बुधबार
२५ मङ्सिर
२०७६

अनिल कपूर र जोन अब्राहमको फिल्म ‘पागलपन्ती’ को हालसम्मको कमाई कति ?

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

एजेन्सी - चर्चित अभिनेता अनिल कपूर र जोन अब्राहमको कमेडी फिल्म ुपागलपन्तीु अहिले प्रदर्शन भइरहेको छ । गएको हप्ता प्रदर्शनमा आएको यस फिल्मले हालसम्म ठिकैको ब्यापार गरेको छ । २२ नोभेम्बरमा प्रदर्शनमा आएको यस फिल्मको बक्सअफिस कलेक्सन निराहाजनक छ । 

७० करोडमा निर्माण भएको यस फिल्मले पहिलो दिन साढे पाँच करोडको कमाइ गरेको थियो । भने दोस्रो दिन ६ करोड २५ लाख, तेस्रो दिन ८ करोड २५ लाख, चौथो दिन २ करोड ५० लाख, पाँचौ दिन २ करोड ३५ लाख कमाइ गर्यो । यस फिल्मले सातौ दिनमा १ करोड ९० लाख कमाएको छ ।  एक हप्ता हुँदा पनि यस फिल्मले १०० करोड कमाउन सकेन । भारतिय मिडियाका अनुसार हालसम्म यस फिल्मले  २८ करोड ९५ लाख मात्र कमाएको छ । 

  यस फिल्मको ट्रेलर पनि दर्शकले निकै रुचाएका थिए । तर फिल्मले भने निराशा बनायो । यस फिल्ममा सबै कलाकार फरक फरक अवतारमा देखिएका छन् । कमेडीनै कमेडीले भरिएको यस फिल्मलाई अनीस बज्मीले निर्देशन गरेका छन् । फिल्ममा चर्चित अनिल कपूर र जोन अब्राहम सँगै इलियाना डिक्रूज, अरशद वारसी, पुलकित सम्राट, सौरभ शुक्ला, कृति खरबन्दा, उर्वशी रौतेला  लगायतका कलाकारहरुको अभिनय रहेको छ ।