बुधबार
२५ मङ्सिर
२०७६

१३औं साग : नेपाललाई लगातार चार स्वर्ण

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौं । आइतबारदेखि नेपालमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा हालसम्म नेपालले चार स्वर्ण हात पारेको छ । सोमबार भएका खेलमा नेपालले चार स्वर्ण हात पारेको हो । पोखरामा भएको ट्रायथोलन अन्र्तगत महिला विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छन् ।

सोनीसँगै मन्डेकाजी श्रेष्ठ, कमल श्रेष्ठ स्वर्ण पदक हात पार्दा कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पाएको हो । राँतेको महिला टिम कातामा निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएका हुन् ।