बुधबार
२५ मङ्सिर
२०७६

सलोन बस्नेतको 'सुश्री सम्पति' युटुबमा सार्वजनिक (हेर्नुहोस् पुरा फिल्म)

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौं - गएको बर्षको मंसिर २८ मा रिलिज भएको फिल्म 'सुश्री सम्पति' युटुबमा सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेतको मुख्य अभिनय रहेको यस फिल्म आइतबार युटुबमा सार्वजनिक भएको हो । हलमा खासै राम्रो ब्यापार नगरेपनि यस फिल्मले युटुबमा राम्रो प्रतिक्रिया पाएको छ । 

सुव्रत राज आचार्य निर्देशन गरेको यस फिल्ममा अभिनेता सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ। यस फिल्मको कथा निर्देशक सुव्रत राज आचार्य आफैले लेखेका हुन् । यस फिल्ममा अभिनेत्री प्रियंका कार्कीको आइटम डान्स पनि रहेको छ ।