बुधबार
२५ मङ्सिर
२०७६

चलचित्र ‘चपली हाइट ३’ मा अर्पणको प्रबेश, देखिए यस्तो नौलो लुक्समा

सोमबार मङ्सिर १६, २०७६/ Monday 12-02-19

काठमाडौं - अभिनेत्री स्वस्तिमा खड्का र सुपुष्पा भट्ट अभिनित चलचित्र  ‘चपली हाइट ३’ मा अभिनेता अर्पण थापाले पनि अभिनय गर्ने भएका छन् । निकेश खड्काको निर्देशनमा बन्न लागेको चलचित्र ‘चपली हाइट ३’ मा अभिनेता अर्पण थापा प्रबेश गरे लगत्तै उनको नयाँ लुक्स सार्वजनिक भएको छ । 

उनले यस चलचित्रमा नेगेटिभ रोल निभाउँने बताइएको छ । तस्बिरमा अर्पणको नौलो लुक्स देखिएको छ । उनले आँखामा गोलो आकारको चश्मा लगाएका छन् भने मुखको बाहिरी सर्जरी गरेको देखिएको छ । 

चैत २८ गते रिलिज हुने तयारीमा रहेको यस चलचित्रलाई अर्जुन कुमारले निर्माण गर्दैछन् । अहिले यस चलचित्रको छायाँकन भइरहेको छ ।  यस चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।