• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

भानुभक्त ढकाललाई दोस्रो पटक कोरोना संक्रमण

क्यानाडा नेपाल पौष ३० २०७८
  • 232
    SHARES
  • images
    images
    भानुभक्त ढकाललाई दोस्रो पटक कोरोना संक्रमण

    काठमाडौं - नेकपा एमालेका नेता भानुभक्त ढकाललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफूलाई कोरोनाभाइरसको संक्रमण देखिएको बारे ढकालले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

    images

    उनले आज गरिएको परीक्षणबाट आफूलाई कोरोना पोजेटिभ देखिएको र केही दिन घरमा नै आराम गर्ने बताएका छन् । 

    यसअघि पनि ढकाललाई कोरोना संक्रमण देखिएको थियो । शुक्रबार बिहान एमालेका महासचिव शंकर पोखरेलले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए । 


    पौष ३०, २०७८ शुक्रवार २१:१७:०७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    कारोनाको रोकथाम तथा नियन्त्रणको लागि डा. रवीन्द्र पाण्डेको सरकारलाई यस्तो सुझाव

    कारोनाको रोकथाम तथा नियन्त्रणको लागि डा. रवीन्द्र पाण्डेको सरकारलाई यस्तो सुझाव

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र ढंगले फैलिदै गएको छ ।

    images

    कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भइसकेको छ । यसैबीच डा. रवीन्द्र पाण्डेले कारोनाको रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई सुझाव दिएका छन् । 

    यस्तो छ उनको सुझाव
    हिंजोमात्र २२ हजार ८२८ जनामा परिक्षण गर्दा १० हजार २५८ पोजिटिभ भयो । यो सानो कुरा हैन । गृह प्रशासन र स्वास्थ्य मन्त्रालयले आदेश र बिज्ञप्ति निकालेर बसेका छन् । कहाँ छ, मापदण्ड पालना ? के यहि हो स्मार्ट लकडाउन ? यहि गतिमा संक्रमण बढ्ने हो भने अकल्पनीय अवस्था आउन सक्छ । तसर्थ 
     
    १. सरकारी ल्याब र हरेक वडाबाट निशुल्क पिसिआर परिक्षण गर्ने ब्यबस्था होस्।
    २. प्राइभेट अस्पताल तथा ल्याबमा रु. ५०० मा पिसिआर टेस्ट होस् ।
    ३. एन्टिजेन टेस्टको रेकर्ड र रिपोर्टिंग हुने ब्यबस्था लागु होस् |
    ४. कन्ट्याक्ट ट्रेसिंग प्रभावकारी होस् ।
    ५. संक्रमित आइसोलेसनमा बसे नबसेको निगरानी होस् ।
    ६. सिमानाकामा कडाइ, परिक्षण, क्वारेन्टिन र आइसोलेसनको ब्यबस्था होस् ।
    ७. प्रहरी प्रशासनद्वारा जनस्वास्थ्यका मापदण्डको प्रभावकारी अनुगमन होस् ।
    ८. हरेक स्वास्थ्य संस्था / टोल / क्लब आदिबाट निशुल्क मास्क वितरण होस् ।
    ९. हरेक स्वास्थ्य संस्थामा कोभिडका बिरामीको निशुल्क उपचारको लागि औषधि उपकरण तम्तयार होस् ।
    १०. खोपमा देखिएको ढिलासुस्ती हटोस् । हरेक स्वास्थ्य संस्था र स्कुलमा खोप केन्द्र राखेर दिनमा १० लाख जनालाई खोप दिने ब्यबस्था होस्।
    ११. स्थानीय निकाय र प्रदेश सरकारको सक्रियता बढोस् ।
    १२. आम नागरिक, ब्यबसायी तथा देशकै अर्थतन्त्रको लागि लकडाउनमा नजाने प्रत्याभूति होस् ।
     
    पहिलो र दोस्रो लहरमा तमाम कमजोरीका बाबजुद परिक्षण वडावडाबाट गरिएको थियो, कन्ट्याक्ट ट्रेसिंग हुन्थ्यो, अहिलेभन्दा मापदण्डको अनुगमन हुन्थ्यो, क्वारेन्टिन / आइसोलेसन केन्द्र सबैतिर थिए । के हामी हरेक क्षेत्रमा झनपछि झन ओह्रालो लाग्दै गएको हो ? सरकारको नागरिकप्रतिको दायित्व हराउंदै गएको हो ?


    माघ ५, २०७८ बुधवार ११:५८:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा कडाई, आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने

    कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा कडाई, आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने

    काठमाडौँ - पछिल्लो समय मुलुकभर कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या ह्वात्तै बढेपछि सावधानीका उपाय अपनाइएको छ । कोरोना संक्रमण नियन्त्रणको लागि आजदेखि काठमाडौं उपत्यकामा कडाई गरिएको छ । 

    images

    कोरोनाको रोकथामको लागि तीन वटै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरिसकेका छन । जारी गरिएका धेरैजसो आदेश मंगलबार रातिदेखि नै लागू भइसकेका छन् । आजदेखि आमसभा, जुलुस, सभा, भेला लगायत भीडभाड हुने कार्य गर्न रोक लगाइएको छ । यस्तै कुनै पनि कार्यक्रम गर्दा २५ जना भन्दा बढी सहभागी हुन नपाइने । घर बाहिर निस्कँदा वा सार्वजनिकस्थलमा जाँदा र गाडीमा चढ्दा मास्क अनिवार्य गरिएको छ ।

    सार्वजनिक स्थान जस्तै होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने लगायतका आदेश जारी गरिएको छ । यसअघिको तीन वटै जिल्लाको बैठकले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनी पनि दिएको छ । 

     


    माघ ५, २०७८ बुधवार १२:२१:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सपरिवार कोरोना संक्रमित

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सपरिवार कोरोना संक्रमित

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित भएका छन् । आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको शर्माले जानकारी दिए ।

    images

    सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उनले आत्मालोचना गरेका छन् । कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताए ।

    उनले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताएका छन् । चिकित्सक परामर्शमा औषधि लिइरहेको उनको भनाइ छ ।

     


    माघ ५, २०७८ बुधवार १३:४७:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नेपालमा एकैदिन ११ हजार बढी कोरोना संक्रमित थपिए

    नेपालमा एकैदिन ११ हजार बढी कोरोना संक्रमित थपिए

    काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।

    images

    कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ ।  यो अवधिमा देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

    उनका अनुसार काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।


    माघ ५, २०७८ बुधवार १७:५४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित, एकैदिन ६ हजार ३४३ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित, एकैदिन ६ हजार ३४३ संक्रमित थपिए

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ३४३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । 
     
    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३४३ जनामा काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा ५७८ जनामा कोरोना संक्रमण भएको हो । 

    images

    यसैबीच पछिल्लो २४ घण्टामा मुलुकभर ११ हजार ३५२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । देशभरमा २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमित निको भएका छन् भने चार जनाको मृत्यु भएको छ । 
     


    माघ ५, २०७८ बुधवार १८:१८:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    सरकारले घटायो पीसीआर परीक्षण शुल्क, कति पुग्यो ?

    सरकारले घटायो पीसीआर परीक्षण शुल्क, कति पुग्यो ?

    काठमाडौं - सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

    images

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको बारे जानकारी गराएका हुन् । उनले पीसीआर परीक्षणको शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको बताए । 

    यसअघि पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ लिँदै आएकोमा अहिले २ सय रुपैया घटाइएको हो । अब पीसीआर परीक्षणको शुल्क ८०० रुपैयाँ कामय गरिएको सहप्रवक्ता अधिकारीले बताए । 

    अब निजी प्रयोगशाकारी प्रयोगशालालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउने उनले बताए । 

     


    माघ ५, २०७८ बुधवार १८:३५:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल