बुधबार
२५ मङ्सिर
२०७६

दुई सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार एकैचोटि तोलामा तीन सयले बढेर ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन सोमबार तोलामा दुई सय रुपैयाँ घटेको छ ।

आज प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको भाउसमेत तोलामा २ सय रुपैयाँ घटेर ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउसमेत आज तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।