• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

सुशान्तको जीवनीमा आधारित बायोपिक फिल्म बनाउन परिवारकै अवरोध

क्यानाडा नेपाल पौष ३० २०७८
  • 212
    SHARES
  • images
    images
    सुशान्तको जीवनीमा आधारित बायोपिक फिल्म बनाउन परिवारकै अवरोध

    काठमाडौं - बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको अढाई वर्ष बितिसक्दा पनि उनका फ्यान अझै शोकबाट बाहिर निस्कन पाएका छैनन् । सुशान्तलाई माया गर्ने एउटा समूहले अझै पनि उनको न्यायको माग गरिरहँदा बलिउडमा अभिनेताको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने कुराको चर्चा भइरहन्छ ।

    images

    उनको बायोपिकको बारेमा आधिकारिक रुपमा कसैले घोषणा गरेको छैन, तर राजपुत परिवार भने उनको बायोपिकको कडा विरोधमा छन् । सुशान्तकी दिदी प्रियंकाले भाईको बायोपिकका बारेमा खुलेर अस्वीकार गरेकी छन् ।

    उनले आफ्नो इन्स्टाग्राममा भाईको तस्वीर राख्दै सुशान्तले न्याय नपाउञ्जेलसम्म उनको बायोपिक नबन्ने प्रष्ट पारेकी छन् । ‘मेरो दृढ विश्वास छ कि एसएसआरमाथि कुनै पनि फिल्म तबसम्म बन्नु हुँदैन, जबसम्म उसले न्याय पाउँदैन । यो मेरो प्रतिभाशाली कलाकार भाईसँग प्रतिवद्धता हो’, उनले लेखेकी छन् ।

    प्रियंका अगाडि लेख्छिन्, ‘दोस्रो कुरा, पर्दामा एसएसआरको सुन्दर, निर्दोष र गतिशील क्षमतालाई प्रदर्शन गर्ने क्षमता कोही पनि कलाकारमा छैन । मलाई आश्चर्य लाग्छ । तेस्रो कुरा, फिल्म उद्योगमा कोहीसँग त्यस्तो तागत छ, जसले एसएसआरको बारेमा बनाइएको अपमानजनक अनौठो कथाको सत्यतालाई चित्रण गर्न सक्छन् ?’

    प्रियंकाका अनुसार सुशान्त आफ्नो बायोपिकमा आफैं अभिनय गर्न चाहन्थे । यदि उनको बायोपिक बनेमा एआई प्रविधिको सहयोगले उनको भूमिका निर्माण गरिने प्रियंकाले बताएकी छन् ।


    पौष ३०, २०७८ शुक्रवार ०९:११:५३ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    ऐश्वर्या धनुषसँग अलग्गिनुको कारण खुल्यो, परिवार भन्दा सुटिङमा बढी ध्यान

    ऐश्वर्या धनुषसँग अलग्गिनुको कारण खुल्यो, परिवार भन्दा सुटिङमा बढी ध्यान

    काठमाडौं - दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमति ऐश्वर्या रजनीकान्त वैवाहिक जीवनबाट अलग भइसकेका छन् । उनीहरुले गत सोमबार एक विज्ञप्ती जारी गर्दै आफूहरु अलग्गिएको घोषणा गरे ।

    images

    यो जोडीले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुका यात्रा र लिंगा नामका दुई छोरा छन् । उनीहरु निकट स्रोतका अनुसार विवाहको सुरुवाती समयदेखि नै यो जोडीबीच खटपट सुरु भइसकेको थियो ।

    धनुष एकपछि अर्को फिल्ममा व्यस्त थिए । उनी फिल्मको सुटिङका लागि अधिकांश समय घरबाहिर रहन्थे । यो कुरा ऐश्वर्यालाई मन परिरहेको थिएन ।

    ‘धनुष निकै कामकाजी मान्छे हुन् । धनुष कुनै पनि घरायसी काम भन्दा आफ्नो व्यावसायिक कामलाई अगाडि राख्छन् । कैयौं यस्ता उदाहरण छन् कि उनले कामको प्रतिबद्धताका कारण परिवारलाई ध्यान दिन दिएनन् र त्यहीकारण शहरमा र आउटडोर सुटिङका लागि उनी हिँडिरहे’, स्रोतले भनेको छ ।

    स्रोतले ऐश्वर्यासँग केही खटपट हुनासाथ धनुषले नयाँ फिल्ममा हस्ताक्षर गर्ने गरेको दाबी गरेको छ । यद्यपि अलग्गिनु अघि दुवैले निकै छलफल गरेका थिए । ऐश्वर्यासँग अलग्गिनुअघि उनले फिल्म ‘अतरंगी रे’को सबै काम पुरा गरेका थिए । फिल्म हिट भएपछि उनले अलग्गिने निर्णय लिए ।

    अलग्गिए पनि उनीहरुले दुई छोराको रेखदेख सँगै गर्नेछन् । उनीहरुमध्ये कोही एकले कस्टडीको माग गरेका छैनन् ।


    माघ ५, २०७८ बुधवार ०९:१३:२८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बेरोजगार भए ‘सीआइडी’का शिवाजी, अहिले के गर्दैछन् ?

    बेरोजगार भए ‘सीआइडी’का शिवाजी, अहिले के गर्दैछन् ?

    काठमाडौं - टेलिभिजन तथा फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जसले निभाएको एउटै भूमिकाले उनीहरुको करियरभरि लोकप्रियता पाइरहन्छन् । बलिउडका दिग्गज अभिनेता शिवाजी साटम अहिले यसकै उदाहरण बनेका छन् ।

    images

    उनले आफ्नो करियरको दौरान कैयौं सुपरहिट फिल्म दिए, तर उनले लोकप्रियता भने सोनी टीभीको ‘सीआइडी’बाट पाए । यो शो करिब २० वर्षसम्म चल्यो र यसका सबै चरित्र दर्शकमाझ प्रिय भए । ‘सीआइडी’मा एसपी प्रद्युम्नको भूमिकामा अभिनय गर्ने शिवाजी यतिबेला भने बेरोजगार छन् । उनी कामको खोजी गरिरहेका छन् ।

    ‘म यो भन्न सक्दिनँ कि मलाई धेरै अफर आइरहेको छ । छैन त छैन । एक–दुईवटा अफर छन्, तर त्यसमा रुचि छैन । म मराठी थिएटरबाट हुँ । मैले जहिल्यै पनि तिनै प्रोजेक्टमा काम गरें, जुन मलाई मनपथ्र्यो । मेरो दुर्भाग्य यो हो कि पहिलाको जस्तो शक्तिशाली चरित्र अहिले लेख्न छोडियो । यो दुवैका लागि नोक्सानको कुरा हो । एक अभिनेता भएको नाताले म राम्रो कामलाई मिस गरिरहेको छु । दर्शक राम्रो कलाकारलाई मीस गरिरहेका छन्’, शिवाजी भन्छन् ।

    शिवाजीका अनुसार उनलाई अहिले प्रहरी अधिकारीको भूमिकामा अफर आइरहेको छ । जुन भूमिका उनले २० वर्षयता गरिरहेका छन् । यो भूमिका अब उनी गर्न चाहँदैनन् । ‘म किन गर्छु, एउटै भूमिका म पटक–पटक गर्न सक्दिनँ । तर एसीपी प्रद्युम्नको भूमिका मेरो हृदय नजिक छ । फेरी सीआइडी सुरु भयो भने त्यो भूमिका फेरि गर्नुपर्छ । म अहिले भूमिकालाई भन्दा पनि काम नपाएर तनावमा छु’, उनले भनेका छन् ।

    शिवाजीले सन् १९८८ मा नसिरुद्दिन शाह र अनुपम खेरको फिल्म ‘पेस्टोनजी’बाट करियर सुरुवात गरेका थिए । उनले ‘यशवन्त’, ‘गुलाम–ए–मुस्तफा’, ‘युगपुरुष’, ‘हु तु तु’, ‘चाइना गेट’, ‘नायक’लगायतका फिल्ममा अभिनय गरेका छन् ।
     


    माघ ५, २०७८ बुधवार ११:२६:०८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बलिउडका यी कलाकार, जसको आफ्ना आमा-बाबुसँग अनुहार मिल्छ

    बलिउडका यी कलाकार, जसको आफ्ना आमा-बाबुसँग अनुहार मिल्छ

    काठमाडौं - बलिउड जोडी अजय देवगन-काजोलका जेठी छोरी नायस हालका दिनमा आफ्नो ग्ल्यामरस तस्बिरका कारण चर्चामा छिन् । नायसाले हालै कालो पहिरन लगाएकी थिइन्, जुन तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उनलाई आमा काजोलजस्तै देखिएको छ ।

    images

    त्यसो त नायसाअघि कैयौं स्टार किड्स परिवारका जस्तै देखिएका छन् । अभिनेता सैफ अलि खान र अमृता सिंहका छोरा इब्राहिम हुबहु पिता जस्तै देखिन्छन् । हालैमात्र इब्राहिमले एक फोटोसुट गराएका थिए, जुन तस्बिरमा उनी युवा सैफजस्तै देखिएका छन् ।

    अमृता र सैफकी जेठी छोरी सारा अलि खान आमाजस्तै देखिन्छिन् । साराको तस्बिरको तुलना प्रायः अमृताको पुरानो तस्बिरसँग गरिन्छ ।

    अभिनेता शाहरुख खान र पत्नी गौरीका छोरा आर्यन खान पूर्ण रूपमा पिता शाहरुखजस्तै देखिन्छन् । उनको सामाजिक सञ्जालमा अधिक फ्यान फलोइङ छ । आर्यनले फिल्म ‘कभी खुसी कभी गम’मा शाहरुखको बाल्यकालको भूमिकामा अभिनय गरिसकेका छन् ।

    शर्मिला टैगोर र नवाब पटौदीकी छोरी सोहा अलि खानको अनुहार उनको आमा शर्मिलासँग मिल्छ । अभिनेत्री शिल्पा शेठ्ठीका छोरा वियान नौ वर्षका भए । यद्यपि उनको अनुहार आमा शिल्पासँग मिल्दोजुल्दो छ ।

    ‘हिरोपन्ती’बाट बलिउडमा डेब्यू गरेका अभिनेता टाइगर श्राफ भलै पिता ज्याकी श्राफजस्ता देखिँदैनन्, तर उनको लुक्स युवा ज्याकीसँग मिल्छ । कैयौं तस्बिरमा दुवै फोटोकपी जस्ता देखिन्छन् ।

    अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी छोरी इशा देओल आमा हेमाजस्तै देखिन्छिन् । फिल्ममा पाइला चाल्दा इशालाई उनको आमासँग तुलना गरिएको थियो, यद्यपि उनको करियर आमाको जस्तो सफल हुन सकेन ।

    अभिनेता रणवीर कपुर क्लिन शेवमा पिता ऋषि कपुरको कार्बन कपी देखिन्छन् । लोकप्रिय लेखक जावेद अख्तरका छोरा फरहानको लुक्स बाबुसँग मिल्छ । युवा जावेदको तस्बिरसँग तुलना गर्ने हो भने फरहान पिताजस्तै देखिन्छन् ।


    माघ ५, २०७८ बुधवार १९:२६:२६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

    बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता हुन् यश । पछिल्लो समय यश फिल्म केजीएफ(२ का कारण चर्चामा छन् । प्रशान्त निलले निर्देशन गरेको यस फिल्म अप्रिल १४ मा रिलिज गर्ने भनिएको छ । 

    images

    तर भारतमा पछिल्लो समय कोरोना संक्रमण तिव्र गतिमा बढिरहेको छ । यही गतिमा कोरोना बढेमा यो फिल्म तोकिएको मितिमा रिलिन नहुन पनि सक्छ । यशको यस फिल्म अहिले धेरै दर्शकले कुरिरहेका छन् । 

    यसअघिको यशको फिल्म केजीएफ पनि दर्शकले निकै रुचाएका छन् । कुनै समय सामान्य परिवारमा जन्मिएका यशका अहिले धेरै फ्यान भइसकेका छन् । तपाईलाई थाहाँ छ,  यशको वास्तविक नाम नवीन कुमार गौडा हो। 

    उनले धारावाहिक नन्द गोकुलाबाट आफ्नो अभिनय यात्रा शुरु गरेका थिए । भनिन्छ, उनका बुबा बस चालक थिए । उनका बुबा कर्नाटक राज्यमा बस चलाउथे । यो कुरा यशले एक अन्तवार्तामा खुलाएका थिए । फिल्म क्षेत्रमा लागेपछि चिनिन शुरु भएका यश अहिले धेरैको मनमा बस्न सफल भएका छन् ।  


    माघ ५, २०७८ बुधवार २२:०७:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # यश

  • क्यानाडा नेपाल

    अक्षय कुमारको फिल्म 'बच्चन पाण्डे' होलीको अवसर पारेर रिलिज गरिने

    अक्षय कुमारको फिल्म 'बच्चन पाण्डे' होलीको अवसर पारेर रिलिज गरिने

    काठमाडौं - बलिउड अभिनेता अक्षयकुमारको फिल्म 'बच्चन पाण्डे' लाई पनि कोरोनाभाइरसको प्रभाव परेको छ । फरहाद शामजीको निर्देशनमा बनेको यस फिल्म जनवरी २६ मा रिलीज हुने भनिएको थियो । 

    images

    तर भारतमा कोरोना बढ्न थालेपछि रिलिज मिति मार्च ४ मा पुर्याएको थियो। अब फिल्मको नयाँ रिलिज मिति पनि सार्वजनिक गरिएको छ । अब यो फिल्म मार्च १८ बाट रिलिज गर्ने तयारी गरिएको भारतिय मिडियामा जनाइएको छ । 

    त्यस समय होलीको अवसर पर्ने हुनाले फिल्म रिलिज गर्न लागिएको बताइएको छ । यस फिल्ममा अक्षय ग्याङस्टारको भूमिकामा छन् । साजिद नादियाडवालाले निर्माण गरेको यस फिल्ममा अक्षयसँगै अभिनेत्री कृति सेननको पनि अभिनय रहेको छ । 
      


    माघ ६, २०७८ बिहिवार १४:०३:०४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आइसीयूमा रहेकी लता मंगेशकरको स्वास्थ्य अवस्था कस्तो छ ?

    आइसीयूमा रहेकी लता मंगेशकरको स्वास्थ्य अवस्था कस्तो छ ?

    काठमाडौं - कोरोना संक्रमित भएकी बलिउडकी दिग्गज गायिका लता मंगेशकरको अहिले अस्पतालमा उपचार भइरहेको छ । ९२ वर्ष पुगेकी लतालाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । 

    images

    लताको आइसीयूमै उपचार भइरहेको छ तर स्वास्थ्यमा सुधार बारे डाक्टरले स्वास्थ्यलाभको कामना गर्न भेनेका छन् । लताका डाक्टर प्रतित समदानीले उनलाई अझै आईसियूमा नै राखेर उपचार गरिएको र स्वास्थ्यलाभको कामना गर्न भनेकी छन् ।  

    उनलाई कोरोनासँगै निमोनिया पनि देखिएकोले डाक्टरले सतर्क भएर उपचार गरिरहेका छन् । हाल उनलाई भेट्न बाहिरी मान्छेलाई रोक लगाइएको छ। 

     
     


    माघ ६, २०७८ बिहिवार १४:४६:५७ बजे : प्रकाशित


    क्यानाडा नेपाल