बुधबार
२५ मङ्सिर
२०७६

हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको ज्यानगयो

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

ह्यूस्टन, सिन्ह्वा - अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको  एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्युभएको छ ।  ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो । 

एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्युभएको स्थानीय स्रोतले जानकारी दिएको छ । सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।