• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

'ए मेरो हजुर-४' टिजरमा अनमोल र सुहानाको प्रेम र बिछोड

क्यानाडा नेपाल पौष ३० २०७८
  • 362
    SHARES
  • images
    images
    'ए मेरो हजुर-४' टिजरमा अनमोल र सुहानाको प्रेम र बिछोड

    काठमाडौं - फिल्म ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर सार्वजनिक गरिएको छ । झराना थापाको निर्देशनमा बनेको यस फिल्मको टिजर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो । निर्माण टिमले  वैशाख गते रिलिज मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरेको हो । 

    images

    टिजरमा अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको  छ । सुनिलकुमार थापा निर्माता रहेको यस फिल्ममा अनमोल, सुहाना लगायतका कलाकारको अभिनय रहेको छ । 

     

     


    पौष ३०, २०७८ शुक्रवार ११:४२:११ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # ए मेरो हजुर ४

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    जेनिश उप्रेती बने पहिलो ‘द भ्वाइस किड्स’, पाए १५ लाख पुरस्कार  

    जेनिश उप्रेती बने पहिलो ‘द भ्वाइस किड्स’, पाए १५ लाख पुरस्कार  

    काठमाडौं - चर्चित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । हिमालय टेलिभिजन बाट प्रशारण हुदै आएको यस गायन रियालिटी शोमा जेनिश टिम प्रमोदका तर्फ बाट फाइनल राउण्डमा पुगेका थिए । 

    images

    vo.jpg

    उनले फाइनल राउण्डमा पुगेका अन्य ७ जना प्रतिष्पर्धी लाई पछि पार्दै उपाधी जितेका हुन् । उपाधि जितेसँगै उनले ‘द भ्वाइस किड्स’को ट्रफी, नगद १५ लाख र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । 

    यस रियालिटी शोमा ६ बर्षदेखि १४ बर्षसम्मका बालबालिकाहरुको सहधागी रहेको थियो । शोमा कोचमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए । 


    माघ २, २०७८ आइतवार ०८:५२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # द भ्वाइस किड्स नेपाल

  • क्यानाडा नेपाल

    आजदेखि फिल्म हल बन्द

    आजदेखि फिल्म हल बन्द

    काठमाडौं - कोरोनाभाइरसको संक्रमण  फैलिदै गएपछि काठमाडौं उपत्यकाका सिनेमा हल आजदेखि बन्द भएका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । 

    images

    सोही निर्णय अनुसार कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि आजदेखि सिनेमा हलहरु बन्द भएका हुन् । सिनेमा हलहरु माघ १५ गतेसम्म बन्द रहने भनिएपनि  यो लम्बिन सक्ने हल सञ्चालकहरु बताउछन् । 

    यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरि सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कुल क्षमता एक तिहाइ मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय पनि सरकारले गरेको छ ।  


    माघ ३, २०७८ सोमवार १२:२१:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अभिनेत्री श्वेता खड्कालाई देखियो कोरोना संक्रमण

    अभिनेत्री श्वेता खड्कालाई देखियो कोरोना संक्रमण

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफूलाई कोरोना संक्रमण भएको बारे उनले नै जानकारी दिएकी हुन् । 

    images

    केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।  अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 
     

     


    माघ ४, २०७८ मंगलवार १४:०८:२६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दुई दिनदेखि हराएकी अभिनेत्री रायमा बोराभित्र मृत अवस्थामा फेला 

    दुई दिनदेखि हराएकी अभिनेत्री रायमा बोराभित्र मृत अवस्थामा फेला 

    काठमाडौं - बंगलादेशकी चर्चित अभिनेत्री रायमा इस्लाम शिमू मृत अवस्थामा फेला परेकी छन् । आइतबार सुटिङका लागि भन्दै घरबाट बाहिर निस्किएकी रायमा ढाकाको केरानीगञ्जमा अवस्थित आलियापुर इलाकामा बोराभित्र मृत भेटिएकी हुन् ।

    images

    प्रहरीले उनको शव बोराभित्र दुई टुक्रा भएको अवस्थामा फेला पारेको हो । उनको शव अहिले पोस्टमार्टमका लागि मिडफोर्ड अस्पताल लगिएको जनाइएको छ । 

    आलियापुर इलाकाको हजरतपुर पुलमा सोमबार प्रहरीले बोरा बाधेँको अवस्थामा फेला पारेको हो । उनको ज्यान लिएको अभियोगमा प्रहरीले पति सखावत, उनका साथी र चालकलाई नियन्त्रणमा लिएको छ । 

    पति र दुई सन्तानका साथ बस्दै आएकी रायमा आइतबारदेखि बेपत्ता भएकी थिइन् । उनले रायमाले झण्डै २५ फिल्म र ५० बढी नाटकमा काम गरेकी थिइन् । 
     


    माघ ४, २०७८ मंगलवार २२:२४:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कोरोना बढेपछि ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड  

    कोरोना बढेपछि ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड  

    काठमाडौं - निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट पोस्टपोन्ड गरेका छन् ।

    images

    कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक थापाले जानकारी दिएका छन् ।

    थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाएका छन् । उनले अवस्था सामान्य भएपछि उही उत्साह र जोशका साथ प्रदर्शनको नयाँ मिति घोषणा गरिने जानकारी दिएका छन् । म यस्तो गीत  गाउँछु २ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।


    माघ ५, २०७८ बुधवार १२:३१:३८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मदानी महोत्सवमा भाग लिन भोजपुरी सुपरस्टार खेसरीलाल रौतहट आउँदै 

    मदानी महोत्सवमा भाग लिन भोजपुरी सुपरस्टार खेसरीलाल रौतहट आउँदै 

    रौतहट - भोजपुरी फिल्मका सुपरस्टार खेसरीलाल यादव रौतहट आउने भएका छन् । मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मदानी महोत्सवमा भाग लिनका लागि गायकसमेत रहेका अभिनेता यादव रौतहट आउन लागेका हुन् ।

    images

    ‘१७ फागुनमा खेसरीलाल मौलापुरमा आउने तय भएको छ,’ नेकपा एमाले जिल्ला कमिटी सदस्य निवेश यादवले भने । उनका अनुसार सो बारेमा आयोजक र अभिनेता बीच समझदारी भइसकेको छ ।

    केही दिनअघि सुनसरीमा आयोजना भएको एक कार्यक्रममा आउने क्रममा भएको झडपमा उनको गाडी तोडफोड भएको थियो ।
     

     


    माघ ६, २०७८ बिहिवार १२:४०:२७ बजे : प्रकाशित


    क्यानाडा नेपाल