बुधबार
२५ मङ्सिर
२०७६

तमिल फिल्ममा देखिदै अभिनेता रोनित बोस रोय

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

एजेन्सी - बलिउडका चर्चित अभिनेता हुन् रोनित बोस रोय । सन् १९९६ मा फिल्म मेघा बाट बलिउडमा डेब्यु गरेका रोनित निकै सफल अभिनेता हुन् । भारतिय टेलिभिजनशो अदालत बाट पनि चर्चामा आएका उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका छन् । उमेर जति बढे पनि उनी अहिले जवान नै देखिने गरेका छन् । 

केहि समय अघि उनी आफ्ना भाई रोहित रायको फिल्ममा देखिने चर्चा थियो ।  भारतिय मिडियाका अनुसार अब भने अभिनेता रोनित बोस रोय एक तामिल फिल्ममा देखिने भएका छन् । उनले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा आफु अब नयाँ तामिल फिल्ममा देखिने बताएका छन् ।