो राख्छ र ऊर्जा दिने गर्दछ। दैनिक १ चम्चा घिउँ खाँदा रोगबाट इम्युनिटी पावर क्षमता पनि बढ्छ । यसलाई दाल, भात, रोटी वा तरकारीसँग खान सकिन्छ ।

    २. गुलियो आलु - विज्ञहरुका अनुसार आलुमा भिटामिन–सी पाइन्छ । जसले शरिरको इम्युनिटी पावर क्षमता बढाउन मद्दत गर्छ । साथै यसमा बिटा क्यारोटिन पनि हुन्छ जुन राम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण हुन्छ।  

    ३. अमला - अमला भिटामिन-सी को एक उत्कृष्ट स्रोत हो । जुन प्रतिरक्षा क्षमता बढाउनको लागी धेरै महत्त्वपूर्ण छ। जाडोमा यसको सेवनले रुघा, खोकीबाट बच्न पनि सहयोग गर्दछ  ।  यसलाई जुस, अचाररूपमा लिन सकिन्छ।  

    ४. सखर - सखर जाडो मौसममा सबै भन्दा धेरै सेवन गर्ने एकमात्र खानेकुरा हो। सखरलाई  दैनिक  रुपमा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने गछ  । साथै सखर सुगर लागेको बिरामीहरु पनि सजिलै सेवन गर्न सक्छन। यसका साथै खानापछि एक टुक्रा गुड खाँदा पाचन प्रणाली पनि स्वस्थ रहन्छ ।

    ५. अमिलो फलफूल- जाडोमा सुन्तला, मौसमी, कागती जस्ता अमिलो फलफूल सेवन गर्दा धेरै फाइदा हुने गर्दछ । यी अमिलो फलफूलमा  भिटामिन(सीको  मात्रा धेरै हुने गर्दछ। जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।


    पौष २१, २०७८ बुधवार २२:०२:३९ बजे : प्रकाशित

    पूर्वाञ्चल क्यान्सर अस्पतालमा ५० करोड लगानीमा मोडुलर ओटी सञ्चालन, निजीस्तरमा नेपालमै पहिलो

  • 880
    SHARES
  • पूर्वाञ्चल क्यान्सर अस्पतालमा ५० करोड लगानीमा मोडुलर ओटी सञ्चालन, निजीस्तरमा नेपालमै पहिलो

    काठमाडौं । झापाको बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले झन्डै ५० करोड रुपैयाँ लगानी गरिएको  युरोपेली स्तरको अत्याधुनिक मोडुलर अपरेसन थिएटर (ओटी) सञ्चालनमा ल्याएको छ ।

    images

    पूर्वाञ्चल क्यान्सर अस्पतालले निजीस्तरमा नेपालमै पहिलोपटक मोडुलर अपरेसन थिएटर सञ्चालनमा ल्याइएको जानकारी कार्यकारी निर्देशक दुर्गा प्रसाईंले दिएका छन् । आज एक कार्यक्रम मार्फत उक्त अपरेसन थिएटर संचालन मा ल्याईएको हो । अपरेसन थिएटरका लागि अस्पताल भवनको एउटा पूरै तला प्रयोगमा ल्याइएको छ ।

    modularotnews1.jpg

    कार्यकारी निर्देशक दुर्गा प्रसाईं का अनुसार जर्मनीबाट ल्याइएको पाँचवटा मोडुलर अपरेसन थिएटर स्थापना र सञ्चालनका लागि झन्डै ५० करोड रुपैयाँ लगानी गरिएको छ । उक्त थिएटर कुनै पनि संक्रमणबाट मुक्त रहने भएर ढोकाहरु सेन्सरबाट खुल्ने, बन्द हुने बनाइएको छ ।

    कलेजो, फोक्सो प्रत्यारोपणको लागि मोडुलर थिएटर अत्यावश्यक पर्ने भएकाले अस्पताल ले उक्त थिएटर संचालन मा ल्याएको जनसम्पर्क तथा सूचना अधिकृत प्रमिस गिरीले बताएका छन् । अत्याधुनिक साधनसहितको मोडुलर अपरेसन थिएटर सञ्चालनमा आएपछि बिएन्डसी हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पताल अंग प्रत्यारोपणका लागि आत्मनिर्भर भएको समेत गिरी ले उल्लेख गरेका छन् ।

    कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बिर्तामोडलाई मेडिकल टुरिजम को रुपमा विकास गर्दै लैजाने उद्देश्य रहेको सुनाए । उनले विदेशी मुलुकबाट पनि मिर्गौलालगायत अंग प्रत्यारोपणको लागि बिरामीको चाप बढ्ने विश्वास लिएको बताए ।

    modularotnews2.jpg

    नेपालमा यसअघि सरकारीस्तरमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणको लागि नेपालमै पहिलोपटक मोडुलर अपरेसन थिएटर सञ्चालनमा ल्याएको थियो ।


    पौष २२, २०७८ बिहिवार १६:४६:४९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    १० महिनादेखी खोरमा थुनिएका बालकको उद्दार गर्यो बिएन्डसी अस्पतालले

  • 878
    SHARES
  • १० महिनादेखी खोरमा थुनिएका बालकको उद्दार गर्यो बिएन्डसी अस्पतालले

    काठमाडौं । झापाको अर्जुनधारामा एक बालक महिनादेखि उपचारको अभावमा १० महिनादेखि काठको खोरमा बसिरहेका थिए । उक्त बालकको जानकारी पाएपछि बिर्तामोडको बिएन्डसी हस्पिटलले उनको घर पुगेर उद्दार गर्दै निःशूल्क उपचार गर्ने भएको छ ।

    images

    अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा बसन्तको बिएन्डसीले निःशूल्क उपचार गर्न खोरबाट उद्दार गरेको हो । जन्मदेखि नै बोली नआएको बालकलाई गएको चैतदेखि खोरमा राख्न थालिएको परिवारले जनाएको छ ।

    बिर्तामोडको बिएन्डसी हस्पिटलले उक्त बालकको निःशूल्क उपचार गर्ने भएको छ । शुक्रबार खोरबाट उद्दार गर्दै बिएन्डसी हस्पिटलले उपचार गरिदिन लगेको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं आफै पुगेर बालकको उद्दार गर्न सहयोग गरेका थिए ।

    bncdpnewspic.jpg

    खेती किसानी गर्ने दाहाल परिवारलाई काम गर्न असहज भएपछि बाध्य भएर खोरमा राख्न थालिएको उनकी आमा चम्पा दाहालले सुनाइन् । छोराको उपचारका लागि सकेसम्म खर्च गरे पनि स्वास्थ्यमा केही सुधार नआएको उनको भनाइ छ । उपचारका लागि डाक्टरदेखि धामी झाँक्रीसम्म लगाएको पनि उनले सुनाइन् ।

    लामो समयदेखि बालक खोरमा राखिँदा पनि राजनीतिकर्मी, समाजसेवीले केही पहल नगरेको भन्दै प्रसाईले रोष प्रकट गरे । उनले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको बिएन्डसीले उपचार गर्दै आएको बताउँदै त्यस्ता कोही व्यक्ति छन् भने खबर गर्न पनि गाउँलेलाई आग्रह गरे ।

    ‘यो छोरा तपाईको होइन, अब हाम्रो पनि छोरा हो, उपचार गरेर घर ल्याइदिन्छौँ ‘, बालकको परिवारलाई उनले आश्वस्त पारेका छन् । उनले भने, ‘कोही पनि पैसा नभएर उपचार पाएका छैनन् भने हामीलाई खबर गर्नुहोला ।’


    पौष २३, २०७८ शुक्रवार १७:४५:३२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ, संक्रमित भएमा के गर्ने ?

    ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ, संक्रमित भएमा के गर्ने ?

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र ढंगले फैलिदै गएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भइसकेको छ । 

    images

    उच्चदरमा फैलिएको ओमिक्रोन बारे अहिले धेरैलाई जान्ने इच्छा छ । यसैबीच डा. रवीन्द्र पाण्डेले ओमिक्रोन संक्रमित भएमा के उपाय अपनाउने भन्ने बारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 
     
    अहिले डेल्टा, ओमिक्रोनलगायत कोरोना भाइरसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ । अन्य देशको संक्रमणदर हेर्ने हो भने नेपालमा पनि यसको फैलावट ठूलो समुदायमा हुनसक्दछ । यसको प्रकोप हेर्दा लाग्छ, हामी सबै कोरोनाबाट अछुतो रहन मुस्किल छ । सुखद कुरा के छ भने यो लहरका प्रजातिले त्यति गम्भीर बनाएका छैनन् । ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ ।
     
    १. कडा रुघा वा जीउ दुख्ने र जाडो हुने भएमा तत्काल पिसिआर टेस्ट गर्ने । रोग थाहा पाउनु भनेको उपचारको बाटो क्लियर हुनु हो ।

    २. पिसिआर पोजिटिभ देखिएमा डर नमान्ने र पटक्कै नआत्तिने।  खोप लगाएका व्यक्तिमा सामान्य लक्षण देखिएर निको हुन्छ ।

    ३. बिभिन्न अनुसन्धानले देखाएका छन्, कोभिडमा घरेलु उपचार प्रभावकारी छ । बेसार, अदुवा, ज्वानो, मरिच, तुलसीका पात तथा कागतीपानी पकाएर पटकपटक सेवन गर्ने र मनतातो पानी प्रशस्त मात्रामा पटकपटक पिउने ।

    ४. पोषिलो तथा बिबिध प्रकारका खाना खाने । जंक फुड नखाने । चिसो बाहेक अन्य खाना बार्नु पर्दैन ।

    ५.इम्युनो प्लस, इम्युन केयर, इम्युनोभिर लगायतका हर्बल औषधि (रोगप्रतिरोधात्मक क्षमता बढाउने) आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मिको सल्लाहमा सेवन गर्ने ।

    ६. ज्वरो आएमा र टाउको दुखेमा र शरीर दुखेमा पारासिटामोल, खोकी लागेमा एलर्जीको ट्याब्लेट र कफ सिरप, नाक बन्द भएमा न्याजल ड्रप आदिको प्रयोग गर्ने । घांटी दुखेमा गार्गल सोलुसनले पटकपटक कुल्ला गर्ने ।

    ७. घाम ताप्ने, हल्का ब्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा बस्ने तथा सकारात्मक सोंच राख्ने । ८. अक्सिमिटरले अक्सिजन नापिरहने ।

    ९. घांटी धेरै दुखेमा, सामान्य उपचारले खोकी वा ज्वरो निको नभएमा चिकित्सकको सुझाब अनुसार एन्टिबायोटिक प्रयोग गर्ने ।

    १०. अक्सिजनको स्तर घटेमा, सास फेर्न गाह्रो भएमा, खान खान नसकेमा तथा अन्य गाह्रो भएमा तुरुन्त अस्पतालमा जाने ।


    माघ २, २०७८ आइतवार २१:३०:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल