• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्‍याे पहिलो बजेट

क्यानाडा नेपाल पौष ३० २०७८
  • 176
    SHARES
  • images
    images
    सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्‍याे पहिलो बजेट

    एजेन्सी - तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन् । सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी  (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो ।

    images

    सम्पूर्ण  खर्च सरकारी संस्थाहरुबाट बेहोर्ने जनाएको छ । महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले जनवरीको अन्त्यदेखि तलब पाउने प्रवक्ता हक्मालले बताए । त्यस्तै, तालिवान सत्तामा आएपछि कार्यलय जान नपाएका महिला कर्मचारीलाई पनि तलब दिइने उनले बताए ।

    अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा ४० प्रतिशत अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहेको थियो । यसअघि तालिवान सत्तामा आउनुअघिका सरकारले सार्वजनिक गर्ने बजेटको ८० प्रतिशत स्रोत विदेशी सहयोग हुने गथ्र्यो । तर, तालिवान सत्तामा आएसँगै पश्चिमा देशहरुले अबौं डलर सहयोग रोक्का गरिदिएका छन् । अन्तर्राष्ट्रिय सहयोग रोक्का भएपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको राष्ट्रसंघले बताउँदै आएको छ । 

    ‘पछिल्लो दुई दशकमा पहिलो पटक हामीले विदेशी सहयोगमा निर्भर नहुने गरी बजेट घोषणा गरेका छौं, जुन हाम्रा लागि ठूलो उपलब्धी हो,’ तालिवान सरकारका अर्थमन्त्रालयका प्रवक्ता अहमद वाली हाकमलले भने । 
     


    पौष ३०, २०७८ शुक्रवार ११:०५:५७ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    तालिवानलाई औपचारिक मान्यता दिन अफगानिस्तानका प्रधानमन्त्रीको आह्वान

    तालिवानलाई औपचारिक मान्यता दिन अफगानिस्तानका प्रधानमन्त्रीको आह्वान

    एजेन्सी - अफगानिस्तानका कार्यबहाक प्रधानमन्त्री मोहमद हसन अखुन्दले अफगानिस्तानलाई मान्यता दिन मुस्लिम देशहरुलाई आह्वान गरेका छन् । १५ अगस्टमा अफगानिस्तान कब्जा गरेको तालिावानलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन् ।

    images

    ‘तालिवान सरकारलाई औपचारिक मान्यता दिएर पहिलो राष्ट्र बन्द मुस्लिम देशहरुलाई आह्वान गर्छु । त्यसपछि हामीले चाँडै विकास गर्छौ भन्ने मैले आशा गरेको छ,’  राजधानी काबुलमा आयोजित सभालाई सम्बोधन गर्दै अखुन्दले भने । अधिकांश देशहरुले तालिवानलाई अझै पनि अतिवादी समूहका रुपमा हेरेका छन् ।

    सन् १९९६ देखि सन् २०११ मा पहिलो पटक सत्ता सम्हाल्दा तालिवानले मानवअधिकार उल्लंघनमा रेकर्ड नै तोडेको थियो । दोस्रो कार्यकालमा तालिवानले सत्ताको वागडोर कसरी हाँक्छ भनेर अन्तर्राष्ट्रिय समुदायले नजिकबाट निहाल्दै आएको छ । 

    विपक्षीप्रति नम्र र प्रजातान्त्रिक ढंगले शासन गर्ने प्रचार गरे पनि तालिवानले महिलामाथि चरम विभेद गरेको  छ । सरकारी सेवामा कार्यरत महिलालाई घरमै बस्न भनिएको छ भने माध्यामिक तहका छात्रालाई विद्यालय जानबाट रोक लगाइएको छ । 
    । 
    अफगानिस्तानमा आर्थिक र मानवीय संकट चुलिएको विभिन्न अध्ययन प्रतिवेदनहरुले दर्शाएका छन् । 
     


    माघ ५, २०७८ बुधवार २०:०५:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • क्यानाडा नेपाल

    भारतमा बुर्का लगाउने छात्रा कक्षा कोठामा प्रवेश गर्न नपाउने

    भारतमा बुर्का लगाउने छात्रा कक्षा कोठामा प्रवेश गर्न नपाउने

    एजेन्सी - भारतको एउटा सरकारी कलेजमा बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।

    images

    हिजाव विद्यालयको पोसाक नभएको र केही छात्राहरुले अनुहार ढाक्ने पोसाक लगाएको भन्दै उनीहरुलाई कक्ष कोठामा पस्न नदिइएको कलेज प्रशासनले जनाएको छ ।

    आफू कक्षा कोठामा प्रवेश गर्नेवित्तिकै शिक्षकले तत्काल बाहिर निस्कन निर्देशन दिएको पीडितमध्येकी एक एएच अलमासले गुनासो गरेकी छिन् ।

    हिजाब आफ्नो विश्वासको एउटा अंश भएको र आफूहरुले संविधानमा उल्लेखित अधिकार प्रयोग गरेको पीडित किशोरीहरुले बताएका छन् । विद्यालयले प्रवेश नदिएपछि ६ जना किशोरीहरु ३१ डिसेम्बरदेखि अनुपस्थित छन् ।

     


    माघ ६, २०७८ बिहिवार ०७:३७:२७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भारतमा भुसको आगो झै फैलियो कोरोना, एकैदिन ३ लाख १५ हजार संक्रमित थपिए 

    भारतमा भुसको आगो झै फैलियो कोरोना, एकैदिन ३ लाख १५ हजार संक्रमित थपिए 

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार १ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन २ लाख ७७ हजार संक्रमित फेला परेका थिए । 
     
    हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ८२ लाख १६ हजार ३ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ९३ संक्रमितले ज्यान गुमाएका छन् ।  हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार ७ सय १९ जना पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा २ लाख १३ हजार ३ सय ८३ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ५७ लाख ९६ हजार ४ सय २२ पुगेको छ । सक्रिय संक्रमित १९ लाख ३२ हजार रहेको छ । 

    images

     


    माघ ६, २०७८ बिहिवार ०८:५७:५७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विश्वभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ३४ लाख संक्रमित थपिए, कुन देशमा कति ?

    विश्वभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ३४ लाख संक्रमित थपिए, कुन देशमा कति ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३४ लाख १ सय ९२ कोरोना संक्रमित थपिएका छन् । यसअघि एकैदिन २९ लाख १० हजार ७ सय ३५ संक्रमित थपिएका थिए । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३३ करोड ९१ लाख १ हजार ४ सय ९२ पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ५ सय ८० कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख ८२ हजार ८ सय १६ पुगेको छ।
     
    त्यस्तै पछिल्लो २४ घण्टामा १७ लाख २८ हजार ७ सय ८५ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २७ करोड २६ लाख ८९ हजार ३ सय ५० कोरोना संक्रमित निको भइसकेका छन् ।
     
    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ८० हजार ५ सय १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६ करोड ९७ लाख १५ हजार २ सय १४ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड ३७ लाख ५५ हजार ९ सय ३५ कोरोना संक्रमित निको भइसकेका छन् ।

    images

    hh.PNG


    माघ ६, २०७८ बिहिवार ०९:५३:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    आफूले गरेको काममा माफी नमाग्ने राष्ट्रपति बाइडेनको भनाई

    आफूले गरेको काममा माफी नमाग्ने राष्ट्रपति बाइडेनको भनाई

    वाशिंगटन - अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामको लागि माफी नमाग्ने बताउँनुभएको छ ।

    images

    आफ्मो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उहाँले भन्नुभयो, ‘अफगानिस्तानबाट २० वर्षपछि सजिलै बाहिर निस्कने कुनै उपाय थिएन । जतिसुकै गरे पनि त्यसो गर्नु सम्भव थिएन त्यसैले मैले गरेको कामका लागि म माफी माग्दिनँ ।’ यद्यपि, बाइडेनले अगस्टको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि विकसित अफगानिस्तानको सङ्कटप्रति भने सहानुभूति व्यक्त गर्नुभएको छ ।

    पोटसले भने कि ‘तालिबानको अयोग्यताको कारण अफगानिस्तानमा के भइरहेको छ’ भनेर आफूलाई नराम्रो लाग्यो ।‘मलाई ती महिला र पुरुषहरूका लागि ठूलो चिन्ता छ जुन उनीहरूमाथि आतङ्कवादी हमलाले विमानस्थलमा पारेको पीडा प्रति दुःख छ ।’

    अफगानिस्तानको निर्णयबाट आफ्नो फिर्तीको बचाउ गर्दै बाइडेनले असफलताको लागि अघिल्लो प्रशासनलाई दोष दिनुभएको छ ।

    ‘यदि हामी बाहिर नआएको भए हामीले धेरै बलहरू भित्र्याउने थियौं... तालिवानको अक्षमताको परिणामको रूपमा के भइरहेको छ भनेर मात्र भएन’ विश्वभरि जेजे भइरहेको छ हामी हरेक समस्या समाधान गर्न सक्दैनौं । र त्यसैले म यसलाई योग्यताको मुद्दाको रूपमा पनि हेर्दिनँ,’ राष्ट्रपति बाइडेनले भन्नुभयो ।

    ‘एउटै सरकारको अधीनमा अफगानिस्तानलाई एकीकरण गर्न कोही सक्षम हुनेछ भन्ने लाग्छ भने आफ्नो हात उठाउनुहोस् ? यो ठोस कारणका लागि साम्राज्यहरूको चिहान भएको छः यो एकताको लागि संवेदनशील छैन,’ बाइडेनको टिप्पणी छ ।

    उहाँले अफगानिस्तानले अमेरिकालाई पारेको आर्थिक बोझको विषय पनि उठाउँनुभएको छ । अमेरिकी सेनालाई अफगानिस्तानमा राख्न निकै खर्च हुने सन्दर्भ उद्धृत गर्दै उहाँले शान्तिपूर्ण समाधानमा कुनै सम्भावना नभएको उल्लेख गर्नुभयो ।एएनआई


    माघ ६, २०७८ बिहिवार १३:३२:०७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ, अमेरिकाको बदला लिने चेतावनी

    युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ, अमेरिकाको बदला लिने चेतावनी

    एजेन्सी - रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएकाे छ ।

    images

    रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै आएका छन् । 

    रसियाले युक्रेनमाथि अतिक्रमण गरिरहेका बेला बाइडेन प्रशासनले आर्थिकलगायतका प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाले युक्रेनमाथि नयाँ हमला गर्न सक्ने बताएका छन् । 

    युक्रेन विवाद बढ्दै गएको क्रेमलिनले बताउँदै गएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको विस्तार रोक्न रसियाले अमेरिकासँग माग गर्दै आएको छ । 
     


    माघ ६, २०७८ बिहिवार १४:२५:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल