बढ्यो बहराईन दिनार र युके पाउण्डको मूल्य, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

काठमाडौं - सोमबार नेपाली बजारमा बहराईन दिनार र युके पाउण्ड स्ट्रलिको मूल्य बढेको छ भने अन्य देशको स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ११५ रुपैयाँ ०८ पैसा तोकिएको छ । त्यसैगरी आज एक बहराईन दिनारको खरिददर ३ सय ३ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ५ रुपैयाँ २८ पैसा तोकिएको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ५६ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७७ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ७७ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ७४ पैसा तोकिएको छ । आज एक युएई दिरामको खरिददर ३१ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७६ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १४८ रुपैयाँ ७६ पैसा तोकिएको छ। त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा तोकिएको छ ।त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा तोकिएको छ ।