• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

अब्दुल्लाहको फेरि घुर्की, भन्छन् - लिगको खेल रंगशाला गएर हेर्दिनँ’ 

क्यानाडा नेपाल पौष ३० २०७८
  • 364
    SHARES
  • images
    images
    अब्दुल्लाहको फेरि घुर्की, भन्छन् - लिगको खेल रंगशाला गएर हेर्दिनँ’ 

    काठमाडौं - नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले जारी शीर्ष डिभिजन लिगका खेल मैदान गएर नहर्ने र टेलिभिजनबाटै हेर्ने प्रतिक्रिया दिएका हुन् । 

    images

    पछिल्लो समय  लिग खेलिरहेका खेलाडीलाई होटलमा बोलाएर १५ र १८ माघमा दशरथ रंगशालामा हुने मौरिससँगको खेलमा खेलाडीलाई ‘विभिन्न होमवर्क’ दिएको विषय बाहिर आउनु र क्लबले समेत अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्र काटेपछि कुवेती नागरिक अब्दुल्लाहले सामाजिक सञ्जालमा आक्रोश ब्यक्त गरेका हुन् । 

    उनले खेलाडीलाई मौरिसससँगको खेलमा कुनै दबाब नदिएको बताएका छन् । ‘मैले कहिल्यै पनि खेलाडीलाई लिगको खेलमा १०० प्रतिशत दिएर नखेल्नु भनेको छैन । मलाई विश्वास छ, क्लबमा १०० प्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि १०० प्रतिशत दिँदैन,’ उनले खेलेका छन् । 

    यसअघि अब्दुल्लाहले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग ३४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए । जसमा सात खेलाडीले पहिलोपटक मौका पाएका छन् । अब्दुल्लाहले यसै हप्ता खेलाडीलाई आफू बसेको ठमेलको एक होटलमा बोलाए मौरिसससँग खेलमा खेलाडीलाई विभिन्न ‘होकवर्क’ दिएको र लिगमा बचेर खेल्न बताएको  एक क्लबका प्रशिक्षकले न्युज कारखानालाई बताए । 

    ‘क्लब र प्रशिक्षकलाई उहाँले थाहै नदिई खेलाडीलाई भेट्नु भएछ । उहाँले मौसिसससँग खेल्नुअघि खेलाडीलाई ‘होमवर्क’ दिने, बचेर खेल भने, यस्तो गर्नुभएको रहेछ,’ नाम नबताउने सर्तमा एक शीर्ष क्लबका प्रशिक्षकले भने । 

    ‘लिग चलिरहेको छ । उनले खेलाडीलाई बचेर खेल भन्नेबित्तिकै खेलाडी चोट छ बनेर बसिरहेका छन् । यसरी भेट्न पनि हुन्न थियो । क्लबले यत्रो लगानी गरेको छ । अझ नवौं चरणपछि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुपर्ने थियो, त्यो नहुँदा हामीलाई गाह्रो भयो । खेलाडीले पनि लिग र राष्ट्रिय टोली दुवैको दबाब लिए,’ उनले भने । 

    यससँगै जारी लिगमा साँतौ चरणबाटै शीर्षस्थानमा रही एएफसी कपमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र क्लबले प्रशिक्षकको यो हर्कतसँगै एन्फालाई पत्र नै काटेको छ । जारी लिगको नवौं चरण आजबाट सुरु हुँदैछ । सोमबारसम्म चल्ने यस चरणको खेलपछि लिगका खेलले विश्राम पाउनेछ र नेपाली टोली मौरिसससँग हुने खेल तयारीमा लाग्नेछन् भने यही समयमा मोफसलमा विभिन्न प्रतियागिता रहने तालिका छ । 

    प्रशिक्षक अब्दुल्लाह भने लिग र क्लब नै फुटबल विकासको मुख्य आधार भएको र आफूले खेलाडीलाई नखेल भन्न नसक्ने बताउँछन् । ‘मलाई विश्वास छ, क्लब र लिग नै फुटबल विकासको मुख्य आधार हो । त्यसकारण मैले कसरी खेलाडीलाई १०० प्रतिशत दिएर नखेल भन्न सक्छु,’ उनले लेखेका छन् । यस्तै उनले आफ्नो उपस्थितिले खेलाडी र क्लबलाई दबाब सिर्जना भएको हो भने मैदान नगई लिग हेर्ने बताए । 

