बुधबार
२५ मङ्सिर
२०७६

अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वरेकर्ड राखिन् नेपाली महिला क्रिकेटर अञ्जली चन्दले

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौं - नेपाली महिला क्रिकेटर अञ्जली चन्दले विश्वरेकर्ड बनाएकी छिन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा  विश्वरेकर्ड बनाएकी हुन् । उनले आफ्नो डेब्यू खेलमै सबै खेलाडीहरुलाई पछि पार्दै बेस्ट बलिङ फिगरको विश्वरेकर्ड बनाउन सफल भएकी हुन् ।

पोखरामा भइरहेको  अन्तर्राष्ट्रिय टि–२० अन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा पहिले ब्याटिङ गरेको माल्दिभ्सले खासै राम्रो प्रदर्शन गरेन । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । तर अञ्जलीले माल्दिभ्सका बिरुद्द कीर्तिमानी बलिङ गरिन् । 

उक्त खेलमा  महिला क्रिकेटर अञ्जली चन्दले  २ ओभर १ बल बलिङ गर्दै एक रन पनि नदिइ ६ विकेट लिएकी हुन् । उनले  पहिलो ओभरमा ३ विकेटसहित मेडन र दोस्रो ओभरमा २ विकेटसहित मेडन राखेकी हुन् । उनले तेस्रो ओभरमा पनि पहिलो बलमै विकेट लिँइन् । उक्त खेलको पहिलो बलमै अञ्जलीले विकेट लिएर इतिहास रच्न सफल भइन् ।