बुधबार
२५ मङ्सिर
२०७६

दैनिक पूजा गर्दा छुटाउनै नहुने यी ३ कार्य

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौँ। हिन्दुधर्मावलम्बीहरु दैनिक पूजाआराधनादेखि जपसम्म गर्ने गर्छन् ।  हिन्दु धर्मअनुसार दैनिक पञ्चायनको वा मठ मन्दिरमा पूजाआराधना गर्नु आफ्नो आत्मालाई शान्त पारेर मनलाई शुद्ध पार्नु हो । दैनिक प्रभुको नाम सम्झीनु भनेको आफुमा भएका नकारात्मकतालाई हटाइ सकारात्मक चिन्तन गर्नु हो।  मानिसहरुले  दैनिक पूजाआजाका लागि आफ्नै घरको पूजाकोठामा मन्दिर स्थापना गरेका हुन्छन् । 

घरको मन्दिरमा पूजा गर्दा ध्यान दिनैपर्ने यी ३ कार्य :  

१. प्राणप्रतिष्ठा गर्न आवश्यक :  कतिपय हिन्दु अनुयायीहरुले घरमा मन्दिर स्थापित गरेको हुन्छ र पूजाघरमा कोही कोहीले मुर्ति पनि राखेका हुन्छन् । मुर्ति राख्दा जहिले पनि प्राणप्रतिष्ठा गर्नुपर्ने आवश्यक हुन्छ।  अर्थात, मूर्ति पुजाघरमा राख्दा विशेष मन्त्रोच्चारण सहित भगवानलाई त्यस मुर्तिमा आह्वान गर्नुपर्ने पर्छ । जसले गर्दा त्यस मुर्तिमा प्रभु साक्षात निवास गर्ने गर्छन् भन्ने धार्मिक विश्वास छ ।  

२. कुलदेवी र राशि अनुसार पूजा गर्नुहोस् : कुलदेवीलाई मानिसको सबै मनोकामना पूरागर्ने देवीको रुपमा चिनिन्छ।  त्यसैगरी यदि कसैले आफ्नो राशिअनुसार देवीको आरधना गर्‍यो भने देवी सधैं प्रशन्न रही विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ ।

३. तुलसीको पूजा गर्नुहोस् : धेरै मानिसहरू नियमित रूपमा पूजा गर्दछन्, तर कतिपयले तुलसीको पूजागर्न भने बिर्सिन्छन्। हिन्दु धर्ममा तुलसीलाई पनि एक उच्च स्थानमा राखिएको छ। जसको घरमा तुलसीको नियमित पूजा गरिन्छ, त्यस घरमा सधैं खुशी, सुख र समृद्धि छाउने गर्दछ।