बुधबार
२५ मङ्सिर
२०७६

भारतीय जलसेनामा पहिलो पाइलट बनिन् शिभाङ्गी

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

कोची, एएनआई  – भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बन्नुभएको छ । शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उहाँ गत वर्ष भारतीय जलसेनामा भर्ना हुनुभएको थियो ।

शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थाल्नुभएको छ । उहाँले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाउनु भएको छ ।