    ‘मेरो उपस्थितिले खेलाडी तथा क्लबलाई दबाब सिर्जना भएको हो भने मसँग समस्या समाधानको एक उपाय छ । म टेलिभिजनमा लिगका खेल हेर्छु । सबै क्लब र खेलाडीहरूलाई लिगका लागि शुभकामना,’ छैटौं चरण समाप्तिपछि नेपाल आएका अब्दुल्लाहले भनेका छन् । 

    यसो त प्रशिक्षक अब्दुल्लाहको यो घुर्की हर्कत पहिलो हैन । उनले नेपाल आएदेखि नै यस्ता आचरण देखाउँदै आएका छन् । एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गरी उनकै कारण आफूले एन्फामा राजीनामा दिन गएको बताएका अब्दुल्लाहले धेरैपटक राजीनामाको घुर्की देखाएका छन् । नेपाल पहिलोपटक साफ फुटबलको इतिहासमा २८ वर्षपछि फाइनल पुग्दासमेत अब्दुल्लाहले आफू नेपाली टोलीमा नरहने घुर्की देखाएका थिए । यद्यपि उनले सन् २०२२ सम्म सम्झौता नवीकरण गरेका छन् । 
     


    पौष ३०, २०७८ शुक्रवार १४:४२:०० बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    साम्पोडियामाथि युभेन्ट्सको सानदार जित

    साम्पोडियामाथि युभेन्ट्सको सानदार जित

    काठमाडौं - सिरी ए क्लब युभेन्ट्सले कोपा इटालीया कपमा सहज जित पाएको छ । मंगलबार राति टुरिन स्थित घरेलु मैदान एलिएन्ज मैदानमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ४-१ अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेकाे हाे । 

    images

    घरेलु मैदानमा युभेन्ट्सको जितमा जुआन कुआड्राडो, डानियल रुगानी, पाउलो डिबला र अल्भारो मोरटाले १-१ गोल गरे  । भ्रमणकारी टोलीका लागि आन्द्रेआ कोन्टीले सान्त्वना गोल गरे । 

    खेलको २५औं मिनेटमा जुआनले सुरुआती अग्रता दिलाए । रुगानीले ५२औं मिनेटमा अग्रता २-० को बनाए । तर कोन्टीले गोल गर्दै दूरी २-१ मा झारे । तर स्टार खेलाडी डिबलाले ६७औं मिनेटमा गोल गर्दै सहज जिततर्फ डाेर्‍याए ।  पाएको पेनाल्टीलाई मोरटाले सदुपयोग गर्दै ७७ मिनेटमा चौथो गोल गरे । 

     


    माघ ५, २०७८ बुधवार ०७:५२:५२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मोरक्को समूह विजेता, चार पटकको विजेता घाना बाहिरियो

    मोरक्को समूह विजेता, चार पटकको विजेता घाना बाहिरियो

    काठमाडौं - कामोरोससँग ३-२ ले स्तब्ध भएपछि घानाको अफ्रिका कप अफ नेसन्सको यात्रा समूह चरणमा सीमित भएको छ । कामोरोसमाथि जित हात पारेको भए घाना तेस्रो स्थानको टोली मध्ये उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गर्ने थियो । 

    images

    कामोरोसले अफ्रिका कप अफ नेसन्सको समूह ‘सी’ मा पहिलो जित दर्ता गर्दा चार पटकको विजेता घानाको यात्रा समूह चरणमा सीमित भएको हो । 

    समूह ‘सी’ मा मोरक्को तीन खेलमा सात अंकसहित समूह विजेता बन्दा समान खेलमा पाँच अंक बटुलेको गाबोन उपविजेताका रुपको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । कामोसोस तीन अंक जोड्दै तेस्रो स्थानमा बस्दा घाना एक अंकसहित चौथो स्थानमा रह्यो ।

    समूह ‘सी’को अर्कोे खेलमा मोरक्को र गाबोनले २–२ को बराबरी खेले । समूह ‘बी’ बाट भने सेनेगल समूह विजेता र गिनी समूह उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरे । 

    मंगलबार सम्पन्न खेलमा जिम्वाब्वेसँग २१ ले पराजित भए पनि मालावीले सेनेगलसँग अंक बाँडेपछि गिनीले नकआउट चरणमा स्थान बनाएको हो ।
     


