• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

ग्रीसमा सवारी दुर्घटनामा हुँदा ४ जना नेपालीको मृत्यु (नामसहित)  

  • 528
    SHARES
  • images
    images
    ग्रीसमा सवारी दुर्घटनामा हुँदा ४ जना नेपालीको मृत्यु (नामसहित)  

    लण्डन - गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।

    images

    मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो ।

    ग्रीस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को वेबसाइटमा राखिएको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको भिएनास्थित नेपाली राजदूतावासले जनाएको छ ।

    दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र अब शवलाई नेपाल पठाउने प्रक्रिया शुरु गरिसकेको बताए ।

    दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रीसको एथेन्स शहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य चार जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

    गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीहरूको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपाली सहित आठ जना घाइते भएका थिए । ओभरलोड गाडी तीव्र गतिमा गुडेको हुँदा चालकले सन्तुलन गुमाएर दुर्घटना भएको हुन सक्ने आंशका गरिएको छ ।


    पौष ८, २०७८ बिहिवार ०८:५३:०४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # ग्रीस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    नेपालसहित चार देशको सहभागितामा कोलकातामा सुन्तला महोत्सव हुँदै

    क्यानाडा नेपाल

    कार्तिक १०

  • 994
    SHARES
  • नेपालसहित चार देशको सहभागितामा कोलकातामा सुन्तला महोत्सव हुँदै

    जयगाउँ (भारत) - नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २४, २५ र २६ गते पश्चिम बङ्गालको राजधानी कोलकातामा हुने भएको छ ।

    images

    एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजम नामक संस्थाले सन् २०१४ देखि महोत्सवको आयोजना गर्दै आएको छ । भुटानको सीमा नजिक पश्चिम बङ्गालको जल्दापारा नेसनल पार्कमा आज भएको अन्तरदेशीय बैठकले महोत्सवको तिथि निर्धारण गरेको हो । प्रत्येक दुई वर्षमा हुँदै आएको पूर्वनिर्धारित सुन्तला महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा आयोजना हुन नसकेको आयोजक संस्था एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजमका अध्यक्ष राज बसुले बताए ।

    उनका अनुसार आजको अन्तरदेशीय बैठकमा नेपाल र भारतका प्रतिनिधिको सहभागिता रहेको थियो । कोरोना महामारीका कारण बङ्गलादेश र भुटानले सीमा बन्द गरेका कारण ती देशका प्रतिनिधि बैठकमा आउन नपाएको बसुले जानकारी दिए । हिमालय क्षेत्रका नेपाल, भारत र भुटानमा फल्ने सुन्तला महोत्सवको विशेष आकर्षण हुने गरेको छ । ग्रामीण क्षेत्रमा उत्पादन हुने अग्र्यानिक जडीबुटी, फलफूल र हस्तकलाका सामग्रीको महोत्सवमा प्रचारप्रसार गरिँदै आएको उनले बताए ।

    उक्त महोत्सवका लागि नेपाल सहआयोजक रहँदै आएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजमका महासचिव अर्जुन कार्कीले बताए । उनले बैठकमा महोत्सवले नेपाली सुन्तला र ग्रामीण पर्यटनको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको हुँदा आगामी मङ्सिरमा कोलकातामा हुने महोत्सवमा नेपालको तर्फबाट प्रदेश नं १ का पर्यटन व्यवसायी, सुन्तला कृषक र पत्रकारको सक्रिय सहभागिता रहने बताए ।

    “कोरोना महामारीले विश्वव्यापीरूपमा पर्यटन व्यवसायलाई धराशायी बनाएको बेला आयोजना हुन लागेको सुन्तला महोत्सवले नेपाली पर्यटनलाई पुनःजागृत गर्न मद्दत पुग्नेछ”, नेपालमा ग्रामीण पर्यटनको विकासका लागि अभियान सञ्चालन गर्दै आएका कार्कीले भने, “कोरोनासँगै जिउनुको विकल्प छैन, अब हामीले पनि पर्यटन प्रवद्र्धनका लागि स्थानीय महोत्सव सुरु गर्नुपर्छ ।”

    नेपालको चिया, अलैँची, सुन्तला र घरेलु कपडाको महोत्सवमा स्टल राखिने र प्रदेश नं १ मा सञ्चालित घरबास ९होमस्टे० को प्रचारात्मक कार्य गरिने उनले बताए । नेपाली पर्यटकीयस्थल, घरबास र कृषि उत्पादनको प्रचार गर्ने माध्यमका रूपमा कोलकाताको सुन्तला महोत्सवलाई कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले समेत सक्रिय चासो राख्दै आएको छ ।

    दूतावासले एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजमसँगको सहकार्यमा यसअघि तीन पटकसम्म क्रस बोर्डर बैठकको आयोजना गरिसकेको र त्यसमा नेपाल र भारतका उच्चपदस्थ सरकारी पदाधिकारी र सरोकारवाला पर्यटन संस्थाको सहभागिता रहेको कार्कीले जानकारी दिए ।

    क्रस बोर्डर बैठक मानव–हात्ती द्वन्द्वलाई पर्यटन विकासमा रूपान्तरण गर्ने र वारिपारिका समस्या समाधानका लागि संवाद गर्ने महत्वपूर्ण थलोका रूपमा उपयोग हुँदै आएको उनले बताए ।रासस


    कार्तिक १०, २०७८ बुधवार १९:४४:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुन्तला महोत्सव

  • क्यानाडा नेपाल

    नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि अनिवार्य परिचयपत्र देखाउनुपर्ने

    क्यानाडा नेपाल

    कार्तिक १४

  • 976
    SHARES
  • नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि अनिवार्य परिचयपत्र देखाउनुपर्ने

    नयाँ दिल्ली - भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ । नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको भारतीय समाचार संस्था आजतकले जनाएको छ । 

    images

    नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबैध ढंगले नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गरिएको हो । केही दिनअघि भारतको बाटो हुँदै ११ अफगानी नेपाल प्रवेश गरेका थिए । 

    नयाँ व्यवस्थाअनुसार नेपाल आउने भारतीयले सीमा प्रवेश गर्नुअघि नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र र शैक्षिक परिचयपत्रमध्ये एउटा अनिवार्य देखाउनु पर्छ । अतिवाद नियन्त्रण तथा गैरकानूनी ढंगले नेपाल भित्रिने नागरिकलाई रोक्न परिचय पत्र अनिवार्य गरिएको भारतको सीमा सुरक्षा बलले जनाएको छ । 

    यसअघि शनिवार गृहमन्त्री बालकृष्ण खाँडले एक आदेशमा हस्ताक्षर गर्दै नेपाल प्रवेश गर्ने भारतीयमाथि कडाइ गर्न भारतसँग अनुरोध गरेका थिए ।एजेन्सी


    कार्तिक १४, २०७८ आइतवार १४:४८:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल प्रवेश

  • क्यानाडा नेपाल

    सरकारविरुद्ध एनआरएनए अदालतमा

  • 560
    SHARES
  • सरकारविरुद्ध एनआरएनए अदालतमा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ ।

    images

    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले  परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । 

    संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको जनाएको छ । 

    सरकारविरुद्धको निवेदनमामा १०औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।

    संघका अध्यक्ष पन्तले संरक्षक परिषद्लाई अनावश्यक चलखेल नगर्न आग्रह गरेका छन् । उनले संघको विवाद समाधान गर्न संघ सक्षम रहेको बताए । पन्तले संघको १०औं महाधिवेशन तथा निर्वाचन डिसेम्बर महिनाभित्रै हुने बताए ।

    पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्मा र प्रवक्ता डिबी क्षेत्रीले आआफ्नो भनाइहरू राखेका थिए । 


    मंसिर ११, २०७८ शनिवार १९:५०:१९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दुबई हिँडेका गोविन्द सुनार १६ दिनदेखि बेपत्ता 

  • 536
    SHARES
  • दुबई हिँडेका गोविन्द सुनार १६ दिनदेखि बेपत्ता 

    कपिलवस्तु - कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियाकी गीता सुनारलाई पति गोविन्दले फोन गर्दै साँझ दुबईको फ्लाइट भएको बताएका थिए । ५ मंसिर बिहान फोन गर्दै खर्च तिर्न रकम पठाउन अनुरोध गरेका थिए । एक वर्षपछि फेरि वैदेशिक रोजगारीमा जान लागेपछि सयकडा  ब्याज तिर्ने गरी गाउँले साहुसँग कर्जा लिएकी थिइन् । रेमिटमार्फत पठाएको रकम निकालेका गोविन्द त्यही दिनदेखि बेपत्ता भएपछि सुनार परिवार चिन्तित बनेका छन् ।

    images

    भिजिट भिसामा दुबई जाने भनेका ३८ वर्षीय गोविन्द सुनार १६ दिनदेखि बेपत्ता रहेका परिवारका सदस्यले बताएका छन् । ५ मंसिरमा भ्रमण भिसामा दुबईको फ्लाइट भएको भन्दै उनी घरबाट एक लाख पचास हजार रकम मगाएका थिए । दुई वर्ष मलेसिया र चार वर्ष कुवेत बिताएका सुनारलाई पेटको रोगको समस्या भएपछि गत पुसमा नेपाल फर्किएका थिए । नेपालमा उपचार गरी रोग निको भए पछि पुनः विदेश जाने भन्दै ३१ कात्तिकमा काठमाडौँ हिँडेका थिए । 

