बुधबार
२५ मङ्सिर
२०७६

१३औं साग : नेपाललाई एकै दिन तीन स्वर्ण, क–कसले पाए ?

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौं । आइतबारदेखि नेपालमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा हालसम्म नेपालले तीन स्वर्ण हात पारेको छ । सोमबार पोखरामा भएको ट्रायथोलन अन्र्तगत  महिला विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेसँगै नेपालले तीन स्वर्ण हात पारेको हो । पुरुष तर्फ भने भारतका आदर्शमान सिनामोलले स्वर्ण पदक जिते । 

सोनीसँगै मन्डेकाजी श्रेष्ठ र कमल श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएका छन् । कराँते पुरुष कातामा मन्डेकाजी श्रेष्ठ र तेक्वान्दो पुम्सेमा कमल श्रेष्ठले स्वर्ण पद हात पारेका हुन् ।