    माघ ५, २०७८ बुधवार ०९:२२:१४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    इम्पोलीलाई पराजित गर्दै इन्टर अन्तिम आठमा 

    इम्पोलीलाई पराजित गर्दै इन्टर अन्तिम आठमा 

    काठमाडौं - स्टेफानो सेन्सीले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा इन्टर मिलानले बुधबार इम्पोलीलाई ३–२ ले पराजित गर्दै कोपा इटालियाको अन्तिम आठमा प्रवेश गरेको छ । घरेलु मैदानको प्राप्त जितसँगै पछिल्लो १९ सिजनमा इन्टर कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको यो पहिलो पटक हो ।

    images

    १३औं मिनेटमा एलेक्सिस सान्चेजको गोलमा इन्टरले अग्रता लिएको थियो । ६१औं मिनेटमा निदिम बरामीले इम्पोलीलाई खेलमा फर्काए । ७६औ मिनेटमा इन्टरका गोलकिपर इनोट एन्ड्रे राडुको आत्मघाती गोलमा इम्पोलीले २–१ को अग्रता लियो । इन्जुरी समयको पहिलो मिनेटमा आन्द्रे रानोचियाले इन्टरलाई खेलमा फर्काए । 

    निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो । एक सय चार मिनेटमा सेन्सीले गरेको गोलमा इन्टरले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।


    माघ ६, २०७८ बिहिवार ०८:३५:४० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

    स्टेफनको दुई गोलसँगै टोटनहमको रोमाञ्चक जित

    काठमाडौं - इन्जुरी समयमा स्टेभन बर्गविजनको दुई गोलसँगै टोटनहमले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध रोमाञ्चक जित निकालेको छ । 

    images

    बुधबार राति भएको  खेलमा भ्रमणकारी टोली टोटनहमले घरेलु टोली लेस्टरविरुद्ध ३–२ को जित निकाल्यो । खेलमा दुई पटक सम्म पछि परेको टोटनहमलाई स्टेभनले पुनरागमन जित दिलाएका थिए । 

    प्यासन डकाले खेलको २४औं मिनेटमा गोल गर्दै लेष्टरलाई सुरुआती अग्रता बनाए । ३८औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटनहम १–१ को अवस्थामा पुग्यो । ७६औं मिनेटमा जेम्स माडिसनले गोल गर्दा पुनः लेस्टरले २–१ दोस्रो पटक अग्रता बनायो । 

    जित तर्फ अगाडी बढेको लेष्टरका लागि स्टेभन बाधक बने । इन्जुरी समयको पाँचौ र साँतौ मिनेटमा स्टेभनले गोल गर्दा टोटनहमले रोमाञ्चक ११ औै जित पायो । 

    जितपछि टोटनहम १९ खेलमा ३६ अंक बोकेर पाँचौं स्थानमा छ । समान खेलबाट लेष्टर २५ अंक सहित दशौं स्थानमा छ । 
    ्र


    माघ ६, २०७८ बिहिवार ०८:३९:५६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    एकदिवसीय क्रिकेट खेल : दक्षिण अफ्रिकासँग भारत पराजित

    एकदिवसीय क्रिकेट खेल : दक्षिण अफ्रिकासँग भारत पराजित

    काठमाडौं - दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ । बोलाण्ड पार्कमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटियो ।  

    images

    भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए ।  शार्दुल ठाकुर ५० रनमा अविजित रहे । यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे । 

    दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए । यस्तै एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए ।

    यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो ।

    रास्सी भान डर डुसेनले सर्वाधिक १२९ रन बनाए ।  यस्तै कप्तान टेम्बा बभुमाले  ११० रनको योगदान गरे । भारतका जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । 

    जितसँगै तीन एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ । 


    माघ ६, २०७८ बिहिवार ०९:०६:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एकदिवसीय क्रिकेट

  • क्यानाडा नेपाल

    सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा, टिममा को को परे ?

    सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा, टिममा को को परे ?

    काठमाडौं - अलराउण्डर सोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन उम्दा रहन सकेन । 

    images

    यस्तै टोलीमा जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाए । नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । 

    १६ खेलाडी नामः  सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, सहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम


    माघ ६, २०७८ बिहिवार १०:४०:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल