शुक्रबार
१९ असार
२०७७

कास्की–२ मा कांग्रेस पराजय हुनुको ३ मुख्य कारण

आइतबार मङ्सिर १५, २०७६/ Sunday 12-01-19

काठमाडौ । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी भएकी छिन ।

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले राम्रो चर्चा बटुल्दा बटुल्दै पराजय हुनुको मुख्य कारण बारेमा कांग्रेसका एक नेताले केहि बुँदाहरु उल्लेख गरेका छन् । नेकपाको पकड छेत्र देखि कांग्रेस भित्रका विवादले गर्दा खेमराजको सरल जीवनले राम्रो मत पाउन नसकेको निष्कर्ष निकालिएको छ ।

 कास्की २ लाई नेकपाको पकड भएको छेत्र भन्दा गलत नहोला । स्व. रविन्द्र अधिकारीले लगातार ३ पटक चुनाव जितेका थिए । नेकपाले पकड जमाएको छेत्रमा रविन्द्र अधिकारीले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका देवराज चालिसेलाई २७ हजार बढि मतान्तरले पराजित गरेका थिए । यस वर्ष पनि विधा भट्टराईले भारी मतले नै पराजित गरेकी छिन जसले दर्शाउँछ कि कास्की २ नेकपा पकड छेत्र हो जहाँ कांग्रेसका खेमराज पराजित भए ।

 विधा भट्टराईको लागी सहानुभूति मत पाउन सहज बन्यो यस निर्वाचनमा । स्व. रविन्द्र अधिकारीले ०६४, ०७०, ०६४ को निर्वाचनमा जित हासेल गरे संगै कास्की वासीहरुको आश र शान बनिसकेका थिए । रविन्द्र अधिकारी जत्ति विश्वासिलो नेता कास्कीमा नभएको ठहर छ । हुन त खेमराज पौडेल पनि कास्कीका पुराना नेता हुन् तर रविन्द्र अधिकारीको नाम र चर्चाले कास्की वासीले विधा भट्टराईको पक्षमा मत दिए । रविन्द्र अधिकारीको अभाव खट्किएको भान नेकपामा मात्र नभएर कास्कीमा पनि भएकाले नेकपाले उठाएको विधा भट्टराईलाइ भोट दिएर निर्वाचित गराए । 

 अनुभवी, निष्ठावान नेताका रुपमा परिचित खेमराज पौडेललाई नेपाली कांग्रेस भित्रको विवादले पनि मत परिणाम आफ्नो पक्षमा आउन दिएन । कांग्रेसका निकट नेताका अनुसार निर्वाचनका लागी उम्मेद्द्वार चयन गर्न भएको विवादले पनि जनतामा गलत संदेश गएकाले मत हाम्रो पक्षमा नआएको उल्लेख गरेका छन् । कांग्रेसका वरिष्ठ नेताहरुले आ-आफ्नो पक्षका उम्मेदवार चयन गर्दा केहि विवाद आएको थियो । कांग्रेस भित्रको विवादले जनतामा गलत संदेश पुग्दा खेमराज गुरु जस्तो उम्मेदवार विजय नभएको टिप्पणी गरिएको छ । संगठन बलियो नहुनु र विधा भट्टराईसंग सहानुभूति मत हुनुले गर्दा खेमराज पौडेल पराजय भएको निष्कर्ष कांग्रेसका नेताले उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस: सागको भव्य उद्घाटनमा आतशबाजी देखि नेपालीको हेर्नैपर्ने मनमोहक प्रस्तुति (भिडियो)