    उनले ५ मंसिर बिहान ११ बजे फोन सम्पर्क गर्दै आजै उडान हुने बताएका थिए । पत्नी गीताका अनुसार पीसीआर चेक गर्न लाइनमा बसेको हुँदा थप कुरा पछि गर्ने कुराकानी भएको बताइन् । यता गोविन्दले सोही दिन दिउँसो २ः१३ बजे ‘पशुपति सब मनि ट्रान्सफर ओम शान्ति चोक काठमाडाैंबाट रकम निकालेका थिए । उनले पैसा नपुग्ने भन्दै भाइ र साथीसँग गरी करिब तीन लाख रकम जम्मा गरेका थिए ।

    कतै नभेटिए पछि ९ मंसिरमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खोजतलास गर्नका लागि जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार सुनारको कल डिटियल माग गरी अनुसन्धान गरिएको बताइएको छ । 

    दुबई आउने भन्दै गोविन्दले  दाजु पर्ने कृष्ण विकलाई एयरपोर्ट लिन आउन आग्रहसमेत गरेका थिए । कृष्णले अफिस बिदा लिई एयरपोर्टमा कुरेर बसे पनि गोविन्दलाई नदेखेको खबर आएको गोविन्दका दिदी जालमाया सुनारले बताइन् । सामान्य परिवारका गोविन्द बेपत्ता भएपछि उनको परिवार बिचल्लीमा परेकाे छ । गोविन्दले प्रयोग गर्ने फोन अहिलेसम्म स्विचअफ छ ।

     


    मंसिर २१, २०७८ मंगलवार १७:५८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • क्यानाडा नेपाल

    ग्रीसमा सवारी दुर्घटनामा हुँदा ४ जना नेपालीको मृत्यु (नामसहित)  

    ग्रीसमा सवारी दुर्घटनामा हुँदा ४ जना नेपालीको मृत्यु (नामसहित)  

    लण्डन - गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।

    images

    मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो ।

    ग्रीस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को वेबसाइटमा राखिएको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको भिएनास्थित नेपाली राजदूतावासले जनाएको छ ।

    दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र अब शवलाई नेपाल पठाउने प्रक्रिया शुरु गरिसकेको बताए ।

    दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रीसको एथेन्स शहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य चार जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

    गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीहरूको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपाली सहित आठ जना घाइते भएका थिए । ओभरलोड गाडी तीव्र गतिमा गुडेको हुँदा चालकले सन्तुलन गुमाएर दुर्घटना भएको हुन सक्ने आंशका गरिएको छ ।


    पौष ८, २०७८ बिहिवार ०८:५३:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ग्रीस

  • क्यानाडा नेपाल

    विदेशमा ८८ प्रतिशत नेपालीले कोरोनाविरुद्धकाे खोपको पूर्ण डोज लगाए, कहाँ कतिले लगाए ?

  • 372
    SHARES
  • विदेशमा ८८ प्रतिशत नेपालीले कोरोनाविरुद्धकाे खोपको पूर्ण डोज लगाए, कहाँ कतिले लगाए ?

    लण्डन - नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले काेभिड-१९ विरुद्धकाे पूर्ण खोप लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा बसाेबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् ।

    images

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरिया लगायतमा रहेका नेपालीले खोप लिएका छन् ।

    तर भारत, बंगलादेश जस्ता देशमा भने ७० प्रतिशतभन्दा कम नेपालीले पूर्ण मात्रा खोप लगाएका छन् ।  न्यूनतम खोप उपलब्ध भएका देशमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको ३० प्रतिशतभन्दा कमले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् । स्वास्थ्य समितिलाई प्राप्त जानकारी अनुसार नेपालबाहिर रहेका नेपालीको खोप लिने दर उच्च छ ।

    कोरोनाविरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीले तेस्रो खोपसमेत लगाउन थालेका छन् । अहिलेसम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् । बेलायतमा रहेका ६० प्रतिशत भन्दा बढी नेपालीले बुस्टर लिएको संयोजक डा सापकोटाले बताए ।

    समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले समेत तेस्रो खोप प्राप्त गरिसकेका छन् । हाल विश्वको कुल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रुपमा खोप लगाएको तथ्यांक छ ।

    कोरोना महामारी सुरु भएयता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने, स्वास्थ्य सम्बन्धमा जनचेतना कार्यक्रम गर्दै आएको छ ।

    संघको स्वास्थ्य समिति अन्तर्रगत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत २ सयभन्दा बढी चिकित्सकले तथ्यांक संकलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाईरहेका छन् । स्वास्थ्य समितिद्वारा जारी पछिल्लो तथ्यांक संकलन गर्न डा सागर पौडेल (भारत), डा नीतेश अर्याल, लक्ष्मी गिरी (बहराइन), रोशन थापा, कृष्ण भट्ट (अफ्रिका), डा बोधराज सुवेदी (युरोप), एलिजा केसी (जापान) , गोविन्द खरेल (बेलायत), गोकर्ण ढकाल (हङकङ), र लोक दाहाल (युरोप) लगायतले सहयोग रहेको स्वास्थ्य समितिले जनाएको छ । 


    पौष १९, २०७८ सोमवार ०७:२०:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल